• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

त्रिविमा १४ वर्षपछि तातेको स्ववियु निर्वाचन : यस्ता छन् आंकाक्षीका अजेण्डाहरु

64x64
भूपेन्द्र शाह ठकुरी आइतबार, फागुन १४, २०७९  २०:४८
1140x725

काठमाडौं– नेपालको सबैभन्दा पुरानो विश्वविद्यालय त्रिभुवन विश्व विद्यालयमा १४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ। यतिबेला त्रिविको केन्द्रीय क्याम्पसदेखि आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचनको माहोल तात्दै गएको छ। 

२०६५ सालपछि हुन लागेको स्ववियु निर्वाचनलाई लिएर विभिन्न विद्यार्थी संठगनहरुले आफ्ना गतिविधिहरु बढाएका छन्। त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा पहिलोपटक २०१८–२०१९ मा तीर्थमान शाक्य स्ववियु सभापतिमा सर्वसम्मत निर्वाचित भएका थिए। २०६५ सालमा अनेरास्ववियु क्रान्तिकारीका हिमाल शर्मा स्ववियु सभापतिमा निर्वाचित भए। त्यस यता त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा स्ववियु निर्वाचन हुन सकेन। 

स्ववियु निर्वाचनको कार्य तालिका सार्वजनिक भएपछि त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियुका आंकाक्षीहरु बढ्दै गइरहेका छन्। विद्यार्थीहरू आ–आफ्नो पक्षमा माहोल बनाउनका लागि र आफूलाई उम्मेदवारको रूपमा घोषित गर्नका लागि विद्यार्थीसँ छलफल र परामर्शमा जुटेका छन्। विद्यार्थी संगठनले उम्मेदवारको टुंगो लगाइनसके पनि विद्यार्थी नेताहरु भने आफूलाई स्वघोषित रुपमा स्ववियु सभापतिकारुपमा विद्यार्थीमाझ परिचित गराइरहेका छन्। 

नेविसंघबाट सभापतिका लागि तछाड–मछाड 
स्ववियुको निर्वाचन नजिकिएसँगै नेपाल विद्यार्थी संघमा सभापतिका आकांक्षीहरु बढ्दै गएका छन्। नेविसंघले उम्मेद्वारहरुको टुंगो लगाइसकेको छैन। तर यता विद्यार्थी नेताहरुले भने आफूलाई उम्मेदवारका रुपमा चिनाइरहेका छन्। 

मुख्य रूपमा नेविसंघबाट योगेन्द्र रावल, विष्णु बडैला र राजेशकुमार श्रेष्ठ र पद्मा भुसालको नाम चर्चामा छ। २८ वर्षे उमेर हदका कारण नेविसंघबाट सक्रिय राजनीति गर्दै आएका केही विद्यार्थी नेताहरू यो निर्वाचनमा उम्मेदवार हुनबाट वञ्चित भएका छन्। 

नेविसंघ त्रिविका निवर्तमान सचिव योगेन्द्र रावलले त्रिविलाई शैक्षिक हबको रूपमा विकास गर्नका लागि आफ्नो उम्मेदवारी रहने दाबी गरेका छन्। उनले विगतमा व्यवस्था परिवर्तनको लागि भएका आन्दोलनमा विद्यार्थीहरु अग्रपंक्तिमा लडे पनि शैक्षिक क्षेत्रमा भने परिवर्तन नभएको उनले बताए। 

उनले भने, ‘अब विश्वविद्यालयमा शैक्षिक अवस्था परिवर्तन गरेरै छोड्ने प्रणका साथ लडिरहेका छौं। शिक्षा आम सर्वसाधारणको पहुँचमा हुन सकेन। सबैका लागि शिक्षा नारामा सीमित हुँदा विद्यार्थीहरूको भीड त्रिभुवन विश्वविद्यालयभन्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिन थाल्यो। नेपालबाट सबैभन्दा बढी पुँजी पलायन शिक्षा क्षेत्रबाट हुन थाल्यो।’

नेपालकै विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको शैक्षिक हब बनाउँदै शैक्षिक क्षेत्रबाट बाहिर जाने अर्थ रोक्नका लागि पनि आफ्नो उम्मेदवारी रहने उनले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

उनले विश्वविद्यालयभित्र रहेका शैक्षिक अनुसन्धान केन्द्रहरूमा विद्यार्थीको सहज पहुँच पुर्‍याउनुका साथै उच्चशिक्षामा सर्वसुलभताको ज्ञारेन्टी गराउन आफू योग्य पात्र भएको उनको भनाइ छ। विश्वविद्यालयको अस्तव्यस्त शैक्षिक क्यालेन्डर परिमार्जन आवश्यकता औंल्याउँदै उनले युग सुहाउँदो पाठ्यक्रम लागू गराउने अजेण्डालाई प्राथमिकताका साथ अघि सारेका छन्। 

साथै उनले पाठ्यक्रम सुरधार गर्दै युग सुहाउँदो रोजगारीसहितको शिक्षा प्रदान गर्नका लागि पनि स्ववियुमा आफूले नेतृत्व लिन चाहेको बताए। 

यस्तै नेविसंघबाट स्ववियु सभापतिका अर्का आकांक्षी विष्णु बडैलाले आफूलाई बलियो उम्मेदवारका रुपमा परिचित गराइएका छन्। त्रिविलाई पूर्ण आवासीय विश्वविद्यालय बनाउनका लागि आफ्नो प्रयास हुने बताए। व्यवस्थित शैक्षिक क्यालेन्डर निर्माण गरी त्यसको कार्यान्वयन र विद्यार्थी तथा प्राध्यापकहरुका लागि आवासीय व्यवस्था, आधुनिक पु्स्तकालय लगायतका विषयहरु आफ्ना अजेण्डा रहेको बडैलाले बताए। 

उनले भने, ‘कुनै पनि देशको विकास, सभ्यता र संस्कृति बुझ्न त्यहाँको विश्वविद्यालय भ्रमण गरे पुग्छ भन्ने एउटा भनाइ छ। म यो भनाइलाई कामका माध्यमबाट सावित गर्न चाहन्छु।’ उनले समयमै अध्ययन सकेर केही गर्ने सपना बोकेर दुर्गमबाट आउने विद्यार्थीहरुको भविष्य त्रिविको ढिलासुस्तीका कारण बर्बाद भइरहेकाले त्यसको सुधारका लागि पनि आफू सभापतिमा उम्मेदवार हुन चाहेको बताए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आन्तरिक मूल्यांकन र थेसिसका नाममा छात्रामाथि दुर्व्यवहार हुने गरेको भन्दै उनले त्यस्तो कार्यको अन्त्यका लागि पनि आफू स्ववियुको नेतृत्वमा पुग्नुपर्ने दाबी गरे। 

प्रशासनिक कार्य छिटोछरितो गराउने, सवल र सक्षम व्यक्तिलाई अध्यापनमा अवसर दिलाउने र विश्वविद्यालयका कामकारबाहीको पारदर्शीता आफ्ना मुख्य अजेण्डाहरु रहेको उनको भनाइ छ। प्राध्यापकहरुले त्रिविका विद्यार्थीलाई बेवास्ता गर्दै निजी क्याम्पसहरुमा बढी समय दिने कार्यलाई अन्त्य गर्न आफूले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए। 

यस्तै यसपटक स्ववियु सभापतिमा नेविसंघबाट आकांक्षी रहेका अर्का नेता हुन् राजेश कुमार श्रेष्ठ। उनी त्रिविलाई विश्वकै प्रख्यात विश्वविद्यालय बनाउने अभियानमा आफ्नो भूमिका रहने बताउँछन्। त्रिविमा किताबी अध्ययन मात्र नभएर अनुसन्धानमुलक अध्ययनलाई प्रभावकारी बनाउन आफ्नो उम्मेदवारी रहेको बताए। त्रिविमा नेविसंघको बाहुल्यता रहेकाले अन्य विद्यार्थी संगठनहरुबीच तालमेल नगरी एक्लै लड्नुपर्ने उनको भनाइ छ। 

यता नेकपा एमाले निकट अनेरास्ववियुबाट सभापतिका आकांक्षी हुन् क्याम्पस कमिटीका अध्यक्ष सम्भू भट्ट। विद्यार्थीका मागबारे सधैं अनेरास्ववियु सशक्त रुपमा लागेकाले यसपटक स्ववियु सभापतिका लागि आफूले सबैको साथ पाउने भट्टको दाबी छ। 

आफूले निर्वाचन जितेको खण्डमा क्याम्पसको मुहार फेरिने दाबी गरे। भौतिक संरचना सुधारका साथै अध्यापनका समस्याहरु समाधानका लागि आफूले पहल गर्ने उनको भनाइ छ। विभिन्न बाहनामा संगठनहरुले तालाबन्दी गरेर विपन्न विद्यार्थीको भविष्यमाथि खेलवाड गरेकाले त्यस्ता खालका क्रियाकलाप अन्त्य गर्नु नै आफ्नो मुख्य अजेण्डा रहेको भट्ट बताउँछन्। 

उनले त्रिवि देशकै जेठो विश्वविद्यालय भएको बताउँदै यसलाई देशको थिङ्ट्यांकको रुपमा विकास गरेर लैजानुपर्ने आफ्नो संगठनको मुख्य अजेण्डा रहेको जानकारी दिए। यस्तै अहिले विद्यमान नतिजा प्रकाशनको ढिलाईको समस्या समाधानका लागि पनि आफूले जित्नुपर्ने भट्टको जिकिर छ।

अहिले बल्खुबाट मात्र वितिरण हुने ट्रान्सक्रिप्ट अनेरास्ववियुले जितेपछि सातै प्रदेशबाट सहजै निकाल्न सक्ने वातावरण बनाउने आफूहरुको पहल हुने उनले बताए। 

माओवादी निकट अनेरास्ववियु क्रान्तिकारी पनि स्ववियु निर्वाचनका लागि तयार भइसकेको छ। क्रान्तिकारीका तर्फबाट सभापतिका लागि प्रमुख आकांक्षी हुन् क्याम्पस कमिटीका अध्यक्ष प्रदीप भट्ट। विश्वविद्यालयको शैक्षिक रुपान्तरका लागि सभापतिका लागि आफ्नो उम्मेदवारी रहने उनले बताए। 

उनले पुरानै संरचनामा भएकाले शैक्षिक सुधारका लागि संरचना नै बदल्नुपर्ने बताए। साथै उनले त्रिवि ऐन २०४९ संशोधनका लागि पनि माग अघि सारेका छन्। विद्यार्थी, प्रशासन र प्राध्यापकबीच पुलको काम आफ्नो संगठनले गरिरहेकाले आगामी दिनमा त्यसलाई निरन्तरता दिनका लागि पनि आफूले जित्नुपर्ने उनको भनाइ छ। 

यस्तै आधारभूत रुपमै तयार नभएको सेमेस्ट प्रणालीलाई मूर्तरुप दिनका लागि संरचनाको विकास, नीतिगत समाधान र विद्यार्थीमाँझ जनताको विश्वविद्यालय भएको आभाश गराउनका लागि आफ्नो उम्मेवारी रहेको भट्टले दाबी गरे। 

यतिबेला आफूहरु विद्यार्थीका समस्या सुन्नका लागि हरेक संकायका विद्यार्थीहरुमाँझ अन्तरक्रिया गरिरहेकाले आउने गुनासोका आधारमा प्रतिवेदन बनाउने तयारीमा रहेको उनी बताउँछन्।

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  २०:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्