• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रपति निर्वाचन आज : को बन्ला अबको राष्ट्राध्यक्ष?

64x64
ईश्वर बराल बिहीबार, फागुन २५, २०७९  ०६:०१
1140x725

काठमाडौं- आज (बिहीबार) हुन गइरेको राष्ट्रपति निर्वाचनबाट मुलुकले चौथो राष्ट्रपति पाउँदैछ। नेपाली कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनबाट साझा उम्मेदवारका रुपमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार छन्। त्यस्तै, नेकपा एमालेका तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्।

प्रतिस्पर्धामा होमिएका दुवै नेता सभामुख भएर व्यवस्थापिकाको नेतृत्व गरिसकेका नेताहरु हुन्। पौडेल २०५१ को मध्यावधि निर्वाचनपछि गठित प्रतिनिधि सभाको सभामुख भएका थिए। नेम्वाङ २०६२/६३ को जनआन्दोलनपछि पुनःस्थापित प्रतिनिधि सभा, अन्तरिम व्यवस्थापिकाको सभामुख भएका थिए। त्यस्तै, उनी दुवै संविधान सभाका अध्यक्ष तथा सोही सभाले काम गर्ने व्यवस्थापिकाको सभामुख पनि भएका थिए।

यसपटकको उनीहरुको प्रतिस्पर्धा भने राष्ट्राध्यक्षका लागि हो। नेपालको संविधानले राष्ट्रपतिलाई राष्ट्राध्यक्षको रुपमा परिभाषित गरेको छ।

कसको पल्ला भारी?
राजनीतिक दलको समर्थनको हिसाबले हेर्ने हो भने पौडेलले राष्ट्रपतिमा बाजी मार्ने सम्भावना छ। उनको पक्षमा कांग्रेसका अतिरिक्त माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी छन्।

एमालेबाट उम्मेदवार रहेका नेम्वाङलाई भने एमालेको साथ छ। राप्रपाले तटस्थ बस्ने निर्णय गरेको छ भने रास्वपाले आज बिहीबार निर्णय गर्दैछ।

राष्ट्रपति निर्वाचनमा गोप्य मतदान हुने र पार्टीगत ह्विप लाग्दैन। त्यसैले कुन उम्मेदवारले जित्लान् भन्नका लागि अन्तिम मत परिणाम सार्वजनिक हुनुपर्छ। निर्वाचन आयोगले बिहीबार बेलुका नै अन्तिम मत परिणाम सार्वजनिक हुने बताएको छ।

कति छन् मतदाता?
नेपालको संविधान २०७२ अनुसार राष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का सदस्य र प्रदेश सभाका सदस्य मतदाता रहेको मण्डल हुनेछ। संघीय संसद्‌मा राष्ट्रिय सभा र प्रतिनिधि सभा छन्। राष्ट्रिय सभाका ५९ सांसद र प्रतिनिधि सभाका २७५ सांसदसहित संघीय संसद्‌मा ३३४ सदस्य रहेका छन्। यद्यपी, संघीय संसद्का दुई सांसद (कांग्रेसका टेक बहादुर गुरुङ निलम्बनमा परेका र रास्वपाका रवि लामिछाने पदबाट मुक्त भएका) को पद रिक्त छ।

त्यस्तै, कांग्रेस सांसद् चन्द्र भण्डारी उपचारका लागि भारतमा छन्। यद्यपि उनी पनि मतदाता हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

सात वटै प्रदेशका कुल ५५० सांसद पनि राष्ट्रपति निर्वाचनका लागि मतदाता रहनेछन्। निर्वाचन आयोगले यसअघि नै मतदाताको विवरण सार्वजनिक गरिसकेको छ। 

बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म संघीय संसद् भवन नयाँ बानेश्वरमा मतदान हुनेछ।

फरक–फरक मतभार
समग्रमा ८८२ जना मतदाता रहे पनि संघ र प्रदेशका सांसदको मतभार भने फरक–फरक रहने व्यवस्था छ। संघीय संसद्का प्रत्येक सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ रहने निर्वाचन सम्बन्धी ऐनमा उल्लेख छ। उल्लेखित मतभार नेपालको जनगणना २०६८ को जनसंख्याको आधारमा निर्धारण गरिएको हो।

२०७८ मा गरिएको जनसंख्याको अन्तिम नतिजा आइनसकेकोले २०६८ कै जनगणनालाई आधार मानिएको निर्वाचन आयोगले बताएको छ। संघ र प्रदेशका सांसदको कुल मतभार ५२ हजार ६२८ हुन आउँछ। 

Xtrem

Xtrem

नेपालको संविधानले गरेको व्यवस्था अनुसार राष्ट्रपतिमा विजयी हुन कुनै पनि उम्मेदवारले उल्लेखित मतभारको बहुमत ल्याउनुपर्छ। जसका लागि २६ हजार ३१५ मत ल्याउनुपर्ने हुन्छ। तर, राष्ट्रपति निर्वाचनको पहिलो र दोस्रो चरणमा ५० प्रतिशत पनि नकटाएर निर्वाचन तेस्रो चरणमा प्रवेश गर्‍यो भने कुल सदर मतको धेरै मत ल्याउनेलाई राष्ट्रपतिमा निर्वाचित गरिन्छ। 

दलहरुको कति छ मतभार  
वर्तमान संसद्को ठूलो दल नेपाली कांग्रेसको प्रतिनिधि सभामा ८८ र राष्ट्रिय सभामा १० सहित संघीय सासद्‌मा ९८ सांसद रहेका छन्। यस्तै, ७ वटै प्रदेश सभामा गरी १७४ सांसद रहेका छन्। राष्ट्रपति निर्वाचनका लागि कांग्रेसको कुल मतभार १६ हजार १४२ हुन्छ।

त्यस्तै, प्रतिनिधि सभामा ७९ सांसद र राष्ट्रिय सभामा १७ र प्रदेश सभामा १६१ सांसद रहेको नेकपा एमालेको मतभार १५ हजार ३१२ रहेको छ। 

माओवादी केन्द्रको प्रतिनिधि सभामा ३२, राष्ट्रिय सभामा १५ र प्रदेश सभामा ८४ सांसदको मतभार गणना गर्दा ७ हजार ७४५ रहेको छ। 

यस्तै, प्रतिनिधि सभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका १९ सांसद रहेका छन्। प्रदेश सभामा कुनै उम्मेदवार नउठाएको रास्वपाको कूल मतभार १ हजार ५०१ रहेको छ। 

त्यस्तै, प्रतिनिधि सभामा १२, राष्ट्रिय सभामा ३, र प्रदेश सभामा २० सांसद रहेको जसपाको २ हजार १४५ मतभार रहेको छ। प्रतिनिधि सभामा १०, राष्ट्रिय सभामा ८, र प्रेदश सभामा २४ सांसद रहेको एकीकृत समाजवादीको कूल मतभार २ हजार ५७४ रहेको छ। 

प्रतिनिधि सभामा १४ र प्रदेश सभामा २१ सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको २ हजार ११४ मतभार रहेको छ। यस्तै, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति, अन्य साना दल र स्वतन्त्र सांसदको कूल मतभार २ हजार ६४५ रहेको छ।

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  ०६:०१
  • #राष्ट्रपति निर्वाचन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
प्रधानमन्त्रीको परिणाममुखी भारत भ्रमण हुनेछ: परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भई स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री खनालल... बुधबार, असोज १४, २०८३
चितवन-३ बाट २१ वर्षीय उमंग कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट २१ वर्षीय उमंग लोहनी महाधिवेशन प्रतिनिधिमा निर्वा... बुधबार, असोज १४, २०८३
चार वटा संसदीय समितिको बैठक बस्दै बुधबार अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
आज बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो बुधबार, असोज १४, २०८३
सुजुकीको दसैं–तिहार अफर : १ लाख रुपैयाँसम्म छुट, ३६ महिनासम्म शून्य ब्याज बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीको झोलुङ्गे पुल चुँडियो बुधबार, असोज १४, २०८३
प्रधानमन्त्रीको परिणाममुखी भारत भ्रमण हुनेछ: परराष्ट्रमन्त्री खनाल बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्