काठमाडौं– चर्चित थिएटर आर्टिस्ट तथा फिल्म अभिनेता जावेद खान अमरोहीको निधन भएको छ। उनी दूरदर्शनको नुक्कड धारावाहिकबाट चर्चित बनेका थिए।
उनले हिट फिल्म लगान र चक दे इन्डियामासमेत काम गरेका थिए। फिल्म निर्माता रमेश तलवारका अनुसार उनको निधन फोक्सोको समस्याका कारण भएको हो। जावेद खान अमरोही विगत एक वर्षदेखि अस्वस्थ थिए।
मुम्बईको सूर्या नर्सिङ होममा उनको उपचार भइरहेको थियो। उनको निधन मंगलबार दिउँसो करिब १ बजेतिर भएको हो।
उनी सन् १९७० को दशकमा मुम्बईको थिएटरमा काम गर्थे। फिल्म अन्दाज अपना अपनामा उनले निभाएको भूमिका निकै चर्चित बन्यो आमिर खान र सलमान खानको साथमा उनले साइड रोल निभाएका थिए। यसका साथै ‘हम है राही प्यार के, लाडला, इश्क’ जस्ता फिल्ममा उनले काम गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।