• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

दिवा खाजाको नाममा विद्यार्थीलाई फुको चिउरा, प्रधानाध्यापक भन्छन्– जंकफूड होइन अर्गानिक चिउरा–भुजा दिन्छौं

64x64
कल्पना घिमिरे आइतबार, चैत ५, २०७९  ०८:०९
1140x725

काठमाडौं– अहिले सामाजिक सञ्जालमा सरकारी विद्यालयको पोसाक लगाएका बालबालिकाले फुको चिउरा शर्टको फेरोमा राखेर खाएको एक भिडियो ‘भाइरल’ भइरहेको छ। उक्त भिडियो हो चितवन जिल्लाको राप्ती नगरपालिकाको कालीटार आधारभूत विद्यालयको। 

चितवन क्षेत्र नम्बर १ का सांसद हरी ढकाल विद्यालयको निरीक्षणका क्रममा मंगलबार पुगेका थिए। त्यसक्रममा उनले विद्यालयमा विद्यार्थीको दिवा खाजामा फुको दुई मुठ्ठी चिउरा दिएको फेला पारे। त्यसपछि उनी लगातार तेस्रो दिनसम्म पुग्दा उही फुको चिउरा फेला पारेपछि विद्यालयका कर्मचारीहरूसँग सोधपुछ गर्दै गरेको भिडियो बिहीबार सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरे। जुन भिडियो अहिले भाइरल भइरेको छ।

प्रतिनिधि सभाका सदस्यले नै उक्त भिडियो सार्वजनिक गरेपछि हामीले उनीसँग टेलिफोन सम्पर्क गर्‍यौं। कुराकानीका क्रममा विद्यार्थीहरूहरुले विद्यालयले फुको चिउरा र जाउलो मात्र दिने गरेको सुनाएका बताए।

साथै, उक्त विद्यालयमा २०० सय विद्यार्थी रहेको सांसद ढकालले जानकारी दिए। सो  विद्यालय चितवनको सबैभन्दा विकट क्षेत्रमा पर्ने राप्ती नगरपालिकामा छ। जुन ढकालको निर्वाचन क्षेत्रमा पर्छ।  

‘चुनाव जितेसँगै त्यस क्षेत्रमा बत्ती पुर्‍याउने मेरो पहिलो योजना थियो। त्यस क्षेत्रमा वैशाख १ गते बत्ती बाल्ने लक्ष्य भएकाले कामको सिलसिलामा पुगेको थिएँ। त्यस क्षेत्रका स्वास्थ्यचौकी, विद्यालयदेखि सम्पूर्ण क्षेत्रको अनुगमन गरेँ’, सांसद ढकालले भने, ‘अनुगमनकै क्रममा उक्त विद्यालयमा आँखा अगाडि लगातार तीन दिनसम्म विद्यार्थीहरूलाई दिवा खाजाको रुपमा दुई मुठ्ठी फुको चिउरा दिएको भेटेँ।’

सरकारले लामो समयदेखि विकट क्षेत्रका विद्यार्थीलाई नियमित विद्यालयमा आउन भनेर दिवा खाजाको व्यवस्था गरेको छ। उक्त खाजा पौष्टिक तथा स्वास्थ्यवर्द्धक हुनुपर्ने प्रावधान छ। विद्यालयले सांसद ढकालले बताए।   

‘त्यहाँका विद्यार्थी त्यति चिउरा पाउने आशाले पनि विद्यालय आउने रहेछन्। त्यो चिउरा मात्र खाजा त पौष्टिक आहारा भएन नि! बिचरा ती कुपोषण भएका चेपाङ बालबालिकालाई पोषणयुक्त खाजा खुवाउन पो सरकारले दैनिक १५ रुपैयाँ दिएको हो। फुको चिउरा खुवाउन त होइन नि!’, ढकालले नेपाल लाइभसँग भने, ‘त्यही चिउरामा पाँचकेजी चना ल्याएर पकाएर चना मिसाएर दिएको भए हुन्थ्यो। दुई मुठ्ठी फुको चिउरा विद्यार्थीलाइै कति समयदेखि दिएको हो। मैले डेटासहित मागेको छु।’ 

यता, विद्यालयका प्रधानाध्यापक दीपक श्रेष्ठले टाइमटेबल अनुसार दिवा खाजा खुवाउने गरेको दाबी गरे। उनले सांसद ढकाल अनुगमनमा गएको बेला चिउरा भुजाको पालो परेको उल्लेख गरे।

Ncell 2
Ncell 2

‘कहिले अण्डा, चना, केराउको तरकारी, कहिले भुजा चिउरा, कहिले जाउलो बनाएर दिने गरेका छौँ। यो लगातार तीन दिनसम्म चिउरा भुजा दिनु परेको कारण चाहिँ हाम्रो बिरामी भएर दाउरा लिन जान नसक्दा भएको हो’, उनले भने, ‘अब बच्चाहरूलाई दाउरा बोक्न लगायो भने फेरि मिडियाहरूले किन बच्चालाई बोकाएको भन्न आइपुगिहाल्छन्। त्यसकारण त्यो परेको हो। त्यतिखेर माननीयज्यूले हाम्रो कुरा सुन्न नै खोज्नु भएन।’

सांसद ढकालले विद्यालयको अवस्थाबारे बुझ्न नखोजेको उनको आरोप छ। साथै, सांसद ढकालले विद्यार्थीलाई दैनिक चना अण्डा खुवाउन भनेको तर, सरकारले दिएको १५ रुपैयाँले दैनिक चना अण्डा खुवाउन सम्भव नहुने प्रधानाध्यापक श्रेष्ठले बताए। 

‘सरकारले जम्मा १५ रुपैयाँ दिन्छ। त्यसले हामीले हप्ताको ६ दिनै चना अण्डा खुवाउन सक्दैनौं। यहाँ भण्डारादेखि खाद्यान्न लिएर जानु पर्छ। विद्यालयसम्मको ढुवानी खर्च प्रतिकेजी सात रुपैयाँदेखि आठ रुपैयाँसम्म लाग्छ। त्यसमा पकाउँदा नुन भुटुन, मसलासम्म त्यही १५ रुपैयाँबाट खर्च गर्नुपर्ने हुन्छ’, श्रेष्ठले नेपाल लाइभसँग भने, ‘चना अण्डा खुवाएको बेलामा ३० रुपैयाँसम्म पर्न जान्छ। अर्को दिन चिउरा भुजा खुवाउँदा अलि कम खर्च भएर सरकारबाट आएको पैसाले पुग्ने गरेको छ।’

स्थानीय स्तरमा पाउने खाजा विद्यार्थीले खान नमान्दा बाहिरबाट ल्याइएका खाजा खुवाउन बाध्य भएको उनी सुनाउँछन्। ‘हामीले पहिला मकै भटमास भुटेर, पिँडालु उसिनेर खाजा दिने गरेका थियौँ। तर, विद्यार्थीहरूले यस्तो त हाम्रो घरमा पाइन्छ भनेर खान मानेनन्’, प्रधानाध्यापक श्रेष्ठले भने, ‘एक दिन खाएपछि अर्को दिन आधा खाएर फाल्ने गरे। अण्डा चना, चिउरा भुजा जस्ता खाजा मन पराएर खाने गरेको पायौँ। त्यसपछि स्थानीय स्तरका खाजा खुवाउन छाडेका हौँ। तर, जंगफुड खुवाएका छैनौँ। अर्गानिक चिउरा भुजा खुवाएका छौं।’ 

उक्त विद्यालय क्षेत्र पर्ने वडाका वडाध्यक्ष अशोक प्रजाले विद्यालयले विद्यार्थीहरूलाई दिवा खाजाको रुपमा फुको चिउरा मात्र नभएर दिन अनुसार फरक–फरक खाजा चिउरा भुजा, चना, जाउलो, लिटो दिँदै आएको दाबी गरे। 

‘हामी अनुगमन गएको बेलामा दैनिक फरक–फरक खाजा मिलाएर दिने गरेका थिए। माननीयज्यू आएको बेलामा एक दिन फुको चिउरा दिएको पाउनु भएछ’, उनले भने, ‘यसअघि एकसाता पहिला म अनुगमनमा गएको थिएँ। त्यतिबेला चिउरा मात्र नदिनु, पोषणयुक्त खाजा खुवाउनु भनेको थिएँ।’ 

वडाध्यक्ष प्रजाले आफूहरू महिनामा एक पटक विद्यालयको अनुगमनमा जाने गरेको पनि उल्लेख गरे।

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  ०८:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागमा म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा ठूला अनियमितता भएको ठहर गर्दै विभागकी... बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधव नेपाल लगायतमाथि अनुस... बुधबार, माघ ७, २०८२
विधायन व्यवस्थापन समितिको बैठक बस्दै बैठक आज दिउँसो १ बजे सिंहदरवारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा पर्यटन विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ । बुधबार, माघ ७, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्