• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

१४ वटा कम्पनी खोलेर यसरी ठगी गरेका थिए पृथ्वीबहादुर शाहले ६० करोड, रकम भारतमा समेत सप्लाई

१३ ठाउँमा किने घडेरी, बीमादेखि सेयरसम्म लगानी
64x64
नेपाल लाइभ बुधबार, चैत १, २०७९  १४:४२
1140x725

काठमाडौं– अछामका पृथ्वीबहादुर शाहसहितका व्यक्तिहरूले विभिन्न १४ वटा कम्पनी खोलेर ६० करोड रुपैयाँ ठगी गरेको खुलेको छ। उनीसहितको समूहले अमेरिकी, क्यानडियन, बेलायती नागरिकसहितलाई विभिन्न प्रलोभनमा पारेर करोडौं रुपैयाँ ठगी गर्दै नेपाल भित्र्याएको खुलेको हो। 

अमेरिकाको फेडेरल ब्यूरो अफ इन्भेष्टिगेसन (एफबीआई)सहितको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको दुई महिना लामो अनुसन्धानबाट उक्त विषयहरू खुलेका हुन्। 

शाहसहित अछामकै विजयविक्रम शाह, रंगबहादुर साउद, दोलखाका अनुप खड्का, जाजरकोटका चक्रबहादुर खत्री र नवलपरासी पश्चिमका रुक्माङ्गत काफ्लेलाई पक्राउ गरेर सीआईबीले अनुसन्धान गरेको थियो। ठगी, लिखतसम्बन्धी कसूर, सहकारी ठगी र संगठित अपराधमा गरिएको अनुसन्धानको क्रममा शाहसहित १९ जनाको समूहले करोडौं रुपैयाँ ठगी गरेको खुलेको हो। 

अमेरिकी नागरिक जुलिया होड्गेज रिक्किट, डार्लेन पेड्रोन्सिल, एलिजाबेथ डिना मासहितका व्यक्तिलाई शाहले एन्टी भाइरस नवीकरण गरिदिने भनी उनीहरूको खातामा अनधिकृत पहुँच पुर्‍याएर रकम निकालेको पाइएको अनुसन्धानबाट खुलेको छ। खातामा अनधिकृत पुहँच पुर्‍याएर उक्त रकम शाहले हन्टिङ रिसर्भ अफ नेपाल प्रालिको नाममा रहेको नेपालस्थित विभिन्न बैंकको खातामा जम्मा गरेको खुलेको सीआईबीले जनाएको छ। 

हन्टिङको नाममा रकम जम्मा भएपछि विभिन्न व्यक्ति तथा सहकारी संस्थाको खातामा रकम जम्मा गरी रकमान्तर गरेको अनुसन्धानबाट खुलेको छ। शाहले ठगी गर्ने उद्देश्यले आपराधिक समूह बनाएर देश तथा विदेशमा समेत मान्छे परिचालन गरेर ठगी गरेको खुलेको छ। कम्प्युटर सञ्चार प्रविधिको माध्यमबाट विभिन्न मान्छेसँग सम्पर्क गर्दै बैंक खातासम्म पुहँच पुर्‍याएर ४५ लाख ४६ हजार ६३९ अमेरिकी डलर (५९ करोड रुपैयाँ भन्दा बढी) २२ हजार पाउण्ड स्टर्लिङ ठगी गरेको पाइएको अभियोगपत्रमा उल्लेख गरिएको छ। 

nimb
nimb

ठगी गरिएकोमध्ये केही रकम भारतमा समेत पुर्‍याएको अनुसन्धानबाट खुलेको छ। शाहको मोबाइल परीक्षण गर्दा तीन बन्डल अमेरिकी डलर पार्सल गरी पठाएको र उक्त पार्सल डिपार्टमेन्टल स्टोरजस्तो देखिने स्थानमा खोलिएको भिडियो समेत प्राप्त भएको, भारतीय नागरिकसँग भएको विभिन्न कुराकानीबाट उक्त रकम भारतमा समेत पुर्‍याएको खुलेको औंल्याइएको छ। 

ठगी गरेको रकमबाट शाहले विभिन्न व्यक्तिको नाममा रकमान्तर गरेको, घरजग्गा, सेयर खरिद र बीमाकंनसमेत गर्ने गरेको खुलेको छ। ठगी गरेको रकमबाट शाहले काठमाडौंसहित १३ ठाउँमा १६ करोड रुपैयाँ भन्दा बढीको जग्गा खरिद गरेको खुलेको छ। त्यस्तै, बीमामा करिब २ करोड जम्मा गरेको, २ करोडकै सेयर खरिद गरेको पाइएको छ। 

Prithvif_Shah_Lagani1678870279.jpg

शाहले शंकास्पद रुपमा नेपाल भित्र्याएको रकम राष्ट्र बैंकले रोक्का गरेपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले फुकुवाका लागि निर्देशन समेत दिएको विषय सार्वजनिक भएको थियो। उक्त कुरा नमानेपछि गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्तीको प्रक्रिया अघि बढाइएको थियो। पछि सर्वोच्चले अन्तरिम आदेश दिएपछि अधिकारी काममा फर्किएका थिए।

उनीहरूले ठगीबाट आर्जित गरेको रकम ३८ करोड, ८६ लाख ६२ हजार १३६ रुपैयाँ रहेको खुल्न आएको छ। शाहको समूहले ठगी गरी नेपाल ल्याएको रकममध्ये १ करोड २८ लाख ९३ हजार ८५ रुपैयाँ बैंकहरूले रोक्का गरिदिएको पनि सीआईबीको अनुसन्धानमा उल्लेख गरिएको छ।

पक्राउ परेका सबैलाई काठमाडौं जिल्ला अदालतले सोमबार पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि उनीहरू कारागार चलान भएका छन्।

यो पनि पढ्नुहोस् 
अमेरिकी नागरिकसहितबाट ३९ करोड ठगी प्रकरण: पृथ्वी शाहसहित ६ जना जेल चलान
पृथ्वी शाह र उनको समूहमाथि ठगीसम्बन्धी चारवटा मुद्दा लगाउन सिआईबीको सिफारिस
शंकास्पद कारोबार गरेको आरोपमा पृथ्वी शाहसहित ६ जना पक्राउ

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १४:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक
भोटेकोशी बाढीसम्बन्धी सरकारको प्राविधिक प्रतिवेदनः तिब्बतको ताल पूर्णरूपमा नखुलेको खुलासा
त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए
सम्बन्धित सामग्री
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिने युवक पक्राउ उनलाई प्रहरीले बुधबार कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले सामाविक सञ्जालमा अश्लिल गालीसहित प्रधानमन्त्री शाहलाई भदौ... बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढीसम्बन्धी सरकारको प्राविधिक प्रतिवेदनः तिब्बतको ताल पूर्णरूपमा नखुलेको खुलासा बिहीबार, भदौ ११, २०८३
त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए बिहीबार, भदौ ११, २०८३
५ जापानी नागरिक बेपत्ता भएपछि प्रधानमन्त्री ताकाइचीद्वारा नेपालमा उद्धारका लागि अपिल बिहीबार, भदौ ११, २०८३
आठ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
नुवाकोटको विदुर ७ बाट पत्रकार निराजन पौडेलको परिवार सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्