काठमाडौं– चलचित्र क्षेत्रलाई लक्षित गरेर १४ वर्षदेखि प्रसारण हुँदै आएको टेलिभिजन च्यानल ‘टिभी फिल्मी’ अब ‘नारी टिभी’को रुपमा प्रसारणमा आउने भएको छ।
च्यानलकी अध्यक्ष निकिता पौडेलले अन्तर्राष्ट्रिय नारी दिवशको अवसरमा च्यानलको नाम र उद्देश्य परिवर्तन गरिएको जानकारी दिइन्। उनले फेसबुक पोस्टमार्फत् च्यानलका कर्मचारी, प्राविधिक, प्रस्तोताका रूपमा नारीहरुलाई नै प्राथमिकतामा राखिने बताइन्।
‘नारी टिभीमा प्रस्तुत हुने कार्यक्रम, विषय, मुद्दाहरू अधिकांश नारीहरूमै केन्द्रित रहने छन्। महिलाका मुद्दा, महिला सशक्तीकरण, साना तथा घरेलु महिला उध्यमीलाई सघाउने, महिला हिंसाका विरुद्ध खडा हुने, छोरीहरू लाई सबल सक्षम बनाउने र सबल सक्षम छिरीहरुका प्रेरणादायी कथाहरु देखाउने लगायतका कार्यक्रम यस च्यानलमा प्रशारण गरिने छन्,‘ उनले लेखेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।