• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
आरआर स्ववियु निर्वाचन:

३६ वर्षदेखिको बिरासत जोगाउने कसरतमा अनेरास्ववियु, समाजवादीको आसमा नेविसंघ

64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, फागुन १०, २०७९  १८:११
1140x725

काठमाडौँ- रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पस विद्यार्थी राजनीतिका कारण सधैं चर्चामा रहन्छ। सामान्य अवस्थामा समेत चर्को राजनीति हुने प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा यतिबेला स्ववियुको निर्वाचनको माहोल राम्रैसँग तातेको छ। आगामी चैत ५ हुने निर्वाचनको कार्यतालिका यही फागुन १९ गतेदेखि लागू हुने गरी सार्वजनिक भइसकेको छ।

त्रिभुवन विश्वविद्यालयले कार्यतालिका सार्वजनिक गरेसँगै विद्यार्थी सङ्गठनहरू बिहानदेखि साँझ अबेरसम्म क्याम्पस परिसरमा स्ववियु निर्वाचनकै चर्चा/परिचर्चा गरिरहेका भेटिन्छन्।

२०३६ सालदेखिको बिरासत जोगाउने कसरतमा अनेरास्ववियु
आरआर क्याम्पसमा २०३६ सालमा पहिलो पटक अनेरास्ववियुका केशवबहादुर खत्रीले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव जितेका थिए।

त्रिवि अन्तर्गत ६२ वटा आङ्गिक क्याम्पस छन्। जसमध्ये १ हजार ४० क्याम्पसले त्रिविको सम्बन्धन प्राप्त गरेका छन्। त्रिविले २०६५ सालपछि अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन गर्न नसकिरहेको अवस्थामा पनि २०७३ सालमा आरआर क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको थियो। २०७३ सालको निर्वाचनमा अनेरास्ववियुका तर्फबाट तपेन्द्र शाही सभापति निर्वाचित भएका थिए।

अनेरास्ववियुको अखडा मानिएको आरआर क्याम्पसमा अहिले पनि आफूहरुले नै जित्ने अनेरास्ववियु आरआर क्याम्पसका संयोजक लोकेश खड्का बताउँछन्। उनी भन्छन्, ‘अनेरास्ववियु स्ववियु निर्वाचन केन्द्रित भइसकेको छ। नियमित स्ववियुको कार्यालयमा छलफल समेत गरिरहेका छौँ। आरआर क्याम्पसमा कसरी स्ववियु निर्वाचन सम्पन्न गर्ने, २०३६ सालदेखिको जित यथावत् राख्नेबारे छलफल गरिरहेका छौँ।’     

रत्नराज्य लक्ष्मी क्याम्पसमा आफ्नो किल्ला कायम राख्ने गरी कसरतमा जुटेको खड्काले बताए। उनले भने, ‘विद्यार्थीका हरेक समस्या समाधान गर्न हामी अग्रणी भूमिका निर्वाह गर्दै आइरहेका छौँ।’

उनले क्याम्पसको शैक्षिक सुधारका साथै भौतिक पूर्वाधार सुधार गर्नुपर्ने आवश्यकता औँल्याए। पठनपाठन प्रोजेक्ट वर्कमार्फत हुनुपर्नेमा जोड दिँदै उनले विद्यार्थीको पक्षमा वकालत गर्दै आएको दावी गरे।

क्याम्पस प्रशासन, प्राध्यापकका साथै विद्यार्थीहरुबीच सुमधुर सम्बन्ध बनाउनका लागि अनेरास्ववियुले स्ववियु जित्नु पर्ने उनको भनाइ छ। प्रविधिमैत्री शिक्षा, अपाङ्गमैत्री पूर्वाधार वातावरण बनाउनतर्फ अनेरास्ववियु लागिपरेको खड्काको दावी छ।

Ncell 2
Ncell 2

नेविस‌ंघलाई नेकपा एस निकट विद्यार्थी संगठनको आस
नेपाल विद्यार्थी संघ स्ववियु निर्वाचनमा माधवकुमार नेपाल निकट विद्यार्थी सङ्गठन अनेरास्वयुको साथको आसमा अघि बढेको देखिन्छ। अनेरास्ववियुको विरासत भत्काउनका लागि अन्य विद्यार्थी सङ्गठनहरूसँग समेत तालमेल बनाएर अघि बढ्ने रणनीतिमा नेविसंघ देखिएको छ। 

क्याम्पसमा अनेरास्ववियुले प्रत्यक्ष राजनीतिका कारण गुण्डागर्दी मौलाएको, विद्यार्थीहरू सुरक्षित नभएको र फरक विद्यार्थी सङ्गठनहरूमा आस्थावान विद्यार्थीहरूमाथि बारम्बार हमला हुने गरेकोले अन्य विद्यार्थी सङ्गठनहरूसँग तालमेल गरेर भए पनि अनेरास्ववियुलाई पराजित गर्नु पर्ने रणनीतिमा नेविसंघ देखिएको छ। 

नेविसंघ आरआर क्याम्पसमा पनि गुटगत राजनीति भने प्रष्ट देखिन्छ। नेविस‌ंघबाट अनुराग शाह र विनोदराज जोशी सभापतिको चर्चामा छन्। 

नेविसंघ आरआर क्याम्पसका सचिव शाहले स्ववियु निर्वाचनका लागि नेविसंघ पूर्ण रूपमा तयार रहेको बताए। उनले नेविसंघले स्ववियु निर्वाचनका लागि विभिन्न समिति,उपसमिति बनाएको जानकारी दिए। उनले आफू स्वतन्त्र विद्यार्थी युनियनको सभापतिका लागि वर्षौंदेखि नेविसंघ भनेर खटिइरहेका विद्यार्थीहरूसँग छलफल गरिरहेको बताए।

शाहले गुट–उपगुटका कारण आरआर क्याम्पसमा पनि असर पर्ने बताउँदै टिकट वितरण प्रक्रियामा केन्द्रले एउटा संयन्त्र बनाएर जाने विश्वास उनको छ। शाहले भने, ‘केन्द्रले टुङ्ग्याएको आधिकारिक उम्मेदवार जो हुन्छ उसलाई सघाएर सर्वसम्मत तरिकाले अघि बढ्नुको विकल्प छैन। स्वतन्त्र रूपमा उम्मेदवारी दिन चाहने कुनै व्यक्ति सङ्गठनको आधिकारिक हुँदैन। तर नेपाल विद्यार्थी सङ्घकै नाममा राजनीति गर्ने र सङ्घमै आबद्ध भएर बसेर स्वतन्त्र गतिविधि गर्न वर्जित हुन्छ।’

शाहले २०३६ सालदेखि अनेरास्ववियुले निरन्तर स्ववियु जितेको भए पनि अझै कक्षा कोठा व्यवस्थापन नभएको बताए। पढौँ-पढौँ लाग्ने वातावरण सिर्जना गर्न, लाइब्रेरीको क्षमता बढाउन, क्याम्पस भित्र हुने आर्थिक अनियमिततालाई रोक्न र छात्रवृत्ति लागू गर्नका लागि आफ्नो उम्मेदवारी रहने बताए।

उनले शैक्षिक गुणस्तर उकास्नु पर्ने आवश्यकता औँल्याए। उनले दलीय आस्थाका रूपमा हुने कर्मचारी नियुक्ति गर्ने परिपाटीको अन्त्य गर्ने लगायतका अजेण्डाका साथ अघि बढ्ने बताए। क्याम्पसमा हुने अराजकता, खुकुरी प्रदर्शन जस्ता गुण्डागर्दी अन्त्य गरी क्याम्पसलाई शान्तिपूर्ण बनाउनतर्फ नेविसंघ लागिपरेको शाहको दावी छ।

घोषणापत्र लेख्दै अखिल क्रान्तिकारी 
अखिल क्रान्तिकारी आरआर क्याम्पस कमिटी स्ववियु निर्वाचन हुने/नहुने भन्ने कुरामा अझै सशंकित देखिएको छ। तथापि, स्ववियु निर्वाचनका लागि घोषणापत्र तयारीको काम भने गरिरहेको छ।

अखिल क्रान्तिकारी आरआर क्याम्पसका इन्चार्ज मीनराज पाण्डेले भने, ‘स्ववियु साझा संस्था हो। यसलाई हामी सबैले जोगाउनु पर्छ।’ उनले आफू अनेरास्ववियु क्रान्तिकारीबाट सभापतिको उम्मेदवार भएको उल्लेख गर्दै इन्चार्ज भएका कारण पनि उम्मेदवारको स्वतः आंकाक्षी भएको दावी गरे।

घोषणापत्र लेखनको कार्य जारी रहेको र प्रकाशन गर्न बाँकी रहेको बताउँदै पाण्डेले युवा र विद्यार्थीका अजेण्डाबारे छलफल भएको बताए। उनले रोजगारमूलक शिक्षा, पार्टटाइम जबका साथै विद्यार्थीलाई उत्पादनसँग जोड्ने शिक्षाबारेका अजेण्डाहरु समेटिएको बताए।

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १८:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
जसपाबाट टिकट नपाएपछि पूर्वमन्त्री यादव एमाले प्रवेश एमाले अध्यक्ष केपी शर्मा ओलीले यादवलाई खादा लगाइदिँदै पार्टीमा स्वागत गरेका थिए । यादवसँगै वीरगन्जका मेयर राजेशमान सिंह सहितका कार्य... सोमबार, माघ ५, २०८२
जानकी मन्दिरको आरतीमा पुगे बालेन र अमरेश, लहानको शहीद पार्कमा बिहान ८ बजे पुग्दै मन्दिरमा नियमित हुने बिहानी आरतीमा सहभागी हुन बालेन त्यहाँ पुगेका हुन्। सोमबार, माघ ५, २०८२
काठमाडौँका ६ निर्वाचन क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँका १० मध्ये ६ वटा निर्वाचन क्षेत्रमा आफ्न... आइतबार, माघ ४, २०८२
ताजा समाचारसबै
जसपाबाट टिकट नपाएपछि पूर्वमन्त्री यादव एमाले प्रवेश सोमबार, माघ ५, २०८२
जानकी मन्दिरको आरतीमा पुगे बालेन र अमरेश, लहानको शहीद पार्कमा बिहान ८ बजे पुग्दै सोमबार, माघ ५, २०८२
आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै सोमबार, माघ ५, २०८२
काठमाडौँका ६ निर्वाचन क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार आइतबार, माघ ४, २०८२
स्वागत नेपाल राप्रपा प्रवेश, झापा-२ बाट चुनाव लड्ने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्