• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

दिवा खाजाको नाममा विद्यार्थीलाई फुको चिउरा, प्रधानाध्यापक भन्छन्– जंकफूड होइन अर्गानिक चिउरा–भुजा दिन्छौं

64x64
कल्पना घिमिरे आइतबार, चैत ५, २०७९  ०८:०९
1140x725

काठमाडौं– अहिले सामाजिक सञ्जालमा सरकारी विद्यालयको पोसाक लगाएका बालबालिकाले फुको चिउरा शर्टको फेरोमा राखेर खाएको एक भिडियो ‘भाइरल’ भइरहेको छ। उक्त भिडियो हो चितवन जिल्लाको राप्ती नगरपालिकाको कालीटार आधारभूत विद्यालयको। 

चितवन क्षेत्र नम्बर १ का सांसद हरी ढकाल विद्यालयको निरीक्षणका क्रममा मंगलबार पुगेका थिए। त्यसक्रममा उनले विद्यालयमा विद्यार्थीको दिवा खाजामा फुको दुई मुठ्ठी चिउरा दिएको फेला पारे। त्यसपछि उनी लगातार तेस्रो दिनसम्म पुग्दा उही फुको चिउरा फेला पारेपछि विद्यालयका कर्मचारीहरूसँग सोधपुछ गर्दै गरेको भिडियो बिहीबार सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरे। जुन भिडियो अहिले भाइरल भइरेको छ।

प्रतिनिधि सभाका सदस्यले नै उक्त भिडियो सार्वजनिक गरेपछि हामीले उनीसँग टेलिफोन सम्पर्क गर्‍यौं। कुराकानीका क्रममा विद्यार्थीहरूहरुले विद्यालयले फुको चिउरा र जाउलो मात्र दिने गरेको सुनाएका बताए।

साथै, उक्त विद्यालयमा २०० सय विद्यार्थी रहेको सांसद ढकालले जानकारी दिए। सो  विद्यालय चितवनको सबैभन्दा विकट क्षेत्रमा पर्ने राप्ती नगरपालिकामा छ। जुन ढकालको निर्वाचन क्षेत्रमा पर्छ।  

‘चुनाव जितेसँगै त्यस क्षेत्रमा बत्ती पुर्‍याउने मेरो पहिलो योजना थियो। त्यस क्षेत्रमा वैशाख १ गते बत्ती बाल्ने लक्ष्य भएकाले कामको सिलसिलामा पुगेको थिएँ। त्यस क्षेत्रका स्वास्थ्यचौकी, विद्यालयदेखि सम्पूर्ण क्षेत्रको अनुगमन गरेँ’, सांसद ढकालले भने, ‘अनुगमनकै क्रममा उक्त विद्यालयमा आँखा अगाडि लगातार तीन दिनसम्म विद्यार्थीहरूलाई दिवा खाजाको रुपमा दुई मुठ्ठी फुको चिउरा दिएको भेटेँ।’

सरकारले लामो समयदेखि विकट क्षेत्रका विद्यार्थीलाई नियमित विद्यालयमा आउन भनेर दिवा खाजाको व्यवस्था गरेको छ। उक्त खाजा पौष्टिक तथा स्वास्थ्यवर्द्धक हुनुपर्ने प्रावधान छ। विद्यालयले सांसद ढकालले बताए।   

‘त्यहाँका विद्यार्थी त्यति चिउरा पाउने आशाले पनि विद्यालय आउने रहेछन्। त्यो चिउरा मात्र खाजा त पौष्टिक आहारा भएन नि! बिचरा ती कुपोषण भएका चेपाङ बालबालिकालाई पोषणयुक्त खाजा खुवाउन पो सरकारले दैनिक १५ रुपैयाँ दिएको हो। फुको चिउरा खुवाउन त होइन नि!’, ढकालले नेपाल लाइभसँग भने, ‘त्यही चिउरामा पाँचकेजी चना ल्याएर पकाएर चना मिसाएर दिएको भए हुन्थ्यो। दुई मुठ्ठी फुको चिउरा विद्यार्थीलाइै कति समयदेखि दिएको हो। मैले डेटासहित मागेको छु।’ 

यता, विद्यालयका प्रधानाध्यापक दीपक श्रेष्ठले टाइमटेबल अनुसार दिवा खाजा खुवाउने गरेको दाबी गरे। उनले सांसद ढकाल अनुगमनमा गएको बेला चिउरा भुजाको पालो परेको उल्लेख गरे।

Ncell 2
Ncell 2
nimb
nimb

‘कहिले अण्डा, चना, केराउको तरकारी, कहिले भुजा चिउरा, कहिले जाउलो बनाएर दिने गरेका छौँ। यो लगातार तीन दिनसम्म चिउरा भुजा दिनु परेको कारण चाहिँ हाम्रो बिरामी भएर दाउरा लिन जान नसक्दा भएको हो’, उनले भने, ‘अब बच्चाहरूलाई दाउरा बोक्न लगायो भने फेरि मिडियाहरूले किन बच्चालाई बोकाएको भन्न आइपुगिहाल्छन्। त्यसकारण त्यो परेको हो। त्यतिखेर माननीयज्यूले हाम्रो कुरा सुन्न नै खोज्नु भएन।’

सांसद ढकालले विद्यालयको अवस्थाबारे बुझ्न नखोजेको उनको आरोप छ। साथै, सांसद ढकालले विद्यार्थीलाई दैनिक चना अण्डा खुवाउन भनेको तर, सरकारले दिएको १५ रुपैयाँले दैनिक चना अण्डा खुवाउन सम्भव नहुने प्रधानाध्यापक श्रेष्ठले बताए। 

‘सरकारले जम्मा १५ रुपैयाँ दिन्छ। त्यसले हामीले हप्ताको ६ दिनै चना अण्डा खुवाउन सक्दैनौं। यहाँ भण्डारादेखि खाद्यान्न लिएर जानु पर्छ। विद्यालयसम्मको ढुवानी खर्च प्रतिकेजी सात रुपैयाँदेखि आठ रुपैयाँसम्म लाग्छ। त्यसमा पकाउँदा नुन भुटुन, मसलासम्म त्यही १५ रुपैयाँबाट खर्च गर्नुपर्ने हुन्छ’, श्रेष्ठले नेपाल लाइभसँग भने, ‘चना अण्डा खुवाएको बेलामा ३० रुपैयाँसम्म पर्न जान्छ। अर्को दिन चिउरा भुजा खुवाउँदा अलि कम खर्च भएर सरकारबाट आएको पैसाले पुग्ने गरेको छ।’

स्थानीय स्तरमा पाउने खाजा विद्यार्थीले खान नमान्दा बाहिरबाट ल्याइएका खाजा खुवाउन बाध्य भएको उनी सुनाउँछन्। ‘हामीले पहिला मकै भटमास भुटेर, पिँडालु उसिनेर खाजा दिने गरेका थियौँ। तर, विद्यार्थीहरूले यस्तो त हाम्रो घरमा पाइन्छ भनेर खान मानेनन्’, प्रधानाध्यापक श्रेष्ठले भने, ‘एक दिन खाएपछि अर्को दिन आधा खाएर फाल्ने गरे। अण्डा चना, चिउरा भुजा जस्ता खाजा मन पराएर खाने गरेको पायौँ। त्यसपछि स्थानीय स्तरका खाजा खुवाउन छाडेका हौँ। तर, जंगफुड खुवाएका छैनौँ। अर्गानिक चिउरा भुजा खुवाएका छौं।’ 

Xtrem

Xtrem

उक्त विद्यालय क्षेत्र पर्ने वडाका वडाध्यक्ष अशोक प्रजाले विद्यालयले विद्यार्थीहरूलाई दिवा खाजाको रुपमा फुको चिउरा मात्र नभएर दिन अनुसार फरक–फरक खाजा चिउरा भुजा, चना, जाउलो, लिटो दिँदै आएको दाबी गरे। 

‘हामी अनुगमन गएको बेलामा दैनिक फरक–फरक खाजा मिलाएर दिने गरेका थिए। माननीयज्यू आएको बेलामा एक दिन फुको चिउरा दिएको पाउनु भएछ’, उनले भने, ‘यसअघि एकसाता पहिला म अनुगमनमा गएको थिएँ। त्यतिबेला चिउरा मात्र नदिनु, पोषणयुक्त खाजा खुवाउनु भनेको थिएँ।’ 

वडाध्यक्ष प्रजाले आफूहरू महिनामा एक पटक विद्यालयको अनुगमनमा जाने गरेको पनि उल्लेख गरे।

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  ०८:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो नेपाली सेनाले एमआई–१७ सहित चारवटा हेलिकोप्टर र स्थलमार्गबाट परिचालित फौजको सहयोगमा आइतबार साँझ ७ बजेसम्म ९५ जनाको उद्धार गरी सुरक्षि... आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार आइतबार सेनाले एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो । आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना “हालसम्म चुमनुब्रि गापा–६ चुम्चेतको उङ्गिलुङ निवासी भेडीगोठमा रहेका २ महिला र ३ पुरुष गरी ५ जना सम्पर्कविहीन छन्,” प्राधिकरणले जारी... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्