ब्राजिल- विश्वकप विजेता ब्राजिलियन फुटबल रोमारियोकी छोरी ड्यानियल वयस्कका लागि चर्चित अनलाइन प्लेटफर्म ओन्लीफ्यानसँग जोडिएकी छिन्।
ब्राजिलियन इन्फ्लुमएन्सर २५ वर्षीया ड्यानियल फेवात्तोको उक्त निर्णयबाट उनका प्रशंसक चकित भएका छन्।
इन्स्टाग्राममा २ लाख ६९ हजार फलोअर्स रहेकी ड्यानियलले आफ्नो अनुभव सुनाउन उक्त प्लेटफर्ममा जोडिएको बताएकी छिन्।
द सनका अनुसार उनले भनेकी छिन्, ‘मैले ओन्ली फ्यानमा पहिलोपटक आमा बन्दाको अनुभव सुनाउन प्रोफाइल बनाएकी हुँ।’
आफूले सुरुमा बच्चा नचाहेको बताउँदै पछि मन बदलेर छोरी जन्माएको उनको भनाइ छ। ‘म त्यस्ति व्यक्ति हुँ, जो प्लेनमा बच्चा कराउँदा समेत झिंजो मान्थें’, उनी भन्छिन्, ‘म दिनदिनै सिकिरहेकी हुन्छु। मैले सोचें यो एउटा गज्जबको उपाय हुनसक्छ, जुन प्लेटफर्ममार्फत् म आफ्नो अनुभव सुनाउन सक्छु।’
यही वर्षको जनवरीमा उनले सन्तानका रुपमा छोरी जन्माएकी छिन्। जसको नाम मारिया राखिएको छ। उनका पति फेबिय हेनरिक पनि फुटबलर हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।