काठमाडौं– सामाजिक सञ्जालले हाम्रो जीवनमा ठूलो भूमिका खेलेको छ। यदि तपाईं कसैको बारेमा कुनै पनि जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने, त्यसमा सोशल मिडियाले धेरै भूमिका खेल्छ।
अभिनेता र अभिनेत्रीको बारेमा धेरै जानकारी सामाजिक सञ्जालमार्फत् मात्र फ्यानसम्म पुग्छ। कयौं पटक अभिनेता आफैंले पनि यी प्लेटफर्महरूमार्फत् फ्यानहरूसँग आफ्नो व्यक्तिगत जीवन साझा गर्छन्।
अहिले चर्चित निर्देशकको बाल्यकालको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।
भाइरल भइरहेको तस्बिरमा एक बालक खुसीसाथ हाँसेको देखिन्छ। बच्चाले स्वेटर लगाएको फोटोले जाडोको अर्थ दिन्छ।
यी बच्चा आजको ठूला फिल्म निर्देशक हुन् र उनीसँग आलिया, सलमान खान, शाहरुख खानदेखि अमिताभ बच्चनले काम गरेका छन्।
यो बच्चा अरू कोही होइन प्रसिद्ध निर्देशक करण जोहर हो।

करण जोहरको नाम बलिउडका सफल निर्देशकहरूको सूचीमा गनिन्छ, जसले फिल्म उद्योगमा धेरै रेकर्ड बनाए।
करण केही वर्षदेखि फिल्म निर्माणमा काम गर्दै आएका छन् र उनले उद्योगलाई एकभन्दा बढी हिट फिल्म दिएका छन्।
'कुछ कुछ होता है', 'कभी खुशी कभी गम', 'दिल वाले दुल्हनिया ले जायेंगे', 'ए दिल है मुश्किल', 'स्टुडेन्ट अफ द इयर' उनका केही फिल्महरू हुन्। (भारतीय सञ्चारमाध्यमको सहयोगमा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।