काठमाडौं– माघ अन्तिम सातासम्म तराईमा हुस्सु र कुहिरोले प्रभावित बनेको छ। तराईका अधिकांश क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। यता पहाडी क्षेत्रमा भने आज आंशिक क्षेत्रमा बदली रही बाँकी क्षेत्रको मौसम सफा रहने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो प्रदेश १, बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा आंशिक बदली हुने छ।
यस्तै प्रदेश १ र गण्डकीका उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति प्रदेश १ को पहाडी भागमा आंशिक बदली हुने तथा प्रदेश १ का उच्च पहाडी तथा हिमाली भागमा हिमपात हुने छ।
बिहीबार पनि प्रदेश नं १, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश नं. १, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा मौसम बदली भई थोरै ठाउँमा हिमपातको सम्भावना छ।
शुक्रबार पहाडी भू-भागमा आंशिक बदली हुने देखिएको छ भने राति प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हिउँ पर्ने सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।