मुम्बई– भारतीय फिल्म अभिनेता अशरद वारसी र उनकी पत्नीमाथि सेक्युरिटिज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी)ले कारोबारमा रोक लगाएको छ।
उक्त रोक सेयर पम्प एन्ड डम्पसँथ जोडिएको छ। ‘पम्प एन्ड डम्प’को अर्थ हुन्छ सेयरको मूल्य बढाउने वा घटाउने नियतले गलत जानकारी दिनु। भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार सेबीले यो केसका कारण ३१ कम्पनीलाई कारोबारमा रोक लगाएको छ। त्यसमध्ये वारसी र उनकी पत्नी गोरेटी र साधना ब्रोडकास्टसँग जोडिएका प्रमोटर्सहरु पनि छन्।
उनले युट्युबमा गलत जानकारी दिने भिडियो अपलोड गरेर सेयरमा गडबडी गरेको बताइएको छ। वारसीले यसबाट २९ लाख र उनकी पत्नीले ३७ लाख रुपैयाँ कमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।