काठमाडौं– ९५ औं ओस्कर अवार्ड सोमबार बिहान सम्पन्न भएको छ। ‘एभ्रिथिङ एभ्रिवेयर अल एट वन्स’लाई उत्कृष्ट फिल्म घोषित गर्दै ओस्कर सम्पन्न भएको हो। यही फिल्मबाट मिसेल योले उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्दै ओस्कर जित्ने पहिलो एसियन महिलाको इतिहास बनाइन्।

ओस्करमा हलिउड अभिनेता ब्रेन्डन फ्रेजरलाई उत्कृष्ट अभिनेताको अवार्ड मिलेको छ। उनले ‘द व्हेल’ फिल्मबाट उक्त अवार्ड पाएका हुन्।
पहिलोपटक भारतीय प्रोडक्सनको गीतले समेत ओस्करमा अवार्ड हात पार्यो। फिल्म ‘आरआरआर’को नाटु–नाटु गीतले बेस्ट ओरिजिनल सङ्स क्याटेगोरीमा अवार्ड जितेको हो।
1678683586.jpg)
भारतकै अर्को एक शर्ट फिल्मले पनि ओस्कर अवार्ड जितेको छ। ‘द एलिफेंट व्हिस्परर्स’ले बेस्ट डकुमेन्ट्री शर्ट फिल्मको ओस्कर जितेको हो।
उक्त अवार्ड कार्यक्रममा भारतीय अभिनेत्री दिपिका पादुकोणदेखि हलिउडकर्मीहरुसम्म देखिए।
यसपल्ट ओस्करले ‘रेड कार्पेट’लाई स्याम्पेन कार्पेट बनायो। रातो हिंसाको रङ भएको संकेत गर्दै स्याम्पेनको उल्लास दिन खोजिएको बताइएको छ।
ओस्करको स्याम्पेन कार्पेटमा झल्किएको सौन्दर्य तस्बिरमा:
1678683586.jpg)
1678683586.jpg)
1678683586.jpg)
1678683585.jpg)
1678683585.jpg)
1678683584.jpg)
1678683584.jpg)
1678683584.jpg)
1678683583.jpg)
1678683583.jpg)
1678683583.jpg)
1678683583.jpg)
1678683582.jpg)
तस्बिरहरु: एजेन्सीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।