काठमाडौं– शंकास्पद कारोबार गरेको आरोपमा पृथ्वी शाहसहित ६ जना पक्राउ गरेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले शाहसहित ६ जनालाई शुक्रबार पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा अछामका शाहसहित अछामकै विजयविक्रम शाह, रंगबहादुर साउद, दोलखाका अनुप खड्का, जाजरकोटका चक्रबहादुर खत्री र नवलपरासी पश्चिमका रुक्माङ्गत काफ्ले रहेको सीआईबीका प्रमुख उत्तमराज सुवेदीले बताए।
पक्राउ परेकाहरुलाई अनुसन्धान गर्न ६ दिनको अनुमतिसमेत लिइएको छ। पृथ्वी शाहले भने यसअघि पनि अमेरिकाबाट शंकास्पद रुपमा रकम भित्र्याएको विषय सार्वजनिक भएको थियो।
उनीहरुले विभिन्न कम्पनीमार्फत शंकास्पदरुपमा रकम नेपाल भित्र्याएको देखिएपछि पक्राउ गरिएको सीआईबीले जनाएको छ।
शाहले शंकास्पदरुपमा नेपाल भित्र्याएको रकम राष्ट्र बैंकले रोक्का गरेपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले फुकुवाका लागि निर्देशनसमेत दिएका थिए। उक्त कुरा नमानेपछि गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्तको प्रक्रिया अघि बढाइएको थियो। पछि सर्वोच्चले अन्तरिम आदेश दिएपछि अधिकारी काममा फर्किएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।