काठमाडौं– विन्ध्यबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीलाई पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ।
जिल्ला अदालत काठमाडौंले आजै पक्राउ परेका रेग्मीलाई अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिएको हो। नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।
थाइल्याण्डबाट नेपाल आउँदै गरेका बेला उनलाई विमानस्थलबाटै पक्राउ गरिएको हो। गायक प्रमोद खरेलसहित ४ जना कलाकारले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो।
उनीविरुद्ध सामाजिक सञ्जालमामार्फत् विभिन्न कलाकारहरुलाई अपशब्द प्रयोग गर्दै लाञ्छना लगाउने गरेको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।