काठमाडौं - विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्धको छैटौं चरणको खेलका लागि नेपाली क्रिकेट टिमले तयारी अन्तिम चरणमा पुर्याएको छ।
नेपाली टिमले सोमबार अन्तिम तयारी गर्दैछ । नेपाली टिम मंगलबार राति हङकङ प्रस्थान गर्ने कार्यक्रम छ।
दशैं बिदापछि नेपालले ६ दिन त्रिभुवन विश्वविद्यालय मैदानमा अभ्यास गरेको थियो।
नेपाल र हङकङबीच आगामी १३ र १५ अक्टोबर (असोज २७ र २९) मा छैटौं चरणमा प्रतिस्पर्धा हुँदै छ । डब्लुसिएलको पाँचौं चरणको समाप्तिमा नेपाल ८ अंक जोडेर छैटौं स्थानमा छ। नेपाललाई शीर्ष चारमा रहेर एकदिवसीय विश्वकप छनोट हुन हङकङसँगको खेल जित्नैपर्ने दबाव छ।
हङकङ विरुद्ध खेलको तयारीका नेपाल दशैंअघि १० दिन भारत भ्रमणमा गएको थियो । दशैंको फूलपातीमा फर्किएको नेपालले भारतमा चार वटा अभ्यास खेल खेलेको थियो । चारमध्ये नेपालले तीन खेलमा जित हात पारेको थियो।










नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।