• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेता उत्पादन गर्ने ‘कारखाना’ त्रिचन्द्र क्याम्पसमा को-को छन् स्ववियु सभापतिका आकांक्षी?

64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, फागुन १७, २०७९  २०:३४
1140x725

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयभन्दा पुरानो क्याम्पसको रूपमा परिचित छ, त्रिचन्द्र बहुमुखी क्याम्पस। मुलुककै जेठो क्याम्पस त्रिचन्द्रलाई नेता उत्पादन गर्ने ‘कारखाना’को रूपमा समेत चिनिन्छ।’ 

राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेर जबराले विसं. १९७५ भदौ १२ गते त्रिचन्द्र क्याम्पसको स्थापना गरेका थिए। तत्कालीन राजा त्रिभुवनले १९७६ असोज २७ गते चाँदीको ताल्चा र चाँदीकै साँचोले खोलेर उक्त क्याम्पसको उद्घाटन गरेका थिए।

यस क्याम्पसले मुलुकको बागडोर समाल्ने राजनीतिज्ञदेखि प्राध्यापक, राष्ट्रसेवक कर्मचारी लगायत उच्च ओहोदाका व्यक्ति उत्पादन गरिसकेको छ।

पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, झलनाथ खनाल यही क्याम्पसका विद्यार्थी हुन्। यही क्याम्पसले बालकृष्ण सम, सुवर्ण शमशेर, लक्ष्मीप्रसाद देवकोटा, शङ्करदेव पन्त, सहिद दशरथ चन्द, गङ्गालाल श्रेष्ठका साथै  डिल्लीरमण रेग्मी, यदुनाथ खनाल, गोपालप्रसाद रिमाल, तुलसीलाल अमात्य, विजयबहादुर मल्ल, गोविन्दबहादुर मल्ल, थिरबम मल्ल, मोहम्मद मोहसिन लगायत प्रतिभाहरूलाई दीक्षित गरायो। यो क्याम्पसले नेपाली कांग्रेसका महामन्त्री गगन थापा लगायतका राजनीतिज्ञहरू समेत जन्माएको छ।

२०३६ सालदेखि नेविसंघको एकलौटी
नेपाल विद्यार्थी संघले त्रिचन्द्र क्याम्पसको स्ववियु सभापतिमा २०३६ सालदेखि एकलौटी जित हासिल गर्दै आएको छ। त्रिचन्द्रमा २०३६ सालमा पहिलो पटक गोपीकृष्ण घिमिरे स्ववियु सभापति निर्वाचित भएका थिए।

त्यसैगरी ऋषिकेश घिमिरे (२०३८),अच्युत गौतम (२०३९), किशोर घिमिरे (२०४१), रामहरि ढुङ्गेल (२०४३), सुरेन्द्र पाण्डे (२०४५), शङ्कर भण्डारी (२०४९), किशोरसिंह राठोर (२०५१), हरि आचार्य (२०५१), गगन थापा (२०५५), सूर्यराज काफ्ले (२०५७), सरोजकुमार थापा (२०५७), दीपक भण्डारी (२०६२) र विनयराम भट्ट (२०६५) यो क्याम्पसको स्ववियु सभापति भएका छन्।

१४ वर्षपछि हुन लागेको त्रिचन्द्रको स्ववियु निर्वाचनमा यतिबेला विभिन्न विद्यार्थी संगठनबाट आकांक्षी रहेका छन्। नेविसंघ पुरानो बिरासत जोगाउन लागिपरेको छ भने अनेरास्ववियुका उम्मेदवार बिरासत भत्काउने कसरतमा छन्।

नेविस‌ंघबाट एनपी जोशीको दाबी 
नेपाल विद्यार्थी संघ त्रिचन्द्रबाट एनपी जोशीले स्ववियु सभापतिको दाबी गरिरहेका छन्। नेता जोशी भन्छन्, ‘विद्यार्थीहरूको एक मात्र प्रजातान्त्रिक संस्था नेपाल विद्यार्थी संघबाट मेरो उम्मेदवारी हुनेछ। नेविसंघको मुल आदर्श राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकतालाई सदैव शिरोपर गरी म अनवरत रूपमा लामो समयदेखि योगदान गरिरहेको छु। त्यसैले मेरो उम्मेदवारी स्वाभाविक रूपमा रहन्छ।’ आफू शैक्षिक उन्नयनका लागि आम विद्यार्थीको माझमा रहेको दाबी उनको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

उनले क्याम्पसको समग्र उन्नतिका लागि मूलभूत रूपमा अत्याधुनिक विज्ञान तथा प्रविधि विश्वविद्यालयको रूपमा अगाडि बढाउने संकल्प रहेको दाबी गरे।
विद्यार्थीमैत्री छात्रावास, स्थायी प्राध्यापकहरूका लागि आवासको कुरा अजेण्डामा रहेको उल्लेख गर्दै जोशीले समग्र क्याम्पसलाई सक्षम, सबल, आत्मनिर्भर र विश्व समुदायमा अब्बल दक्ष जनशक्ति उत्पादन गर्ने थलोको रूपमा स्थापित गर्नका लागि आफ्नो उम्मेदवारी रहने स्पष्ट पारे।

गुणस्तरीय, व्यावहारिक, रोजगारीमुलक र जीवन उपयोगी शिक्षा दिने नीति कार्यान्वयन गर्ने, अनिवार्य रूपमा अत्याधुनिक ल्याबको विकास गर्दै हरेक विद्यार्थीले अनिवार्य अनुसन्धान गर्ने थलो बनाउन आफू स्ववियु सभापतिको आकांक्षी रहेको उनले दाबी गरे।

शैक्षिक क्यालेन्डर कार्यान्वयन, क्याम्पसमा शैक्षिक मैत्री र शान्त वातावरणमा पठनपाठनको विकास, अध्ययनपश्चात् हरेक विद्यार्थीको रोजगारीको ग्यारेन्टी गर्न देशका हरेक सरकारी निकाय, निजी क्षेत्र र सबै तहका सरकारसँग समन्वय र संवाद आफ्नो अजेण्डामा समेटेको उनले बताए।

इलेक्ट्रोनिक लाइब्रेरीको व्यवस्था गर्ने, नवीन प्रविधिको प्रयोग गरी क्याम्पसका हरेक गतिविधिहरू डिजिटालाइज्ड गर्ने, विश्वविद्यालयले सञ्चालन गर्ने कक्षा, परीक्षा, नतिजा प्रकाशन लगायतका सम्पूर्ण गतिविधिलाई पूर्व निर्धारित कार्यतालिका बमोजिम विश्वसनीय र प्रभावकारी तरिकाले सञ्चालन गर्नका लागि आफ्नो उम्मेदवारी रहने जोशीको भनाइ छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेविसंघको बिरासत तोड्छौंः अध्यक्ष कँडेल
अनेरास्ववियु त्रिचन्द्र बहुमुखी क्याम्पसका अध्यक्ष सुनिल कँडेलले यस पटक नेविसंघको विरासत तोड्ने दाबी गरेका छन्। उनले अनेरास्ववियुले स्ववियु केन्द्रित गतिविधिहरूलाई तीव्र पारेको बताउँदै क्याम्पस प्रशासनको मातहतमा बनेको स्ववियु निर्वाचन समितिसँग समेत छलफल परामर्श गरेको बताए। 

कँडेलले भने, ‘चैत ५ गते हुने स्ववियु निर्वाचन भयरहित हुनुपर्छ। करिब १५ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन कुनै पनि बहानामा रोकिनु हुँदैन।’

विगत ४० वर्षदेखि नेविसंघले जित्दै आएको भए पनि उसले विद्यार्थीहरूको हकहितमा काम गर्न नसकेको आरोप उनले लगाए। नेविसंघले कलेजलाई भूतबङ्गाला जस्तो बनाएको आरोप लगाउँदै कँडेलले नेविसंघको कुनै सङ्गठन नभएको र नेविसंघको नाममा अनेक झुन्डहरू आएर तालाबन्दी गर्ने, क्याम्पस तोडफोड गर्ने गरेको बताए।

क्याम्पसको शैक्षिक र प्रशासनिक सुधारका लागि अनेरास्ववियुले जित्नु पर्ने उनको दाबी छ। अनेरास्ववियु शैक्षिक आन्दोलनको सङ्गठन भएको बताउँदै उनले अनेरास्ववियुले जितेका क्याम्पसहरू व्यवस्थित भएको दाबी गरे। उनले गुण्डागर्दी र दादागिरीका कारण त्रिचन्द्रको साख गिर्दै गएको बताए। आफ्नो सङ्गठनको प्रमुख माग भनेको ई-लाइब्रेरी, क्यालेन्डर कार्यान्वयनका साथै भौतिक सुधार रहेको बताउँदै उनले नेविसंघबाट निर्वाचित पूर्वस्ववियु सभापतिले क्याम्पसलाई दोहन गरेको आरोप लगाए।

उमेर हदका कारण क्याम्पसका अध्ययनरत विद्यार्थीहरूलाई मर्का परेको बताउँदै उनले अनेरास्ववियुले एक/दुई दिनमा उम्मेदवारको टुंगो लगाउने बताए।

सबै विद्यार्थीको साझा उम्मेदवार बन्छु: शाही 
नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका नेता विकासजंग शाहीले आफू त्रिचन्द्र क्याम्पस स्ववियु सभापतिको साझा उम्मेदवार भएको दाबी गरे। विद्यार्थीहरूका हरेक समस्यामा आफू भिजेको बताउँदै उनले यो या त्यो नभनी काम गरेका कारण साझा उम्मेदवारको रूपमा आफूलाई उभ्याउने दाबी गरे । 

विद्यार्थीका हकहितका पक्षमा आफू सदैव लामो समयदेखि अग्रस्थानमा रहेर काम गरेको बताउँदै शाहीले त्रिचन्द्र बहुमुखी क्याम्पसका आम विद्यार्थीको साझा उम्मेदवार आफू भएको बताए। 

उनले भने, ‘२०२० सालदेखि एउटै अजेण्डा छन्। तिनीहरूलाई परिमार्जन गर्नुपर्नेछ। रोजगारमुलक शिक्षा हुन आवश्यक छ।’ उनले हिजोको परम्परागत चक-डस्टरको शिक्षालाई डिस्प्लेमा आधारित शिक्षण बनाउनुपर्ने बताए। उनले प्रविधिमैत्री शिक्षामा जोड दिँदै त्रिचन्द्र क्याम्पसमा सेमिनार हल, ल्याब, प्रयोगशाला नभएको बताउँदै त्यस्ता समस्या समाधानका लागि आफू स्ववियु सभापतिमा निर्वाचित हुन चाहेको बताए।

क्याम्पसलाई स्मार्ट बनाउने योजनासहित आफ्नो घोषणापत्र जारी गर्न लागेको उनको भनाइ छ। ‘२०३६ सालदेखि नेविसंघले स्ववियु जितेर के गर्‍यो?, कलेजको अवस्था कहाँ छ?,’ उनको प्रश्न छ।

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  २०:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्