• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

१४ वर्षपछि हुन लागेको स्ववियु निर्वाचन किन निरस?

64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, चैत १, २०७९  १९:१७
1140x725

काठमाडौं- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई आम विद्यार्थीको उत्सवको रूपमा लिइन्छ। स्ववियुले विद्यार्थीका समस्यालाई क्याम्पसको प्रशासनिक तहसम्म पुर्या उने र नीतिगत रूपमै समाधान गर्ने सेतुको काम गर्छ। 

लामो प्रतीक्षापछि केही दिनभित्रै देशभरका क्याम्पसहरुमा स्ववियु निर्वाचन हुँदैछ। मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा चैत ३ गते त्रिभुवन विश्वविद्यालयमा चैत ५ गते, नेपाल संस्कृत विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा चैत ८ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तय भएको छ।

तर, विद्यार्थीका लागि ठूलै पर्वका रुपमा लिइने स्ववियु निर्वाचनको उत्साह भने खासै देखिएको छैन। समसामयिक राजनीतिमा आएको फेरबदल र राष्ट्रपति-उपराष्ट्रपति निर्वाचन लगायतका कारण स्ववियु निर्वाचन छायामा परेको विद्यार्थीहरु बताउँछन्।

पूर्व विद्यार्थी नेता सिर्जना सिंह १४ वर्षपछि हुन लागेको स्ववियु निर्वाचन खासै उत्साहजनक बताउँछिन्। सामाजिक सञ्जाल ट्विट गर्दै उनले लेखेकी छिन्, ‘बिहेको एक दिन अघिसम्म पनि विद्यार्थी राजनीति गरिरहेकी म। स्ववियुमा निर्वाचित पनि भएँ। तर किन हो, यसपालिको स्ववियु निर्वाचनमा त्यति चासो राख्न जाँगर चलेको छैन। मलाई मात्र होला कि अरू पनि हुनुहुन्छ?’ त्यसैगरी स्ववियु निर्वाचनको उत्साह नहुनुमा पूर्व स्ववियु सभापतिका पनि आआफ्नै धारणा रहेका छन्।

नियमित नहुँदा उत्साह भएन: हिमाल शर्मा
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा २०६५ सालमा अनेरास्ववियु क्रान्तिकारीबाट स्ववियु सभापतिमा निर्वाचित हिमाल शर्मा स्ववियु निर्वाचन निरस बन्नुमा ढिलो गरी निर्वाचन हुनु र नियमित नहुनुलाई दोषी देख्छन्। उनी त्यसको दोषी विद्यार्थी सङ्गठनहरू नै भएको बताउँछन्। भन्छन्, ‘विगतमा स्ववियुको जुन किसिमको परिभाषा थियो, त्यसलाई बदल्न नसक्दा स्ववियु निर्वाचनमा अवरोध भएको देखिन्छ।’

पहिला नियमित विद्यार्थीहरूभन्दा पनि बाहिरका विद्यार्थीको बढी सहभागिता हुने गरेको शर्माले बताए। उनले स्ववियुमा विगतमा सभापति भएर वा पदाधिकारी हुन पाइने आसामा विद्यार्थीहरू रहने गरेको स्मरण गरे। आफ्नो पालादेखि त्रिविमा सेमिस्टार प्रणाली भएको बताउँदै उनले भने, ‘सेमेस्टर प्रणाली भएपछि फ्रेस विद्यार्थीहरू भए। लामो समयदेखि स्ववियुको नेतृत्वको श्रृंखला बन्न सकेन। १४/१५ वर्षसम्म स्ववियुको चुनाव नहुँदा नेतृत्वको श्रृंखला टुटेर गयो।’

निर्वाचन हुने हो कि होइन भन्नेमै अलमल देखिनुले समेत स्ववियु निर्वाचनमा उत्साह नआएको शर्माले बताए। विद्यार्थी सङ्गठनहरूमा समेत स्ववियु निर्वाचनको उत्साह नभएको बताउँदै उनले विद्यार्थीले शिक्षा, स्वास्थ्य जस्ता विषयमा पनि खासै काम गर्न नसकेको दाबी गरे।

डर-त्रासले स्ववियु चुनाव उत्साहविहीन: तपेन्द्र शाही
रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)का पूर्व स्ववियु सभापति तपेन्द्र शाहीले निर्वाचन हार्ने भएपछि विद्यार्थी सङ्गठनहरू हिंसामा उत्रिनुले पनि स्ववियुप्रति उत्साह नभएको बताए। उनले भने, ‘हार्ने भएपछि  क्याम्पसमा खुकुरी प्रहार गर्ने, निर्वाचन समितिका प्रमुखलाई बाहिरका गुन्डा ल्याएर प्रहार गर्ने गरेपछि कसरी उत्साह हुन्छ? त्यसले विद्यार्थीमा थप डर-त्रास पैदा गराएको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

यस्तो अवस्थाको जवाफदेही सम्बन्धित विद्यार्थी सङ्गठनहरू हुनुपर्ने उनको भनाइ छ। शाहीले स्ववियु निर्वाचन विद्यार्थी सङ्गठनलाई चाहिएको तर तालाबन्दी, गुण्डागर्दी नभई लोकतान्त्रिक प्रक्रियामा आएर चुनावमा भाग लिनुपर्नेमा जोड दिए।

उपत्यकाका सहितका ११ वटा क्याम्पसमा समस्या
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लिएर उपत्यकाका पाँचसहित ११ वटा त्रिविका आङ्गिक क्याम्पसमा विवाद देखिएको छ। 

काठमाडौंका आरआर, त्रिचन्द्र, विश्वभाषा, पाटन संयुक्त, र नेपाल कमर्स क्याम्पसमा स्ववियुको निर्वाचन कार्य तालिका अनुसार अघि बढ्न सकेको छैन। त्यसैगरी उपत्यका बाहिर कञ्चनपुरको सिद्धनाथ बहुमुखी, बाँकेको महेन्द्र बहुमुखी, पाल्पाको त्रिभुवन बहुमुखी, बागलुङको धौलागिरि बहुमुखी, पोखराको पृथ्वीनारायण बहुमुखी र चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया रोकिएको छ।

समझदारीको प्रयास भइरहेको छ: अधिकारी
त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय प्रमुख प्राडा पशुपति अधिकारीले विवादित देखिएका क्याम्पसहरूमा समझदारीको प्रयास भइरहेको बताए। नेपाल लाइभसँग कुरा गर्दै अधिकारीले भने, ‘समग्रमा राम्रो भइरहेको छ। राम्रो नभएको ठाउँमा सहमतिको प्रयास भइरहेको छ।’

Xtrem

Xtrem

उनले तालाबन्दीका विषयमा पनि समझदारीको प्रयास भइरहेको बताएका छन्। आरआरमा प्रक्रिया अघि बढिसकेको, कमर्स क्याम्पस मीन भवन, आयुर्वेदिक क्याम्पस, पाटन क्याम्पमा काम सुरु भइसकेको उनले बताए। त्रिचन्द्रमा भने पूरै अवरुद्ध भएको स्वीकार्दै उनले परीक्षाको तालिका सार्वजनिक भइसकेकोले तोकिएको समयमा परीक्षा हुनुको विकल्प नभएको बताए।

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १९:१७
  • #स्ववियु_निर्वाचन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
एमालेका मनोनीत केन्द्रीय सदस्यको शपथ बिहीबार असोज पहिलो साता सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले विधान अनुसार ३३ जना नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेको थियो । बुधबार, असोज १४, २०८३
प्रधानमन्त्रीको परिणाममुखी भारत भ्रमण हुनेछ: परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भई स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री खनालल... बुधबार, असोज १४, २०८३
चितवन-३ बाट २१ वर्षीय उमंग कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट २१ वर्षीय उमंग लोहनी महाधिवेशन प्रतिनिधिमा निर्वा... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
एमालेका मनोनीत केन्द्रीय सदस्यको शपथ बिहीबार बुधबार, असोज १४, २०८३
आज बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो बुधबार, असोज १४, २०८३
सुजुकीको दसैं–तिहार अफर : १ लाख रुपैयाँसम्म छुट, ३६ महिनासम्म शून्य ब्याज बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीको झोलुङ्गे पुल चुँडियो बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्