काठमाडौं– गायक बद्री पंगेनी आफ्नी छोरी बिहानी पंगेनीका लागि मत माग्न अनेरास्ववियुको महाधिवेशनस्थल प्रज्ञा भवन कमलादी पुगेका छन्।
उनकी छोरी बिहानी अनेरास्ववियु केन्द्रीय सदस्यकी उम्मेदवार छन्। एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार मतदान हुँदैछ।
‘छोरीको राजनीतिप्रतिको रूचिलाई समर्थन गर्न पुगेको हुँ’, प्रज्ञा भवनमा भेटिएका बद्रीले भने।
कानुन पढिरहेकी बिहानीले आफ्नो रूचिले विद्यार्थी संगठनबाट राजनीति थालेको बताइन्। उनी पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत चक्रवर्ती कलेजमा एलएलबी अध्ययनरत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।