काठमाडौं– नुवाकोटमा बस दुर्घटना हुँदा तीन जनाकोम मृत्यु भएको छ। विदुर नगरपालिका–४ बट्टारबाट तारकेश्वर गाउँपालिका–१ दाङसिङतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको हो।
बा २ ख ८४५ नम्बरको बस विदुरको चैनपुरमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
दुर्घटनामा परी २३ जना घाइते भएको र घाइतेहरूको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ। मृत्यु हुनेमा विदुर नगरपालिका ३ का ६३ वर्षीय बाबुराम दर्जी नेपाली, ७८ वर्षीय रामप्रसाद अर्याल र एक जना महिलाको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। बस सडकबाट करिब २० फिट तल खसेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।