• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

‘माघ निगल्दो पनि हुस्सु र स्याँठ’

64x64
रासस मंगलबार, माघ २४, २०७९  ०९:५८
1140x725

महोत्तरी– तराईमधेशमा लागेको बाक्लो हुस्सु र चिसो स्याँठ चल्दा दैनिक जनजीवन प्रभावित बनेका छन्।  मध्य माघपछि त घाम तात्दै गएर कामकाजमा निस्कन मौसम अनुकूल नै हुने विगत सम्झनेहरु यसपाली मौसम फरक परेकामा छक्क परेका छन्।

‘बाँचीवर्ती रहे भोग्न, देख्न पाइने रे’छ, माघ निगल्दो चिस्यो स्याँठ र दिउँसै रात पार्ने हुस्सु देखे, भोगेको त्यति सम्झना छैन’, गुहाली (गोठ)को एक छेउमा आगो तापिरहेकी महोत्तरीको बर्दिबास–७ मनहरिपुरकी ७२ वर्षीया इन्द्रमाया पौडेल भन्छिन्, ‘आधा दिन बित्दासम्म के दिन के रात खुट्याउनै नसकिने गरी हुस्सुले डम्म ढाकी राछ।’

शिशिरयाममा जाडो स्वभाविक भए पनि वसन्तपञ्चमीपछि घाम तात्दै जाने अनुभव सँगालेका यस भेगका पाका उमेरका सर्वसाधारण यसपालि मध्य माघयताको बाक्लो हुस्सु र चिसो स्याँठ यसअघि त्यति नव्यहोरिएको बताउँछन्।

ठ्याक्कै वसन्तपञ्चमी मनाइएको तीन दिनपछिदेखि नै फेरि बाक्लो हुस्सुले डम्म ढाकेर चिसो स्याँठ बहन थालेपछि यहाँका पाका उमेरका सर्वसाधारण मौसम उल्टोपाल्टो चल्न थालेको भन्दै छक्क परेका हुन्। 

‘हाम्रो चलनमा त तिलासक्रायत (माघेसङ्क्रान्ति) नै घाम तात्न थाल्ने पर्व मानिन्छ, वसन्तपञ्चमी मनाइएपछि त वसन्त नै लागेको मान्ने चलन छ, तर यसपालि त निगल्दो माघले पनि छिप्पिएको पुस सम्झाउँदै छ’, भङ्गाहा–४ रामनगरका ७५ वर्षीय वृदेवसिंह दनुवारले भने। 

माघ दोस्रो सातायता पारिलो घाम लाग्न थालेर आकाश खुलेपछि अब जिउ तात्छ भन्ने आश पालेका आपूmहरूलाई माघ तेस्रो साता लागेयता फेरि हुस्सु लाग्न थालेर चिसो स्याँठले सताउन थालेको सो बस्तीकै ८५ वर्षीय हाजी बिहारी अन्सारी बताउँछन्। ‘खै वसन्तपञ्चमी मनाइएपछि त हुस्सु फाट्दै गएर आकाश सफा र उज्यालो हुन्थ्यो, अहिले त फेरि पुसको स्याँठ र हुस्सु पो दोहोरियो’, उनले भने, ‘खै बाबु, के–के देख्न, भोग्नुपरेको छ को निÛ’

माघको तेस्रो सातायता बढेको बाक्लो हुस्सु र चिसो स्याँठले महोत्तरीका गरिब बस्तीका सर्वसाधारणको फेरि बिचल्ली बढेको छ। एक साता पारिलो घाम देख्न, ताप्न पाएका यहाँका सर्वसाधारण माघ तेस्रो सातापछि फेरि बाक्लो हुस्सुले ढाकेर लगातार चिसो स्याँठ बहन थालेपछि बिचल्लीमा परेका हुन्। महोत्तरीका सबैजसो भेगमा अहिले बाक्लो तुवाँलोले डम्म ढाकेर घाम नदेखिएको एक साता भइसकेको छ। जिल्लाको उत्तरीक्षेत्रमा मध्यान्हतिर मधुरो घाम देखिए पनि मध्य र दक्षिणी भेगमा दिउँसो कुनै बेला अक्कलझुक्कलमात्र घाम देखिन्छ।

‘वसन्तपञ्चमी पनि मनाइयो, अब त घाम तात्छन् भन्ने थियो, तर फेरि अँध्यारोले छोप्यो’, चिसो स्याँठबीच घर अगाडि पातपतिङ्गर बटुलेर आगो सल्काएर वरिपरि परिवारजनबीच तातोको सहारा खोजी रहेsf भङ्गाहा–४ पलार बस्तीका ८० वर्षीय चौठी बाँतरले भने, ‘कहीँ काममा निस्कन सकिने छाँट देखिन्न, यही ‘घूर’ (पातपतिङ्गर बटुलेर बालिएको आगो)को सहारा छ।’

Ncell 2
Ncell 2
nimb
nimb

सामान्यतया पुस–माघमा हुस्सु लाग्ने, स्याँठ चल्ने र घाम पातलो देखिने भए पनि वसन्तपञ्चमी मौसम फेरिने खास पर्वका रुपमा लिइन्छ। ‘यसपालि पनि वसन्तपञ्चमीभन्दा चार–पाँच दिन पहिलेदेखि नै पारिलो घाम देखिन थालेको पनि हो’, बलवा नगरपालिका–११ भगवतीपुरका ७५ वर्षीय उत्तिम माझी मुसहर भन्छन्, ‘तर एक सातापछि नै फेरि हुस्सुसँगै स्याँठ चल्न थाल्यो, यस्तो भोगिएको कमै सम्झना छ।’

हिउँदमा वर्षा पनि नभएको र अहिले माघ निगल्दोसम्म हुस्सु र स्याँठले नछाडेपछि यहाँका पाका व्यक्ति बालीनालीका लागि समय उपयुक्त नहुने लख काट्दैछन्। माघ तेस्रो साताको प्रारम्भसँगै बढेको चिसोले फेरि पुस सम्झाएको सर्वसाधारण बताउँछन्। माघ ६–७ ताका पारिलो घाम लाग्न थालेपछि यसपालिको जाडो काटिएछ भनेको त फेरि पुस लागेजस्तो बनाएको माझी बताउँछन्।

यसरी वसन्तपञ्चमीपछि फेरि मौसम बिग्रनुमा विश्वव्यापी जलवायु परिवर्तनको असर कारण रहेको वातावरणविज्ञहरु बताउँछन्। ‘जताततै बढ्दो प्रदूषण, वनजङ्गल मासिँदै गएर बढेको असन्तुलन र सहरीकरणले विश्वव्यापीरूपमै असर गरिरहेको छ, यो कुसमयमा बढेको जाडो र हुस्सुले ढाकिनु यसैको कारण हो’, लामो समयदेखि वातावरण क्षेत्रको कामको अनुभव संगालेका सामुदायिक विकास तथा पैरवीमञ्च बर्दिबासका अध्यक्ष नागदेव यादव भन्छन्, ‘हामी सचेत भएर यसको असर कम गर्ने उपायमा नलाग्ने हो भने अझै प्रतिकूल अवस्था भोग्ने दिन आउँछन्।’

जिल्लाका गाउँनगर बस्तीमा अचाक्ली चिसो बढेको र यसले जनजीवनमा प्रतिकूल असर पार्न थालेपछि जिल्ला विपद् व्यवस्थापन समितिले गरिब बस्तीमा न्यानो सिरक बाँड्ने अभियान नै चलाएको छ। ‘हामीले जिल्लाका आमरूपमा अतिविपन्न मुसहर, बाँतर, चमार र खत्वेलगायतका जाति समुदायका बस्ती, असहाय वृद्धवृद्धा र अपाङ्गता भएकाहरूलाई जाडो छल्न न्यानो फाइबर सिरक बाँडेका छौं’, जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं  विपद् व्यवस्थापन समितिका अध्यक्ष दीपक पहाडीले भने, ‘परोपकारी क्षेत्रमा कार्यरत सामाजिक सङ्घसंस्था र स्थानीय तहको सिफारिसमा यो अभियानलाई अझै निरन्तरता दिइँदैछ।’

बढ्दो जाडोबीच न्यानो फाइबरको सिरक पाइएपछि पालो मिलाएरै भए पनि जिउ तताउन पाइएको भन्दै यहाँका दलित बस्तीका गरिबले राहत महसुस गरेका छन्। जिल्लाका विभिन्न क्षेत्रका गरिब बस्तीमा पछिल्ला तीन साताबीचमा एक हजार पाँच सय परिवारमा न्यानो सिरक पुर्‍याइएको समितिका सचिव तथा रेडक्रस महोत्तरी शाखाका सभापति दीपक मिश्रले जानकारी दिए।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  ०९:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ५ बजेसम्म १ हजार ४५२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा निश्चित समयअनुसार सवारी साधन सञ्चालन हु... बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीको पश्चिम–मध्य भू–भाग आसपास रहेको न्यून चापीय क्षेत्र आगामी दिनमा थप शक्तिशाली बन्दै ‘... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्