सुनसरी– सुनसरीको इनरुवामा पहिलो इनरुवा उत्सव तथा प्रदेश १ स्तरीय चलचित्र महोत्सव सुरु भएको छ।
प्रदेश १ का संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले इनरुवा उत्सव तथा प्रदेश १ स्तरीय चलचित्र महोत्सवको उद्घाटन गरेका हुन्।
फागुन १७ गतेसम्म चल्ने महोत्सव इनरुवा नगरपालिकाको संयोजनमा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले आयोजना गरेको हो।
उद्घाटन कार्यक्रममा इनरुवामा योगदान पुर्याउने विभिन्न विधातर्फ उत्कृष्ट व्यक्तिहरुलाई सम्मान गरिएको छ। चलचित्र प्रदेशमा नै नभइरहेको अवस्थामा इनरुवामा जमर्को गरी प्रदेश स्तरीय चलचित्र महोत्सव गर्ने क्रममा विविध विधा र कार्यक्रसँगै आयोजनामा ल्याइएको बताइएको छ।
आयोजकका अनुसार महोत्सवमा प्रदेश १ मा निर्माण गरिएका दुई दर्जन छोटा तथा लामा चलचित्र प्रदर्शन गरिनेछ। उत्सव तथा महोत्सवका अन्य कार्यक्रमहरुमा जातिय पहिरन प्रदर्शन, बेहुली सुन्दरी प्रतियोगिता, बेबी फेन्सी लगायतका प्रतियोगितासहित राष्ट्रिय कलाकारको उपस्थितिमा सांगितिक प्रस्तुति हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।