• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

६ महिनामा १७ अर्बको भारतीय तरकारी नेपाल भित्रियो, नेपाली उत्पादन नबिकेर सडकमा फ्याँकिन्छ

64x64
कल्पना घिमिरे बुधबार, माघ २५, २०७९  २०:४७
1140x725

काठमाडौं- यही माघ २० गते चितवनका किसान आफ्नो बारीमा उत्पादित तरकारी बिक्री नहुँदा सडकमा पोख्न बाध्य भए। बजार-मूल्य नपाएर किसानले काउली, बन्दा, गोलभेंडा, सिमी लगायतका तरकारी सडकमा फ्याँकिरहँदा नेपालीका भान्सामा भने भारतबाट आयातित तरकारी पाकिरहेका छन्।

नेपालमै उत्पादित तरकारी महँगो पर्ने र भारतबाट आयातित तरकारी सस्तो पर्ने भएकाले नेपाली किसानले बजार नपाएको व्यापारीहरु बताउँछन्। स्वदेशी उत्पादन महँगो पर्नुमा नेपालमा कृषकले सानो परिमाणमा मात्र अनुदान पाउनु र उत्पादनमा लागत बढी हुनु हो। भारतमा सरकारले कृषकलाई सहुलियतको लागि ठूलो परिणाममा अनुदान दिएर ठूलो परिमाणमा उत्पादन बढ्दा भारतीय तरकारी सस्तो पर्ने सरोकारवालाको भनाइ छ।

नेपालमा कृषकले आफ्नो उत्पादनको लागत मूल्य पाउँदैनन्। तर उपभोक्तासम्म पुग्दा थुप्रै बिचौलियाले मोलमोलाइ गरेर दोब्बरभन्दा बढी फाइदा कमाउने गर्दा कृषक मारमा पर्ने गरेका छन्। 

कृषि क्षेत्रमा भएको बिचौलिया अन्त्यका लागि अनुमतिपत्रको व्यवस्था गर्नुपर्ने कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले बताएकी छन्। माघ २१ गते भएको राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज नेपालको तेस्रो अधिवेशनमा बोल्दै साहले लाइसेन्सप्राप्त व्यक्तिले मात्रै कृषिजन्य वस्तु खरिद तथा बिक्री गर्न पाउने गरी नीतिगत व्यवस्था गरिने बताइन्।

साथै कृषिजन्य वस्तुको आयात रोक्न नाकामा प्रयोगशाला र चेकजाँचको माध्यमबाट सरकारले कडाइ गर्ने साहले बताइन्। किसानका समस्या समाधानका लागि नीतिगत तहदेखि नै आफूले प्रयास गर्ने उनको भनाइ छ।

त्यस्तै कृषि मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले पनि नेपाली उत्पादनलाई प्रोत्साहन तथा बजारीकरण गर्न र कृषिजन्य वस्तु आयात रोक्नका लागि विभिन्न मातहतका निकायसँग समन्वय गरेर कृषि क्षेत्रमा मन्त्रालयले काम गर्ने बताए।

६ महिनामा १७ अर्बको तरकारी भित्रियो  
स्वदेशी उत्पादनले बजार नपाएर सडकमा तरकारी पोखेर कृषक आन्दोलन गर्न बाध्य छन्। तर वर्षेनी अर्बौंको तरकारी आयात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ।

आर्थिक वर्ष २०७५/०७६ मा २८ अर्ब ६६ करोड ५१ लाख २९ हजार रुपैयाँको तरकारी आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। त्यस्तै आर्थिक वर्ष २०७६/०७७ मा ३३ अर्ब ५ करोड ७० लाख ९१ हजार रुपैयाँको तरकारी आयात भएको छ। त्यस्तै २०७७/०७८ मा ३८ अर्ब ५० करोड ६ लाख १८ हजार रुपैयाँको तरकारी आयात भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

आर्थिक वर्ष २०७८/०७९ मा ३६ अर्ब ५४ करोड ४५ लाख ९९ हजार रुपैयाँको तरकारी आयात भएको छ। त्यस्तै आर्थिका वर्ष २०७९/०८० सुरुदेखि ६ महिना भित्रमा १७ अर्ब ४ करोड ३५ लाख ९० हजार रुपैयाँको तरकारी आयात भएको भन्सार विभागको तथ्यांकमा छ।

'स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सरकारको भूमिका आवश्यक'
नेपालमा दैनिक भान्सामा खपत हुनेमध्येको १५ प्रतिशत मात्रै तरकारी छिमेकी मुलुकबाट आयात हुने र स्वदेशमा उत्पादित ८५ प्रतिशतले पुग्ने पूर्व कृषि सचिव सुरज पोखरेलले बताए।

स्वदेशी उत्पादनलाई प्रोत्साहन दिन सरकारले स्वदेशी उत्पादित वस्तुबारे जनचेतना फैलाउने काम गर्नु आवश्यक रहेको पूर्व कृषि सचिव पोखरेलले बताए।

‘स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने विषयमा सरकारको भूमिका गौण छ। विदेशी तरकारी आयात रोक्ने विषयमा तीन-चार वटा कुरा जोडिएका छन्। जसमा पहिलो उत्पादन गर्ने योजना बनाउने हो। बजारको माग कति छ। उत्पादन कति गर्ने बजारको माग धान्ने हिसाबले विभिन्न कार्यक्रमहरु स्थानीय सरकारले सञ्चालन गर्नु पर्छ,’ पोखरेलले भने।

Xtrem

Xtrem

सरकारले कृषकलाई नेतृत्वदायी भूमिकामा आवद्ध गराउनु पर्ने पोखरेल बताउँछन्। एउटा स्थानीय सरकारको भूमिकाको कुरा र दोस्रो, उत्पादित तरकारी कहाँ लैजाने र लागतको कुरा, कुन बजारमार्फत उपभोक्ताकहाँ पुग्छ भन्नेबारे स्थानीय सरकारले केन्द्रीय सरकारसँग समन्वयमा बजारीकरण गर्नुपर्ने पोखरेल बताउँछन्। 

‘बजारीकरण गर्ने काम सरकारको तर्फबाट स्थानीय सरकारले सहजीकरण गर्नु पर्छ। दोस्रो कुरा कतिपय उत्पादनहरु अहिले तरकारीसँग जोडिएको छ। भोलि फलफूलसँग जोडिएला, अन्य खाद्यान्नसँग जोडिएला। सरकारले सुरु गरेको सबैभन्दा सस्तो मूल्यको उत्पादनको योजना अनुसार उत्पादित भनेको सरकारले कुन चिज कति उत्पादन गर्नुपर्‍यो त्यसबारे योजना बनाउनुपर्‍यो। त्यस परिधि भित्र रहेर किसानले उत्पादन गरेपछि खरिद गर्ने र वितरण गर्ने किसिमको काममा स्थानीय सरकार लाग्नु पर्छ,’ उनले भने।

कृषकलाई उत्पादनमा सहुलियत दिनका निम्ति कसरी उत्पादन हुन्छ, कसरी जम्मा हुन्छ, कसरी भण्डारण हुन्छ। अथवा, सडेर जाने वस्तु छन् भने ती वस्तु कति समयसम्म राख्ने, कसरी राख्ने, उत्पादित वस्तु राख्नका लागि स्टोरेज निर्माण गर्ने जस्तै भण्डारण, प्रशोधन र वितरणको व्यवस्था स्थानीय सरकारले मिलाउनु पर्ने पोखरेलले बताए। 

कृषि जोखिमपूर्ण व्यवसायको रुपमा भएको पोखरेल बताउँछन्। ‘जोखिम धेरै कुराले छ। एउटा त बजारको मूल्य उतारचढाव छ। उत्पादित वस्तु कृषकबाट उपभोक्तासम्म पुर्‍याउने निकै लामो चेन भएको हुँदा बिचौलियाले तलमाथि गर्‍यो भने त्यसको सप्लाइ नै रोकिने स्थिति छ,’ उनले भने।

सबैभन्दा ठूलो जोखिम भनेको मौसम परिवर्तन भएको पोखरेल बताउँछन्। कहिले अनावश्यक पानी पर्ने, कहिने नपर्ने, कहिले बाढी-पहिरो जाने र ढुवानी रोकिने गर्दा  बजारसम्म पुर्‍याउन मुस्किल पर्ने, कहिले हड्ताल-बन्दले ढुवानीमा जोखिम छ। यी जोखिम कम गर्नका लागि सरकारले व्यवस्था मिलाउनु पर्ने पोखरेल बताउँछन्। 

कालीमाटीमा भारतबाट आउँछ झण्डै ४० प्रतिशत तरकारी तथा फलफूल 
कालीमाटी बजारमा भारत तथा अन्य मुलुकबाट वार्षिक कुल २ लाख ५९ हजार ७ सय १२ मेट्रिक टन कृषि उपज आयात हुने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक मनोज धितालले बताए।

जसमध्ये भारतबाट ३९.८० प्रतिशत, चीनबाट ०.४१ प्रतिशत, बंगलादेशबाट ०.३२ प्रतिशत र अन्य देशबाट १.२८ प्रतिशत तरकारी तथा फलफूल आयात हुने गरेको छ। बजारमा नेपालकै तरकारी भने ५८.१७ प्रतिशत आउँछ।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  २०:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्