• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
आरआर स्ववियु निर्वाचन:

३६ वर्षदेखिको बिरासत जोगाउने कसरतमा अनेरास्ववियु, समाजवादीको आसमा नेविसंघ

64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, फागुन १०, २०७९  १८:११
1140x725

काठमाडौँ- रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पस विद्यार्थी राजनीतिका कारण सधैं चर्चामा रहन्छ। सामान्य अवस्थामा समेत चर्को राजनीति हुने प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा यतिबेला स्ववियुको निर्वाचनको माहोल राम्रैसँग तातेको छ। आगामी चैत ५ हुने निर्वाचनको कार्यतालिका यही फागुन १९ गतेदेखि लागू हुने गरी सार्वजनिक भइसकेको छ।

त्रिभुवन विश्वविद्यालयले कार्यतालिका सार्वजनिक गरेसँगै विद्यार्थी सङ्गठनहरू बिहानदेखि साँझ अबेरसम्म क्याम्पस परिसरमा स्ववियु निर्वाचनकै चर्चा/परिचर्चा गरिरहेका भेटिन्छन्।

२०३६ सालदेखिको बिरासत जोगाउने कसरतमा अनेरास्ववियु
आरआर क्याम्पसमा २०३६ सालमा पहिलो पटक अनेरास्ववियुका केशवबहादुर खत्रीले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव जितेका थिए।

त्रिवि अन्तर्गत ६२ वटा आङ्गिक क्याम्पस छन्। जसमध्ये १ हजार ४० क्याम्पसले त्रिविको सम्बन्धन प्राप्त गरेका छन्। त्रिविले २०६५ सालपछि अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन गर्न नसकिरहेको अवस्थामा पनि २०७३ सालमा आरआर क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको थियो। २०७३ सालको निर्वाचनमा अनेरास्ववियुका तर्फबाट तपेन्द्र शाही सभापति निर्वाचित भएका थिए।

अनेरास्ववियुको अखडा मानिएको आरआर क्याम्पसमा अहिले पनि आफूहरुले नै जित्ने अनेरास्ववियु आरआर क्याम्पसका संयोजक लोकेश खड्का बताउँछन्। उनी भन्छन्, ‘अनेरास्ववियु स्ववियु निर्वाचन केन्द्रित भइसकेको छ। नियमित स्ववियुको कार्यालयमा छलफल समेत गरिरहेका छौँ। आरआर क्याम्पसमा कसरी स्ववियु निर्वाचन सम्पन्न गर्ने, २०३६ सालदेखिको जित यथावत् राख्नेबारे छलफल गरिरहेका छौँ।’     

रत्नराज्य लक्ष्मी क्याम्पसमा आफ्नो किल्ला कायम राख्ने गरी कसरतमा जुटेको खड्काले बताए। उनले भने, ‘विद्यार्थीका हरेक समस्या समाधान गर्न हामी अग्रणी भूमिका निर्वाह गर्दै आइरहेका छौँ।’

उनले क्याम्पसको शैक्षिक सुधारका साथै भौतिक पूर्वाधार सुधार गर्नुपर्ने आवश्यकता औँल्याए। पठनपाठन प्रोजेक्ट वर्कमार्फत हुनुपर्नेमा जोड दिँदै उनले विद्यार्थीको पक्षमा वकालत गर्दै आएको दावी गरे।

क्याम्पस प्रशासन, प्राध्यापकका साथै विद्यार्थीहरुबीच सुमधुर सम्बन्ध बनाउनका लागि अनेरास्ववियुले स्ववियु जित्नु पर्ने उनको भनाइ छ। प्रविधिमैत्री शिक्षा, अपाङ्गमैत्री पूर्वाधार वातावरण बनाउनतर्फ अनेरास्ववियु लागिपरेको खड्काको दावी छ।

Ncell 2
Ncell 2
nimb
nimb

नेविस‌ंघलाई नेकपा एस निकट विद्यार्थी संगठनको आस
नेपाल विद्यार्थी संघ स्ववियु निर्वाचनमा माधवकुमार नेपाल निकट विद्यार्थी सङ्गठन अनेरास्वयुको साथको आसमा अघि बढेको देखिन्छ। अनेरास्ववियुको विरासत भत्काउनका लागि अन्य विद्यार्थी सङ्गठनहरूसँग समेत तालमेल बनाएर अघि बढ्ने रणनीतिमा नेविसंघ देखिएको छ। 

क्याम्पसमा अनेरास्ववियुले प्रत्यक्ष राजनीतिका कारण गुण्डागर्दी मौलाएको, विद्यार्थीहरू सुरक्षित नभएको र फरक विद्यार्थी सङ्गठनहरूमा आस्थावान विद्यार्थीहरूमाथि बारम्बार हमला हुने गरेकोले अन्य विद्यार्थी सङ्गठनहरूसँग तालमेल गरेर भए पनि अनेरास्ववियुलाई पराजित गर्नु पर्ने रणनीतिमा नेविसंघ देखिएको छ। 

नेविसंघ आरआर क्याम्पसमा पनि गुटगत राजनीति भने प्रष्ट देखिन्छ। नेविस‌ंघबाट अनुराग शाह र विनोदराज जोशी सभापतिको चर्चामा छन्। 

नेविसंघ आरआर क्याम्पसका सचिव शाहले स्ववियु निर्वाचनका लागि नेविसंघ पूर्ण रूपमा तयार रहेको बताए। उनले नेविसंघले स्ववियु निर्वाचनका लागि विभिन्न समिति,उपसमिति बनाएको जानकारी दिए। उनले आफू स्वतन्त्र विद्यार्थी युनियनको सभापतिका लागि वर्षौंदेखि नेविसंघ भनेर खटिइरहेका विद्यार्थीहरूसँग छलफल गरिरहेको बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

शाहले गुट–उपगुटका कारण आरआर क्याम्पसमा पनि असर पर्ने बताउँदै टिकट वितरण प्रक्रियामा केन्द्रले एउटा संयन्त्र बनाएर जाने विश्वास उनको छ। शाहले भने, ‘केन्द्रले टुङ्ग्याएको आधिकारिक उम्मेदवार जो हुन्छ उसलाई सघाएर सर्वसम्मत तरिकाले अघि बढ्नुको विकल्प छैन। स्वतन्त्र रूपमा उम्मेदवारी दिन चाहने कुनै व्यक्ति सङ्गठनको आधिकारिक हुँदैन। तर नेपाल विद्यार्थी सङ्घकै नाममा राजनीति गर्ने र सङ्घमै आबद्ध भएर बसेर स्वतन्त्र गतिविधि गर्न वर्जित हुन्छ।’

शाहले २०३६ सालदेखि अनेरास्ववियुले निरन्तर स्ववियु जितेको भए पनि अझै कक्षा कोठा व्यवस्थापन नभएको बताए। पढौँ-पढौँ लाग्ने वातावरण सिर्जना गर्न, लाइब्रेरीको क्षमता बढाउन, क्याम्पस भित्र हुने आर्थिक अनियमिततालाई रोक्न र छात्रवृत्ति लागू गर्नका लागि आफ्नो उम्मेदवारी रहने बताए।

उनले शैक्षिक गुणस्तर उकास्नु पर्ने आवश्यकता औँल्याए। उनले दलीय आस्थाका रूपमा हुने कर्मचारी नियुक्ति गर्ने परिपाटीको अन्त्य गर्ने लगायतका अजेण्डाका साथ अघि बढ्ने बताए। क्याम्पसमा हुने अराजकता, खुकुरी प्रदर्शन जस्ता गुण्डागर्दी अन्त्य गरी क्याम्पसलाई शान्तिपूर्ण बनाउनतर्फ नेविसंघ लागिपरेको शाहको दावी छ।

घोषणापत्र लेख्दै अखिल क्रान्तिकारी 
अखिल क्रान्तिकारी आरआर क्याम्पस कमिटी स्ववियु निर्वाचन हुने/नहुने भन्ने कुरामा अझै सशंकित देखिएको छ। तथापि, स्ववियु निर्वाचनका लागि घोषणापत्र तयारीको काम भने गरिरहेको छ।

अखिल क्रान्तिकारी आरआर क्याम्पसका इन्चार्ज मीनराज पाण्डेले भने, ‘स्ववियु साझा संस्था हो। यसलाई हामी सबैले जोगाउनु पर्छ।’ उनले आफू अनेरास्ववियु क्रान्तिकारीबाट सभापतिको उम्मेदवार भएको उल्लेख गर्दै इन्चार्ज भएका कारण पनि उम्मेदवारको स्वतः आंकाक्षी भएको दावी गरे।

घोषणापत्र लेखनको कार्य जारी रहेको र प्रकाशन गर्न बाँकी रहेको बताउँदै पाण्डेले युवा र विद्यार्थीका अजेण्डाबारे छलफल भएको बताए। उनले रोजगारमूलक शिक्षा, पार्टटाइम जबका साथै विद्यार्थीलाई उत्पादनसँग जोड्ने शिक्षाबारेका अजेण्डाहरु समेटिएको बताए।

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १८:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्