काठमाडौं– आर्टमाण्डूलाई ओस्कार इन्टरनेशनल कलेजले हरेक महिना पाँच विद्यार्थी स्वयंसेवकको रुपमा पठाउने भएको छ।
म्युजिकल फिल्महरू निर्माण गर्दै आइरहेका आर्टमाण्डूका संस्थापक नवीन चौहान र कलेजका प्रधानाध्यापक रामराजा दाहालले गत आइतबार यस किसिमको सम्झौता गरेका हुन्।
सम्झौता अनुसार आर्टमान्डूका नयाँ प्रोजेक्टमा सिकाइका लागि प्रत्येक महिना पाँच जना विद्यार्थी कलेजले पठाउनेछ।
चौहानका अनुसार विद्यार्थीहरूलाई व्यावसायिक मर्यादा अनुसार काम गर्ने अवसर तथा मञ्च आर्टमाण्डूले प्रदान गरेनेछ।
‘यस सिनेमा कलेजलाई नेपाली सिनेमा उद्योगमा जोड्न यस सम्झौताले थप बल पुर्याउनेमा कलेज परिवार विश्वस्त रहेको छ,’ कलजेका आफ्नो आधिकारिक फेसबुक पेजमा उल्लेख गरेको छ।
आर्टमाण्डूले ‘तीनपाते’, ‘बाफ’, ‘घुमीघुमी’, ‘सुनाखरी’ जस्ता दर्जनभन्दा बढी म्युजिकल फिल्म निर्माण गरिसकेको छ। नाटक ‘चोरको स्वर’बाट राम्रो चर्चा कमाएको आर्टमाण्डू अब फिचर्ड फिल्मको तयारीमा पनि छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।