• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

स्ववियु चुनाव जित्न विद्यार्थी संगठनका नारा: घरभाडा छुटदेखि मास्टर्स पास बेरोजगारलाई भत्तासम्म

64x64
भूपेन्द्र शाह ठकुरी शुक्रबार, चैत ३, २०७९  २१:०९
1140x725

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीको मतद्वारा चुनिने वैधानिक संस्था (निकाय) मानिन्छ, जसले विद्यार्थीलाई विश्वविद्यालयको नीति, पाठ्यक्रम र शैक्षिक कार्यक्रमसँग जोड्छ। समय र परिस्थितिअनुसार विश्वविद्यालयको पाठ्यक्रम र शैक्षिक कार्यक्रममा गर्नुपर्ने आवश्यक परिमार्जन र परिस्कृत शैक्षिक वातावरण निर्माणका लागि स्ववियुको भूमिकालाई महत्त्वपूर्ण मानिन्छ। 

विश्वका धेरै प्रतिष्ठित विश्वविद्यालयमा पनि स्ववियु वा विद्यार्थी मञ्चहरु हुन्छन्, जसले विद्यार्थीको हकहितका साथै विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा रचनात्मक भूमिका खेलेका हुन्छन्। नेपालकै जेठो विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालयसहित अन्य विश्वविद्यालयसमा पनि स्वतन्त्र विद्यार्थी युनियन छ। तर, १४ वर्षदेखि त्यसको वैधानिक अस्तित्व भने छैन। 

१४ वर्षसम्म हुन सकेको स्ववियु निर्वाचन त्रिभुवन विश्वविद्यालयमा चैत्र ५, नेपाल संस्कृत विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयमा चैत्र ३ र सुदूरपश्चिम विश्वविद्यालयमा चैत ८ गते हुँदै छ। स्ववियु निर्वाचनलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी  शर्मा ओलीले समेत चासो दिइरहेका छन्। उनीहरूले आफूनिकट विद्यार्थी संगठनका नेताहरूलाई भेटेर स्ववियु निर्वाचन जित्नका लागि कुनै कसर बाँकी नराख्न समेत निर्देशन दिने गरेका छन्। 

लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचनका लागि  नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियू लगायतका केही विद्यार्थी संगठनहरुले संयुक्त वाम लोकतान्त्रिक विद्यार्थीका नाममा प्यानल बनाएर चुनावी तयारी गरिरहेका छन्। नेकपा एमालेनिकट अनेरास्ववियु भने एक्लै मैदानमा देखिएको छ। हालसम्म अखिल क्रान्तिकारीले ३४, नेविसंघले १३ र अनेरास्ववियुले २९ वटा क्याम्पसका स्ववियु सभापतिमा निर्विरोध जित हासिल गरिसकेका छन्। 

विद्यार्थीहरू निर्वाचनको मैदानमा होमिँदै गर्दा विद्यार्थी संगठनहरूले आफ्नो प्रतिबद्धतापत्रमा विभिन्न आश्वासन समेत बाँडेका छन्। उनीहरूका घोषणापत्रमा केही साझा प्रतिबद्धता देखिन्छन् त केही पृथक अनि रोचक खालका नारा पनि छन्। 

कांग्रेसनिकट नेवि संघ:  एक हातमा सर्टिफिकेट र अर्को हातमा रोजगार
नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेवि संघ)ले ‘एक हातमा सर्टिफिकेट र अर्को हातमा रोजगार, स्वदेश मै शिक्षा, स्वदेश मै भविष्य निर्माणको आधार’ भन्ने नारालाई आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ। मुलुकमा शैक्षिक बेरोजगारीहरूको सङ्ख्या बढिरहेको भन्दै नेवि संघले उक्त नारा अघि सारेको हो। 

विश्वविद्यालयको ऐन निर्माणको नेतृत्व, रचनात्मक सामाजिक र शैक्षिक गतिविधि सहितको वार्षिक क्यालेन्डर निर्माण र कार्यान्वयनको कुरालाई समेत नेवि संघले प्रतिबद्धता पत्रमा समेटेको छ। 

नेवि संघले विभिन्न संकाय अनुसारको छुट्टाछुट्टै प्राथमिकता दिएर विभिन्न नाराहरुलाई प्रतिबद्धता पत्रमा समेटेको छ। शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै शिक्षा क्षेत्रमा भएका निजी लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउने कुरामा जोड दिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रत्येक क्याम्पसमा ३/३ महिनामा स्वास्थ्य शिविर सञ्चालन गर्ने, छात्रावासमा जिम हल र अध्ययन कक्षको व्यवस्था गर्ने, हरेक क्याम्पसमा गर्ल्स कमन रुमको व्यवस्था गर्ने, सबै विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार र क्याम्पस प्रमुख नियुक्ति विश्वविद्यालयको शैक्षिक विकास र उन्नयनको स्पष्ट दृष्टिकोण भएको वरिष्ठ, योग्य र प्राज्ञिक व्यक्तिलाई नियुक्ति गर्न दबाब दिने लगायतका प्रतिबद्धता समेत गरेको छ। साथै विद्यार्थीको अनिवार्य निःशुल्क स्वास्थ्य बिमा लगायतका कुराहरूलाई प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ। नेविसंघले तालाबन्दी र तोडफोड नगर्ने समेत प्रतिबद्धता जाहेर गरेको छ। 

एमालेनिकट अनेरास्ववियु:  घर भाडा छुटको लागि पहल गर्ने
नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले विद्यार्थी कल्याणको लागि स्थानीय तहको सरकारसँग समन्वय गरी बहालमा बस्ने विद्यार्थीहरूलाई घर भाडा छुटको व्यवस्था मिलाउन पहल गर्ने कुरा आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ। यसका साथै खाना पकाउने ग्याँसमा विद्यार्थीका लागि विशेष सहुलियतको लागि पहल गर्ने समेत उल्लेख गरेको छ। 

त्यसैगरि बहालमा बस्ने विद्यार्थीहरूका लागि २५ प्रतिशत विधुत् महसुल छुट, विद्यार्थीको स्वास्थ्य बिमा, छोटो तथा लामो दुरीका सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडा छुटको व्यवस्थाको प्रभावकारी कार्यान्वयन, शैक्षिक प्रमाणपत्रलाई धितो राखी व्यवसायिक ऋणलाई प्रभावकारी कार्यान्वयनका लागि पहल गर्ने विषय पनि अनेरास्ववियुले समेटेको छ। 

अनेरास्ववियुले विश्वविद्यालय तथा क्याम्पसहरूमा तालाबन्दी नगर्ने, तोडफोड, आगजनीजस्ता ध्वंसात्मक क्रियाकलापको विपक्षमा रहने, आन्दोलनका नाममा हुने पदाधिकारी, प्राध्यापक, कर्मचारी माथिको व्यक्तिगत आक्रमण तथा दुर्व्यवहारको विपक्षमा रहने, आर्थिक पारदर्शिता र प्राज्ञिक सुशासन कायम गर्ने प्रतिबद्धता समेत गरेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

माओवादीनिकट अखिल क्रान्तिकारी: स्नातकोत्तर बेरोजगार विद्यार्थीलाई भत्ता 
हाल संघीय सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अखिल क्रान्तिकारी)ले स्नातकोत्तर उत्तिरण गरेर पनि बेरोजगार रहेका विद्यार्थीहरूलाई राज्यले अनिवार्य भत्ता दिने व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धता जनाएको छ। अखिल क्रान्तिकारीका नेता दीपेन्द्र खड्काले शैक्षिक रूपान्तरणका मुद्धाहरु प्रतिबद्धता पत्रमा समेटेको दाबी गरे। 

अखिल क्रान्तिकारीले राजनीतिक भागबन्डाका आधारमा हुने नियुक्ति बन्द गर्ने पनि प्रतिबद्धता पत्रमा समेटेको छ। अखिल क्रान्तिकारीले विश्वविद्यालयमा जब प्लेसमेन्ट युनिटको स्थापनालाई पनि अजेन्डाका रुपमा अघि सारेको छ।

आफैंले अध्ययन गरेको क्याम्पसबाटै शैक्षिक प्रमाणपत्रको उपलब्धता हुनु पर्ने, प्रश्नपत्रहरु नेपाली र अंग्रेजी दुवै भाषामा हुनुपर्ने, विद्यावारिधी तहमा न्यूनतम ५० प्रतिशत छात्रवृत्तिको व्यवस्था गर्न कुरा समेत अखिल क्रान्तिकारीले घोषणापत्रमा उल्लेख गरेको छ। 

एकीकृत समाजवादीनिकट अनेरास्ववियू: विद्यार्थीलाई रासन कार्डको व्यवस्था 
नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले स्ववियु निर्वाचनका लागि तयार पारेको प्रतिबद्धता पत्रमा विद्यार्थीहरूका लागि रासन कार्डको व्यवस्था गरी दैनिक उपभोग्य वस्तुमा स्वास्थ्य, मनोरञ्जन र यातायातमा कम्तीमा ५० छुटका लागि पहल गर्ने बताएको छ। 

शिक्षामा सर्तसहितको विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोप, एसियाली विकास बैङ्क लगायतको वैदेशिक लगानी र हस्तक्षेप पूर्ण रूपमा बन्द गरिनु पर्ने अजेण्डा अघि सारेको  छ। यसका साथै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री बन्ने प्रणाली खारेज गरी विश्वविद्यालय सभाद्वारा निश्चित योग्यता, क्षमता, योगदान र अनुभवका आधारमा खुला प्रतिस्पर्धामार्फत् कुलपति नियुक्ति हुने व्यवस्था गरिनु पर्ने अजेण्डालाई अनेरास्ववियूले अघि सारेको छ।  

अनेरास्ववियूले राज्यको कुल बजेटको २० प्रतिशत बजेट शिक्षा क्षेत्रका लागि व्यवस्था गर्नुपर्ने कुरालाई समेत आफ्नो प्रतिबद्धता पत्रमा समेटेको छ।

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  २१:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्