• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

त्रिविमा १४ वर्षपछि तातेको स्ववियु निर्वाचन : यस्ता छन् आंकाक्षीका अजेण्डाहरु

64x64
भूपेन्द्र शाह ठकुरी आइतबार, फागुन १४, २०७९  २०:४८
1140x725

काठमाडौं– नेपालको सबैभन्दा पुरानो विश्वविद्यालय त्रिभुवन विश्व विद्यालयमा १४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ। यतिबेला त्रिविको केन्द्रीय क्याम्पसदेखि आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचनको माहोल तात्दै गएको छ। 

२०६५ सालपछि हुन लागेको स्ववियु निर्वाचनलाई लिएर विभिन्न विद्यार्थी संठगनहरुले आफ्ना गतिविधिहरु बढाएका छन्। त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा पहिलोपटक २०१८–२०१९ मा तीर्थमान शाक्य स्ववियु सभापतिमा सर्वसम्मत निर्वाचित भएका थिए। २०६५ सालमा अनेरास्ववियु क्रान्तिकारीका हिमाल शर्मा स्ववियु सभापतिमा निर्वाचित भए। त्यस यता त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा स्ववियु निर्वाचन हुन सकेन। 

स्ववियु निर्वाचनको कार्य तालिका सार्वजनिक भएपछि त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियुका आंकाक्षीहरु बढ्दै गइरहेका छन्। विद्यार्थीहरू आ–आफ्नो पक्षमा माहोल बनाउनका लागि र आफूलाई उम्मेदवारको रूपमा घोषित गर्नका लागि विद्यार्थीसँ छलफल र परामर्शमा जुटेका छन्। विद्यार्थी संगठनले उम्मेदवारको टुंगो लगाइनसके पनि विद्यार्थी नेताहरु भने आफूलाई स्वघोषित रुपमा स्ववियु सभापतिकारुपमा विद्यार्थीमाझ परिचित गराइरहेका छन्। 

नेविसंघबाट सभापतिका लागि तछाड–मछाड 
स्ववियुको निर्वाचन नजिकिएसँगै नेपाल विद्यार्थी संघमा सभापतिका आकांक्षीहरु बढ्दै गएका छन्। नेविसंघले उम्मेद्वारहरुको टुंगो लगाइसकेको छैन। तर यता विद्यार्थी नेताहरुले भने आफूलाई उम्मेदवारका रुपमा चिनाइरहेका छन्। 

मुख्य रूपमा नेविसंघबाट योगेन्द्र रावल, विष्णु बडैला र राजेशकुमार श्रेष्ठ र पद्मा भुसालको नाम चर्चामा छ। २८ वर्षे उमेर हदका कारण नेविसंघबाट सक्रिय राजनीति गर्दै आएका केही विद्यार्थी नेताहरू यो निर्वाचनमा उम्मेदवार हुनबाट वञ्चित भएका छन्। 

नेविसंघ त्रिविका निवर्तमान सचिव योगेन्द्र रावलले त्रिविलाई शैक्षिक हबको रूपमा विकास गर्नका लागि आफ्नो उम्मेदवारी रहने दाबी गरेका छन्। उनले विगतमा व्यवस्था परिवर्तनको लागि भएका आन्दोलनमा विद्यार्थीहरु अग्रपंक्तिमा लडे पनि शैक्षिक क्षेत्रमा भने परिवर्तन नभएको उनले बताए। 

उनले भने, ‘अब विश्वविद्यालयमा शैक्षिक अवस्था परिवर्तन गरेरै छोड्ने प्रणका साथ लडिरहेका छौं। शिक्षा आम सर्वसाधारणको पहुँचमा हुन सकेन। सबैका लागि शिक्षा नारामा सीमित हुँदा विद्यार्थीहरूको भीड त्रिभुवन विश्वविद्यालयभन्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिन थाल्यो। नेपालबाट सबैभन्दा बढी पुँजी पलायन शिक्षा क्षेत्रबाट हुन थाल्यो।’

नेपालकै विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको शैक्षिक हब बनाउँदै शैक्षिक क्षेत्रबाट बाहिर जाने अर्थ रोक्नका लागि पनि आफ्नो उम्मेदवारी रहने उनले बताए। 

Ncell 2
Ncell 2

उनले विश्वविद्यालयभित्र रहेका शैक्षिक अनुसन्धान केन्द्रहरूमा विद्यार्थीको सहज पहुँच पुर्‍याउनुका साथै उच्चशिक्षामा सर्वसुलभताको ज्ञारेन्टी गराउन आफू योग्य पात्र भएको उनको भनाइ छ। विश्वविद्यालयको अस्तव्यस्त शैक्षिक क्यालेन्डर परिमार्जन आवश्यकता औंल्याउँदै उनले युग सुहाउँदो पाठ्यक्रम लागू गराउने अजेण्डालाई प्राथमिकताका साथ अघि सारेका छन्। 

साथै उनले पाठ्यक्रम सुरधार गर्दै युग सुहाउँदो रोजगारीसहितको शिक्षा प्रदान गर्नका लागि पनि स्ववियुमा आफूले नेतृत्व लिन चाहेको बताए। 

यस्तै नेविसंघबाट स्ववियु सभापतिका अर्का आकांक्षी विष्णु बडैलाले आफूलाई बलियो उम्मेदवारका रुपमा परिचित गराइएका छन्। त्रिविलाई पूर्ण आवासीय विश्वविद्यालय बनाउनका लागि आफ्नो प्रयास हुने बताए। व्यवस्थित शैक्षिक क्यालेन्डर निर्माण गरी त्यसको कार्यान्वयन र विद्यार्थी तथा प्राध्यापकहरुका लागि आवासीय व्यवस्था, आधुनिक पु्स्तकालय लगायतका विषयहरु आफ्ना अजेण्डा रहेको बडैलाले बताए। 

उनले भने, ‘कुनै पनि देशको विकास, सभ्यता र संस्कृति बुझ्न त्यहाँको विश्वविद्यालय भ्रमण गरे पुग्छ भन्ने एउटा भनाइ छ। म यो भनाइलाई कामका माध्यमबाट सावित गर्न चाहन्छु।’ उनले समयमै अध्ययन सकेर केही गर्ने सपना बोकेर दुर्गमबाट आउने विद्यार्थीहरुको भविष्य त्रिविको ढिलासुस्तीका कारण बर्बाद भइरहेकाले त्यसको सुधारका लागि पनि आफू सभापतिमा उम्मेदवार हुन चाहेको बताए। 

आन्तरिक मूल्यांकन र थेसिसका नाममा छात्रामाथि दुर्व्यवहार हुने गरेको भन्दै उनले त्यस्तो कार्यको अन्त्यका लागि पनि आफू स्ववियुको नेतृत्वमा पुग्नुपर्ने दाबी गरे। 

प्रशासनिक कार्य छिटोछरितो गराउने, सवल र सक्षम व्यक्तिलाई अध्यापनमा अवसर दिलाउने र विश्वविद्यालयका कामकारबाहीको पारदर्शीता आफ्ना मुख्य अजेण्डाहरु रहेको उनको भनाइ छ। प्राध्यापकहरुले त्रिविका विद्यार्थीलाई बेवास्ता गर्दै निजी क्याम्पसहरुमा बढी समय दिने कार्यलाई अन्त्य गर्न आफूले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए। 

यस्तै यसपटक स्ववियु सभापतिमा नेविसंघबाट आकांक्षी रहेका अर्का नेता हुन् राजेश कुमार श्रेष्ठ। उनी त्रिविलाई विश्वकै प्रख्यात विश्वविद्यालय बनाउने अभियानमा आफ्नो भूमिका रहने बताउँछन्। त्रिविमा किताबी अध्ययन मात्र नभएर अनुसन्धानमुलक अध्ययनलाई प्रभावकारी बनाउन आफ्नो उम्मेदवारी रहेको बताए। त्रिविमा नेविसंघको बाहुल्यता रहेकाले अन्य विद्यार्थी संगठनहरुबीच तालमेल नगरी एक्लै लड्नुपर्ने उनको भनाइ छ। 

यता नेकपा एमाले निकट अनेरास्ववियुबाट सभापतिका आकांक्षी हुन् क्याम्पस कमिटीका अध्यक्ष सम्भू भट्ट। विद्यार्थीका मागबारे सधैं अनेरास्ववियु सशक्त रुपमा लागेकाले यसपटक स्ववियु सभापतिका लागि आफूले सबैको साथ पाउने भट्टको दाबी छ। 

आफूले निर्वाचन जितेको खण्डमा क्याम्पसको मुहार फेरिने दाबी गरे। भौतिक संरचना सुधारका साथै अध्यापनका समस्याहरु समाधानका लागि आफूले पहल गर्ने उनको भनाइ छ। विभिन्न बाहनामा संगठनहरुले तालाबन्दी गरेर विपन्न विद्यार्थीको भविष्यमाथि खेलवाड गरेकाले त्यस्ता खालका क्रियाकलाप अन्त्य गर्नु नै आफ्नो मुख्य अजेण्डा रहेको भट्ट बताउँछन्। 

उनले त्रिवि देशकै जेठो विश्वविद्यालय भएको बताउँदै यसलाई देशको थिङ्ट्यांकको रुपमा विकास गरेर लैजानुपर्ने आफ्नो संगठनको मुख्य अजेण्डा रहेको जानकारी दिए। यस्तै अहिले विद्यमान नतिजा प्रकाशनको ढिलाईको समस्या समाधानका लागि पनि आफूले जित्नुपर्ने भट्टको जिकिर छ।

अहिले बल्खुबाट मात्र वितिरण हुने ट्रान्सक्रिप्ट अनेरास्ववियुले जितेपछि सातै प्रदेशबाट सहजै निकाल्न सक्ने वातावरण बनाउने आफूहरुको पहल हुने उनले बताए। 

माओवादी निकट अनेरास्ववियु क्रान्तिकारी पनि स्ववियु निर्वाचनका लागि तयार भइसकेको छ। क्रान्तिकारीका तर्फबाट सभापतिका लागि प्रमुख आकांक्षी हुन् क्याम्पस कमिटीका अध्यक्ष प्रदीप भट्ट। विश्वविद्यालयको शैक्षिक रुपान्तरका लागि सभापतिका लागि आफ्नो उम्मेदवारी रहने उनले बताए। 

उनले पुरानै संरचनामा भएकाले शैक्षिक सुधारका लागि संरचना नै बदल्नुपर्ने बताए। साथै उनले त्रिवि ऐन २०४९ संशोधनका लागि पनि माग अघि सारेका छन्। विद्यार्थी, प्रशासन र प्राध्यापकबीच पुलको काम आफ्नो संगठनले गरिरहेकाले आगामी दिनमा त्यसलाई निरन्तरता दिनका लागि पनि आफूले जित्नुपर्ने उनको भनाइ छ। 

यस्तै आधारभूत रुपमै तयार नभएको सेमेस्ट प्रणालीलाई मूर्तरुप दिनका लागि संरचनाको विकास, नीतिगत समाधान र विद्यार्थीमाँझ जनताको विश्वविद्यालय भएको आभाश गराउनका लागि आफ्नो उम्मेवारी रहेको भट्टले दाबी गरे। 

यतिबेला आफूहरु विद्यार्थीका समस्या सुन्नका लागि हरेक संकायका विद्यार्थीहरुमाँझ अन्तरक्रिया गरिरहेकाले आउने गुनासोका आधारमा प्रतिवेदन बनाउने तयारीमा रहेको उनी बताउँछन्।

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  २०:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
जसपाबाट टिकट नपाएपछि पूर्वमन्त्री यादव एमाले प्रवेश एमाले अध्यक्ष केपी शर्मा ओलीले यादवलाई खादा लगाइदिँदै पार्टीमा स्वागत गरेका थिए । यादवसँगै वीरगन्जका मेयर राजेशमान सिंह सहितका कार्य... सोमबार, माघ ५, २०८२
जानकी मन्दिरको आरतीमा पुगे बालेन र अमरेश, लहानको शहीद पार्कमा बिहान ८ बजे पुग्दै मन्दिरमा नियमित हुने बिहानी आरतीमा सहभागी हुन बालेन त्यहाँ पुगेका हुन्। सोमबार, माघ ५, २०८२
काठमाडौँका ६ निर्वाचन क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँका १० मध्ये ६ वटा निर्वाचन क्षेत्रमा आफ्न... आइतबार, माघ ४, २०८२
ताजा समाचारसबै
जसपाबाट टिकट नपाएपछि पूर्वमन्त्री यादव एमाले प्रवेश सोमबार, माघ ५, २०८२
जानकी मन्दिरको आरतीमा पुगे बालेन र अमरेश, लहानको शहीद पार्कमा बिहान ८ बजे पुग्दै सोमबार, माघ ५, २०८२
आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै सोमबार, माघ ५, २०८२
काठमाडौँका ६ निर्वाचन क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार आइतबार, माघ ४, २०८२
स्वागत नेपाल राप्रपा प्रवेश, झापा-२ बाट चुनाव लड्ने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्