काठमाडौं- भारतीय अभिनेता शाहरुख खानपत्नी गौरी खानविरुद्ध ठगी आरोपमा मुद्दा दर्ता भएको छ। लखनउमा उनकाविरुद्ध मुद्दा दर्ता भएको हो।
मुम्बइ निवासी जसवन्त शाह नामका एक व्यक्तिले मुद्दा दायर गरेका हुन्। तुलस्यानी कन्स्ट्रक्सन एन्ड डेभलपर्स लिमिटेडले आफूलाई ठगेको उनको आरोप छ। उक्त कम्पनीकी गौरी ब्रान्ड एम्बेसडर हुन्।
गौरी नै ब्रान्ड एम्बेसडर भएको कम्पनीले धोका नदिने विश्वासमा आफूले घरका लागि पैसा तिरेको उनले बताएका छन्। ८६ लाख रुपैयाँ तिर्दा समेत दिने भनिएको अपार्टमेन्ट नदिएर ठगी गरेको भन्दै गौरीविरुद्ध मुद्दा हालेका हुन्।
आफ्नो नजरमा गौरीले उक्त पैसा हडपेको उनको दाबी छ। उनी भन्छन्, ‘पैसा मबाट लिइयो तर उक्त अपार्टमेन्ट अर्कैलाई दिइयो।’
आफू गौरीको प्रचारप्रसारबाट प्रभावित भएर अपार्टमेन्ट किन्ने निर्णयमा पुगेको समेत उनको जिकिर छ। उनले कम्पनीका एमडी अनिल कुमार र डाइरेक्टर महेश तुलस्यानीलाई समेत विपक्षी बनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।