लन्डन- चर्चित गायक आनन्द कार्कीको स्वरमा दीप गिरीको नयाँ गीत 'आभारी छु' सार्वजनिक गरिएको छ। 'भ्यालेन्टाइन डे'को अवसर पारेर प्रेमिकाप्रति समर्पित उक्त गीत सार्वजनिक गरिएको हो।
वरिष्ठ संगीतकार राजु सिंहद्वारा संगीतबद्ध उक्त गीतको एरेन्ज चन्द सिंहले गरेका छन् भने छायांकन मोहन कुमार 'झिल्लु'ले।
गीत आनन्द कार्कीको युट्युब च्यानलमा उपलब्ध छ।
बेलायतमा बसोबास गर्ने गीतकार दीप गिरीका यसअघि सुन केशरी: जोन र धनुषा सिंह (एल्वम: प्रतिबिम्व भाग २), फुटेको ऐना: कर्ण दासको स्वरमा, मौका नै दिएनौ : योजना पुरी (एल्वम: समर्पण ), चारै दिशा: साधना सरगम र राज खाम्बु, मन खाने माया: किरण भुजेल र अस्मिता अधिकारी, रातकी रानी: सुजन पराजुली र दिव्यानी शर्मा लगायतका गीत सार्वजनिक भइसकेका छन्।
'विगतमाझैं यो गीत पनि संसारभरि रहनु भएका श्रोता/दर्शकहरुले रूचाइदिनु हुनेछ भन्ने मैले विश्वास लिएको छु,' गिरीले भने।
हेर्नुहोस्/सुन्नुहोस् उक्त गीत :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।