• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ४, २०८२ Tue, Oct 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेता उत्पादन गर्ने ‘कारखाना’ त्रिचन्द्र क्याम्पसमा को-को छन् स्ववियु सभापतिका आकांक्षी?

64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, फागुन १७, २०७९  २०:३४
1140x725

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयभन्दा पुरानो क्याम्पसको रूपमा परिचित छ, त्रिचन्द्र बहुमुखी क्याम्पस। मुलुककै जेठो क्याम्पस त्रिचन्द्रलाई नेता उत्पादन गर्ने ‘कारखाना’को रूपमा समेत चिनिन्छ।’ 

राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेर जबराले विसं. १९७५ भदौ १२ गते त्रिचन्द्र क्याम्पसको स्थापना गरेका थिए। तत्कालीन राजा त्रिभुवनले १९७६ असोज २७ गते चाँदीको ताल्चा र चाँदीकै साँचोले खोलेर उक्त क्याम्पसको उद्घाटन गरेका थिए।

यस क्याम्पसले मुलुकको बागडोर समाल्ने राजनीतिज्ञदेखि प्राध्यापक, राष्ट्रसेवक कर्मचारी लगायत उच्च ओहोदाका व्यक्ति उत्पादन गरिसकेको छ।

पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, झलनाथ खनाल यही क्याम्पसका विद्यार्थी हुन्। यही क्याम्पसले बालकृष्ण सम, सुवर्ण शमशेर, लक्ष्मीप्रसाद देवकोटा, शङ्करदेव पन्त, सहिद दशरथ चन्द, गङ्गालाल श्रेष्ठका साथै  डिल्लीरमण रेग्मी, यदुनाथ खनाल, गोपालप्रसाद रिमाल, तुलसीलाल अमात्य, विजयबहादुर मल्ल, गोविन्दबहादुर मल्ल, थिरबम मल्ल, मोहम्मद मोहसिन लगायत प्रतिभाहरूलाई दीक्षित गरायो। यो क्याम्पसले नेपाली कांग्रेसका महामन्त्री गगन थापा लगायतका राजनीतिज्ञहरू समेत जन्माएको छ।

२०३६ सालदेखि नेविसंघको एकलौटी
नेपाल विद्यार्थी संघले त्रिचन्द्र क्याम्पसको स्ववियु सभापतिमा २०३६ सालदेखि एकलौटी जित हासिल गर्दै आएको छ। त्रिचन्द्रमा २०३६ सालमा पहिलो पटक गोपीकृष्ण घिमिरे स्ववियु सभापति निर्वाचित भएका थिए।

त्यसैगरी ऋषिकेश घिमिरे (२०३८),अच्युत गौतम (२०३९), किशोर घिमिरे (२०४१), रामहरि ढुङ्गेल (२०४३), सुरेन्द्र पाण्डे (२०४५), शङ्कर भण्डारी (२०४९), किशोरसिंह राठोर (२०५१), हरि आचार्य (२०५१), गगन थापा (२०५५), सूर्यराज काफ्ले (२०५७), सरोजकुमार थापा (२०५७), दीपक भण्डारी (२०६२) र विनयराम भट्ट (२०६५) यो क्याम्पसको स्ववियु सभापति भएका छन्।

१४ वर्षपछि हुन लागेको त्रिचन्द्रको स्ववियु निर्वाचनमा यतिबेला विभिन्न विद्यार्थी संगठनबाट आकांक्षी रहेका छन्। नेविसंघ पुरानो बिरासत जोगाउन लागिपरेको छ भने अनेरास्ववियुका उम्मेदवार बिरासत भत्काउने कसरतमा छन्।

नेविस‌ंघबाट एनपी जोशीको दाबी 
नेपाल विद्यार्थी संघ त्रिचन्द्रबाट एनपी जोशीले स्ववियु सभापतिको दाबी गरिरहेका छन्। नेता जोशी भन्छन्, ‘विद्यार्थीहरूको एक मात्र प्रजातान्त्रिक संस्था नेपाल विद्यार्थी संघबाट मेरो उम्मेदवारी हुनेछ। नेविसंघको मुल आदर्श राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकतालाई सदैव शिरोपर गरी म अनवरत रूपमा लामो समयदेखि योगदान गरिरहेको छु। त्यसैले मेरो उम्मेदवारी स्वाभाविक रूपमा रहन्छ।’ आफू शैक्षिक उन्नयनका लागि आम विद्यार्थीको माझमा रहेको दाबी उनको छ। 

Ncell 2
Ncell 2

उनले क्याम्पसको समग्र उन्नतिका लागि मूलभूत रूपमा अत्याधुनिक विज्ञान तथा प्रविधि विश्वविद्यालयको रूपमा अगाडि बढाउने संकल्प रहेको दाबी गरे।
विद्यार्थीमैत्री छात्रावास, स्थायी प्राध्यापकहरूका लागि आवासको कुरा अजेण्डामा रहेको उल्लेख गर्दै जोशीले समग्र क्याम्पसलाई सक्षम, सबल, आत्मनिर्भर र विश्व समुदायमा अब्बल दक्ष जनशक्ति उत्पादन गर्ने थलोको रूपमा स्थापित गर्नका लागि आफ्नो उम्मेदवारी रहने स्पष्ट पारे।

गुणस्तरीय, व्यावहारिक, रोजगारीमुलक र जीवन उपयोगी शिक्षा दिने नीति कार्यान्वयन गर्ने, अनिवार्य रूपमा अत्याधुनिक ल्याबको विकास गर्दै हरेक विद्यार्थीले अनिवार्य अनुसन्धान गर्ने थलो बनाउन आफू स्ववियु सभापतिको आकांक्षी रहेको उनले दाबी गरे।

शैक्षिक क्यालेन्डर कार्यान्वयन, क्याम्पसमा शैक्षिक मैत्री र शान्त वातावरणमा पठनपाठनको विकास, अध्ययनपश्चात् हरेक विद्यार्थीको रोजगारीको ग्यारेन्टी गर्न देशका हरेक सरकारी निकाय, निजी क्षेत्र र सबै तहका सरकारसँग समन्वय र संवाद आफ्नो अजेण्डामा समेटेको उनले बताए।

इलेक्ट्रोनिक लाइब्रेरीको व्यवस्था गर्ने, नवीन प्रविधिको प्रयोग गरी क्याम्पसका हरेक गतिविधिहरू डिजिटालाइज्ड गर्ने, विश्वविद्यालयले सञ्चालन गर्ने कक्षा, परीक्षा, नतिजा प्रकाशन लगायतका सम्पूर्ण गतिविधिलाई पूर्व निर्धारित कार्यतालिका बमोजिम विश्वसनीय र प्रभावकारी तरिकाले सञ्चालन गर्नका लागि आफ्नो उम्मेदवारी रहने जोशीको भनाइ छ।

नेविसंघको बिरासत तोड्छौंः अध्यक्ष कँडेल
अनेरास्ववियु त्रिचन्द्र बहुमुखी क्याम्पसका अध्यक्ष सुनिल कँडेलले यस पटक नेविसंघको विरासत तोड्ने दाबी गरेका छन्। उनले अनेरास्ववियुले स्ववियु केन्द्रित गतिविधिहरूलाई तीव्र पारेको बताउँदै क्याम्पस प्रशासनको मातहतमा बनेको स्ववियु निर्वाचन समितिसँग समेत छलफल परामर्श गरेको बताए। 

कँडेलले भने, ‘चैत ५ गते हुने स्ववियु निर्वाचन भयरहित हुनुपर्छ। करिब १५ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन कुनै पनि बहानामा रोकिनु हुँदैन।’

विगत ४० वर्षदेखि नेविसंघले जित्दै आएको भए पनि उसले विद्यार्थीहरूको हकहितमा काम गर्न नसकेको आरोप उनले लगाए। नेविसंघले कलेजलाई भूतबङ्गाला जस्तो बनाएको आरोप लगाउँदै कँडेलले नेविसंघको कुनै सङ्गठन नभएको र नेविसंघको नाममा अनेक झुन्डहरू आएर तालाबन्दी गर्ने, क्याम्पस तोडफोड गर्ने गरेको बताए।

क्याम्पसको शैक्षिक र प्रशासनिक सुधारका लागि अनेरास्ववियुले जित्नु पर्ने उनको दाबी छ। अनेरास्ववियु शैक्षिक आन्दोलनको सङ्गठन भएको बताउँदै उनले अनेरास्ववियुले जितेका क्याम्पसहरू व्यवस्थित भएको दाबी गरे। उनले गुण्डागर्दी र दादागिरीका कारण त्रिचन्द्रको साख गिर्दै गएको बताए। आफ्नो सङ्गठनको प्रमुख माग भनेको ई-लाइब्रेरी, क्यालेन्डर कार्यान्वयनका साथै भौतिक सुधार रहेको बताउँदै उनले नेविसंघबाट निर्वाचित पूर्वस्ववियु सभापतिले क्याम्पसलाई दोहन गरेको आरोप लगाए।

उमेर हदका कारण क्याम्पसका अध्ययनरत विद्यार्थीहरूलाई मर्का परेको बताउँदै उनले अनेरास्ववियुले एक/दुई दिनमा उम्मेदवारको टुंगो लगाउने बताए।

सबै विद्यार्थीको साझा उम्मेदवार बन्छु: शाही 
नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका नेता विकासजंग शाहीले आफू त्रिचन्द्र क्याम्पस स्ववियु सभापतिको साझा उम्मेदवार भएको दाबी गरे। विद्यार्थीहरूका हरेक समस्यामा आफू भिजेको बताउँदै उनले यो या त्यो नभनी काम गरेका कारण साझा उम्मेदवारको रूपमा आफूलाई उभ्याउने दाबी गरे । 

विद्यार्थीका हकहितका पक्षमा आफू सदैव लामो समयदेखि अग्रस्थानमा रहेर काम गरेको बताउँदै शाहीले त्रिचन्द्र बहुमुखी क्याम्पसका आम विद्यार्थीको साझा उम्मेदवार आफू भएको बताए। 

उनले भने, ‘२०२० सालदेखि एउटै अजेण्डा छन्। तिनीहरूलाई परिमार्जन गर्नुपर्नेछ। रोजगारमुलक शिक्षा हुन आवश्यक छ।’ उनले हिजोको परम्परागत चक-डस्टरको शिक्षालाई डिस्प्लेमा आधारित शिक्षण बनाउनुपर्ने बताए। उनले प्रविधिमैत्री शिक्षामा जोड दिँदै त्रिचन्द्र क्याम्पसमा सेमिनार हल, ल्याब, प्रयोगशाला नभएको बताउँदै त्यस्ता समस्या समाधानका लागि आफू स्ववियु सभापतिमा निर्वाचित हुन चाहेको बताए।

क्याम्पसलाई स्मार्ट बनाउने योजनासहित आफ्नो घोषणापत्र जारी गर्न लागेको उनको भनाइ छ। ‘२०३६ सालदेखि नेविसंघले स्ववियु जितेर के गर्‍यो?, कलेजको अवस्था कहाँ छ?,’ उनको प्रश्न छ।

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  २०:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
प्रधानमन्त्रीले आज चुनावबारे ७ राजनीतिक दलहरुसँग छलफल गर्ने छलफल आज साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने कार्कीका प्रेस संयोजक राम रावलले जानकारी दिए। मंगलबार, कात्तिक ४, २०८२
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रावधान हटाउनुपर्छ : मन्त्री पुन ‘भिसि (कुलपति) हरूसँग पनि छलफल भएको छ । विश्वविद्यालय अनुदान आयोग अन्तर्गत विश्वविद्यालयलाई कसरी राम्रो बनाउन छलफल भएका छन्,’ मन्त्र... सोमबार, कात्तिक ३, २०८२
गंगा दाहालले दिइन् प्रचण्डको सचिवालयबाट राजीनामा आफूलाई देखाएर निरन्तर बुवा प्रचण्ड र सिंगो पार्टीविरुद्ध प्रहार भएका कारणले आफूले राजीनामा दिएको गंगाले बताएकी छिन् । सोमबार, कात्तिक ३, २०८२
ताजा समाचारसबै
भारतीय अभिनेता असरानीको निधन मंगलबार, कात्तिक ४, २०८२
आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्रीले आज चुनावबारे ७ राजनीतिक दलहरुसँग छलफल गर्ने मंगलबार, कात्तिक ४, २०८२
तिहार बिदामा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने सोमबार, कात्तिक ३, २०८२
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रावधान हटाउनुपर्छ : मन्त्री पुन सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्रीले भागेको भनेका पूर्वऊर्जामन्त्री घरबाटै लाइभ सोमबार, कात्तिक ३, २०८२
प्रधानमन्त्रीले आज चुनावबारे ७ राजनीतिक दलहरुसँग छलफल गर्ने मंगलबार, कात्तिक ४, २०८२
अर्जेन्टिनालाई हराउँदै मोरोक्कोले जित्यो फिफा यु–२० विश्वकपको उपाधि सोमबार, कात्तिक ३, २०८२
आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना मंगलबार, कात्तिक ४, २०८२
आज पनि बढ्यो सुनको मूल्य सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्