• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

१४ वर्षपछि हुन लागेको स्ववियु निर्वाचन किन निरस?

64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, चैत १, २०७९  १९:१७
1140x725

काठमाडौं- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई आम विद्यार्थीको उत्सवको रूपमा लिइन्छ। स्ववियुले विद्यार्थीका समस्यालाई क्याम्पसको प्रशासनिक तहसम्म पुर्या उने र नीतिगत रूपमै समाधान गर्ने सेतुको काम गर्छ। 

लामो प्रतीक्षापछि केही दिनभित्रै देशभरका क्याम्पसहरुमा स्ववियु निर्वाचन हुँदैछ। मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा चैत ३ गते त्रिभुवन विश्वविद्यालयमा चैत ५ गते, नेपाल संस्कृत विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा चैत ८ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तय भएको छ।

तर, विद्यार्थीका लागि ठूलै पर्वका रुपमा लिइने स्ववियु निर्वाचनको उत्साह भने खासै देखिएको छैन। समसामयिक राजनीतिमा आएको फेरबदल र राष्ट्रपति-उपराष्ट्रपति निर्वाचन लगायतका कारण स्ववियु निर्वाचन छायामा परेको विद्यार्थीहरु बताउँछन्।

पूर्व विद्यार्थी नेता सिर्जना सिंह १४ वर्षपछि हुन लागेको स्ववियु निर्वाचन खासै उत्साहजनक बताउँछिन्। सामाजिक सञ्जाल ट्विट गर्दै उनले लेखेकी छिन्, ‘बिहेको एक दिन अघिसम्म पनि विद्यार्थी राजनीति गरिरहेकी म। स्ववियुमा निर्वाचित पनि भएँ। तर किन हो, यसपालिको स्ववियु निर्वाचनमा त्यति चासो राख्न जाँगर चलेको छैन। मलाई मात्र होला कि अरू पनि हुनुहुन्छ?’ त्यसैगरी स्ववियु निर्वाचनको उत्साह नहुनुमा पूर्व स्ववियु सभापतिका पनि आआफ्नै धारणा रहेका छन्।

नियमित नहुँदा उत्साह भएन: हिमाल शर्मा
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा २०६५ सालमा अनेरास्ववियु क्रान्तिकारीबाट स्ववियु सभापतिमा निर्वाचित हिमाल शर्मा स्ववियु निर्वाचन निरस बन्नुमा ढिलो गरी निर्वाचन हुनु र नियमित नहुनुलाई दोषी देख्छन्। उनी त्यसको दोषी विद्यार्थी सङ्गठनहरू नै भएको बताउँछन्। भन्छन्, ‘विगतमा स्ववियुको जुन किसिमको परिभाषा थियो, त्यसलाई बदल्न नसक्दा स्ववियु निर्वाचनमा अवरोध भएको देखिन्छ।’

पहिला नियमित विद्यार्थीहरूभन्दा पनि बाहिरका विद्यार्थीको बढी सहभागिता हुने गरेको शर्माले बताए। उनले स्ववियुमा विगतमा सभापति भएर वा पदाधिकारी हुन पाइने आसामा विद्यार्थीहरू रहने गरेको स्मरण गरे। आफ्नो पालादेखि त्रिविमा सेमिस्टार प्रणाली भएको बताउँदै उनले भने, ‘सेमेस्टर प्रणाली भएपछि फ्रेस विद्यार्थीहरू भए। लामो समयदेखि स्ववियुको नेतृत्वको श्रृंखला बन्न सकेन। १४/१५ वर्षसम्म स्ववियुको चुनाव नहुँदा नेतृत्वको श्रृंखला टुटेर गयो।’

निर्वाचन हुने हो कि होइन भन्नेमै अलमल देखिनुले समेत स्ववियु निर्वाचनमा उत्साह नआएको शर्माले बताए। विद्यार्थी सङ्गठनहरूमा समेत स्ववियु निर्वाचनको उत्साह नभएको बताउँदै उनले विद्यार्थीले शिक्षा, स्वास्थ्य जस्ता विषयमा पनि खासै काम गर्न नसकेको दाबी गरे।

डर-त्रासले स्ववियु चुनाव उत्साहविहीन: तपेन्द्र शाही
रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)का पूर्व स्ववियु सभापति तपेन्द्र शाहीले निर्वाचन हार्ने भएपछि विद्यार्थी सङ्गठनहरू हिंसामा उत्रिनुले पनि स्ववियुप्रति उत्साह नभएको बताए। उनले भने, ‘हार्ने भएपछि  क्याम्पसमा खुकुरी प्रहार गर्ने, निर्वाचन समितिका प्रमुखलाई बाहिरका गुन्डा ल्याएर प्रहार गर्ने गरेपछि कसरी उत्साह हुन्छ? त्यसले विद्यार्थीमा थप डर-त्रास पैदा गराएको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

यस्तो अवस्थाको जवाफदेही सम्बन्धित विद्यार्थी सङ्गठनहरू हुनुपर्ने उनको भनाइ छ। शाहीले स्ववियु निर्वाचन विद्यार्थी सङ्गठनलाई चाहिएको तर तालाबन्दी, गुण्डागर्दी नभई लोकतान्त्रिक प्रक्रियामा आएर चुनावमा भाग लिनुपर्नेमा जोड दिए।

उपत्यकाका सहितका ११ वटा क्याम्पसमा समस्या
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लिएर उपत्यकाका पाँचसहित ११ वटा त्रिविका आङ्गिक क्याम्पसमा विवाद देखिएको छ। 

काठमाडौंका आरआर, त्रिचन्द्र, विश्वभाषा, पाटन संयुक्त, र नेपाल कमर्स क्याम्पसमा स्ववियुको निर्वाचन कार्य तालिका अनुसार अघि बढ्न सकेको छैन। त्यसैगरी उपत्यका बाहिर कञ्चनपुरको सिद्धनाथ बहुमुखी, बाँकेको महेन्द्र बहुमुखी, पाल्पाको त्रिभुवन बहुमुखी, बागलुङको धौलागिरि बहुमुखी, पोखराको पृथ्वीनारायण बहुमुखी र चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया रोकिएको छ।

समझदारीको प्रयास भइरहेको छ: अधिकारी
त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय प्रमुख प्राडा पशुपति अधिकारीले विवादित देखिएका क्याम्पसहरूमा समझदारीको प्रयास भइरहेको बताए। नेपाल लाइभसँग कुरा गर्दै अधिकारीले भने, ‘समग्रमा राम्रो भइरहेको छ। राम्रो नभएको ठाउँमा सहमतिको प्रयास भइरहेको छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले तालाबन्दीका विषयमा पनि समझदारीको प्रयास भइरहेको बताएका छन्। आरआरमा प्रक्रिया अघि बढिसकेको, कमर्स क्याम्पस मीन भवन, आयुर्वेदिक क्याम्पस, पाटन क्याम्पमा काम सुरु भइसकेको उनले बताए। त्रिचन्द्रमा भने पूरै अवरुद्ध भएको स्वीकार्दै उनले परीक्षाको तालिका सार्वजनिक भइसकेकोले तोकिएको समयमा परीक्षा हुनुको विकल्प नभएको बताए।

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १९:१७
  • #स्ववियु_निर्वाचन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् : प्रधानमन्त्री शाह विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले हरेक नागरिकले ‘हाम्रा लागि सरकार छ’ भन्ने महसुस गर्ने वातावरण बनाउ... बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... फरार भनिएका उनी गोरखा पुगेर गृहमन्त्रीसँगै हिँड्दै सेल्फी र भिडियो खिच्न सफल भएका थिए। मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्