काठमाडौं- बिन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ। शुक्रबार मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जनाएको छ।
साइबर क्राइम अन्तर्गत दर्ता गरिएको मुद्दामा पाँच वर्ष जेल सजाय दाबी गरिएको छ। केही कलाकारहरुलाई सामाजिक सञ्जालमार्फत गालीगलोज गरेको भन्दै उनीविरुद्ध प्रहरी कार्यालयमा उजुरी गरिएको थियो।
केही दिनअघि थाइल्यान्डबाट नेपाल आउनेबित्तिकै एअरपोर्टबाट पक्राउ परेका उनी प्रहरी हिरासतमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।