• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

स्ववियु चुनाव जित्न विद्यार्थी संगठनका नारा: घरभाडा छुटदेखि मास्टर्स पास बेरोजगारलाई भत्तासम्म

64x64
भूपेन्द्र शाह ठकुरी शुक्रबार, चैत ३, २०७९  २१:०९
1140x725

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीको मतद्वारा चुनिने वैधानिक संस्था (निकाय) मानिन्छ, जसले विद्यार्थीलाई विश्वविद्यालयको नीति, पाठ्यक्रम र शैक्षिक कार्यक्रमसँग जोड्छ। समय र परिस्थितिअनुसार विश्वविद्यालयको पाठ्यक्रम र शैक्षिक कार्यक्रममा गर्नुपर्ने आवश्यक परिमार्जन र परिस्कृत शैक्षिक वातावरण निर्माणका लागि स्ववियुको भूमिकालाई महत्त्वपूर्ण मानिन्छ। 

विश्वका धेरै प्रतिष्ठित विश्वविद्यालयमा पनि स्ववियु वा विद्यार्थी मञ्चहरु हुन्छन्, जसले विद्यार्थीको हकहितका साथै विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा रचनात्मक भूमिका खेलेका हुन्छन्। नेपालकै जेठो विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालयसहित अन्य विश्वविद्यालयसमा पनि स्वतन्त्र विद्यार्थी युनियन छ। तर, १४ वर्षदेखि त्यसको वैधानिक अस्तित्व भने छैन। 

१४ वर्षसम्म हुन सकेको स्ववियु निर्वाचन त्रिभुवन विश्वविद्यालयमा चैत्र ५, नेपाल संस्कृत विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयमा चैत्र ३ र सुदूरपश्चिम विश्वविद्यालयमा चैत ८ गते हुँदै छ। स्ववियु निर्वाचनलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी  शर्मा ओलीले समेत चासो दिइरहेका छन्। उनीहरूले आफूनिकट विद्यार्थी संगठनका नेताहरूलाई भेटेर स्ववियु निर्वाचन जित्नका लागि कुनै कसर बाँकी नराख्न समेत निर्देशन दिने गरेका छन्। 

लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचनका लागि  नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियू लगायतका केही विद्यार्थी संगठनहरुले संयुक्त वाम लोकतान्त्रिक विद्यार्थीका नाममा प्यानल बनाएर चुनावी तयारी गरिरहेका छन्। नेकपा एमालेनिकट अनेरास्ववियु भने एक्लै मैदानमा देखिएको छ। हालसम्म अखिल क्रान्तिकारीले ३४, नेविसंघले १३ र अनेरास्ववियुले २९ वटा क्याम्पसका स्ववियु सभापतिमा निर्विरोध जित हासिल गरिसकेका छन्। 

विद्यार्थीहरू निर्वाचनको मैदानमा होमिँदै गर्दा विद्यार्थी संगठनहरूले आफ्नो प्रतिबद्धतापत्रमा विभिन्न आश्वासन समेत बाँडेका छन्। उनीहरूका घोषणापत्रमा केही साझा प्रतिबद्धता देखिन्छन् त केही पृथक अनि रोचक खालका नारा पनि छन्। 

कांग्रेसनिकट नेवि संघ:  एक हातमा सर्टिफिकेट र अर्को हातमा रोजगार
नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेवि संघ)ले ‘एक हातमा सर्टिफिकेट र अर्को हातमा रोजगार, स्वदेश मै शिक्षा, स्वदेश मै भविष्य निर्माणको आधार’ भन्ने नारालाई आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ। मुलुकमा शैक्षिक बेरोजगारीहरूको सङ्ख्या बढिरहेको भन्दै नेवि संघले उक्त नारा अघि सारेको हो। 

विश्वविद्यालयको ऐन निर्माणको नेतृत्व, रचनात्मक सामाजिक र शैक्षिक गतिविधि सहितको वार्षिक क्यालेन्डर निर्माण र कार्यान्वयनको कुरालाई समेत नेवि संघले प्रतिबद्धता पत्रमा समेटेको छ। 

नेवि संघले विभिन्न संकाय अनुसारको छुट्टाछुट्टै प्राथमिकता दिएर विभिन्न नाराहरुलाई प्रतिबद्धता पत्रमा समेटेको छ। शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै शिक्षा क्षेत्रमा भएका निजी लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउने कुरामा जोड दिएको छ।

Ncell 2
Ncell 2

प्रत्येक क्याम्पसमा ३/३ महिनामा स्वास्थ्य शिविर सञ्चालन गर्ने, छात्रावासमा जिम हल र अध्ययन कक्षको व्यवस्था गर्ने, हरेक क्याम्पसमा गर्ल्स कमन रुमको व्यवस्था गर्ने, सबै विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार र क्याम्पस प्रमुख नियुक्ति विश्वविद्यालयको शैक्षिक विकास र उन्नयनको स्पष्ट दृष्टिकोण भएको वरिष्ठ, योग्य र प्राज्ञिक व्यक्तिलाई नियुक्ति गर्न दबाब दिने लगायतका प्रतिबद्धता समेत गरेको छ। साथै विद्यार्थीको अनिवार्य निःशुल्क स्वास्थ्य बिमा लगायतका कुराहरूलाई प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ। नेविसंघले तालाबन्दी र तोडफोड नगर्ने समेत प्रतिबद्धता जाहेर गरेको छ। 

एमालेनिकट अनेरास्ववियु:  घर भाडा छुटको लागि पहल गर्ने
नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले विद्यार्थी कल्याणको लागि स्थानीय तहको सरकारसँग समन्वय गरी बहालमा बस्ने विद्यार्थीहरूलाई घर भाडा छुटको व्यवस्था मिलाउन पहल गर्ने कुरा आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ। यसका साथै खाना पकाउने ग्याँसमा विद्यार्थीका लागि विशेष सहुलियतको लागि पहल गर्ने समेत उल्लेख गरेको छ। 

त्यसैगरि बहालमा बस्ने विद्यार्थीहरूका लागि २५ प्रतिशत विधुत् महसुल छुट, विद्यार्थीको स्वास्थ्य बिमा, छोटो तथा लामो दुरीका सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडा छुटको व्यवस्थाको प्रभावकारी कार्यान्वयन, शैक्षिक प्रमाणपत्रलाई धितो राखी व्यवसायिक ऋणलाई प्रभावकारी कार्यान्वयनका लागि पहल गर्ने विषय पनि अनेरास्ववियुले समेटेको छ। 

अनेरास्ववियुले विश्वविद्यालय तथा क्याम्पसहरूमा तालाबन्दी नगर्ने, तोडफोड, आगजनीजस्ता ध्वंसात्मक क्रियाकलापको विपक्षमा रहने, आन्दोलनका नाममा हुने पदाधिकारी, प्राध्यापक, कर्मचारी माथिको व्यक्तिगत आक्रमण तथा दुर्व्यवहारको विपक्षमा रहने, आर्थिक पारदर्शिता र प्राज्ञिक सुशासन कायम गर्ने प्रतिबद्धता समेत गरेको छ। 

माओवादीनिकट अखिल क्रान्तिकारी: स्नातकोत्तर बेरोजगार विद्यार्थीलाई भत्ता 
हाल संघीय सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अखिल क्रान्तिकारी)ले स्नातकोत्तर उत्तिरण गरेर पनि बेरोजगार रहेका विद्यार्थीहरूलाई राज्यले अनिवार्य भत्ता दिने व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धता जनाएको छ। अखिल क्रान्तिकारीका नेता दीपेन्द्र खड्काले शैक्षिक रूपान्तरणका मुद्धाहरु प्रतिबद्धता पत्रमा समेटेको दाबी गरे। 

अखिल क्रान्तिकारीले राजनीतिक भागबन्डाका आधारमा हुने नियुक्ति बन्द गर्ने पनि प्रतिबद्धता पत्रमा समेटेको छ। अखिल क्रान्तिकारीले विश्वविद्यालयमा जब प्लेसमेन्ट युनिटको स्थापनालाई पनि अजेन्डाका रुपमा अघि सारेको छ।

आफैंले अध्ययन गरेको क्याम्पसबाटै शैक्षिक प्रमाणपत्रको उपलब्धता हुनु पर्ने, प्रश्नपत्रहरु नेपाली र अंग्रेजी दुवै भाषामा हुनुपर्ने, विद्यावारिधी तहमा न्यूनतम ५० प्रतिशत छात्रवृत्तिको व्यवस्था गर्न कुरा समेत अखिल क्रान्तिकारीले घोषणापत्रमा उल्लेख गरेको छ। 

एकीकृत समाजवादीनिकट अनेरास्ववियू: विद्यार्थीलाई रासन कार्डको व्यवस्था 
नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले स्ववियु निर्वाचनका लागि तयार पारेको प्रतिबद्धता पत्रमा विद्यार्थीहरूका लागि रासन कार्डको व्यवस्था गरी दैनिक उपभोग्य वस्तुमा स्वास्थ्य, मनोरञ्जन र यातायातमा कम्तीमा ५० छुटका लागि पहल गर्ने बताएको छ। 

शिक्षामा सर्तसहितको विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोप, एसियाली विकास बैङ्क लगायतको वैदेशिक लगानी र हस्तक्षेप पूर्ण रूपमा बन्द गरिनु पर्ने अजेण्डा अघि सारेको  छ। यसका साथै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री बन्ने प्रणाली खारेज गरी विश्वविद्यालय सभाद्वारा निश्चित योग्यता, क्षमता, योगदान र अनुभवका आधारमा खुला प्रतिस्पर्धामार्फत् कुलपति नियुक्ति हुने व्यवस्था गरिनु पर्ने अजेण्डालाई अनेरास्ववियूले अघि सारेको छ।  

अनेरास्ववियूले राज्यको कुल बजेटको २० प्रतिशत बजेट शिक्षा क्षेत्रका लागि व्यवस्था गर्नुपर्ने कुरालाई समेत आफ्नो प्रतिबद्धता पत्रमा समेटेको छ।

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  २१:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
जसपाबाट टिकट नपाएपछि पूर्वमन्त्री यादव एमाले प्रवेश एमाले अध्यक्ष केपी शर्मा ओलीले यादवलाई खादा लगाइदिँदै पार्टीमा स्वागत गरेका थिए । यादवसँगै वीरगन्जका मेयर राजेशमान सिंह सहितका कार्य... सोमबार, माघ ५, २०८२
जानकी मन्दिरको आरतीमा पुगे बालेन र अमरेश, लहानको शहीद पार्कमा बिहान ८ बजे पुग्दै मन्दिरमा नियमित हुने बिहानी आरतीमा सहभागी हुन बालेन त्यहाँ पुगेका हुन्। सोमबार, माघ ५, २०८२
काठमाडौँका ६ निर्वाचन क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँका १० मध्ये ६ वटा निर्वाचन क्षेत्रमा आफ्न... आइतबार, माघ ४, २०८२
ताजा समाचारसबै
जसपाबाट टिकट नपाएपछि पूर्वमन्त्री यादव एमाले प्रवेश सोमबार, माघ ५, २०८२
जानकी मन्दिरको आरतीमा पुगे बालेन र अमरेश, लहानको शहीद पार्कमा बिहान ८ बजे पुग्दै सोमबार, माघ ५, २०८२
आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै सोमबार, माघ ५, २०८२
काठमाडौँका ६ निर्वाचन क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार आइतबार, माघ ४, २०८२
स्वागत नेपाल राप्रपा प्रवेश, झापा-२ बाट चुनाव लड्ने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्