• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २६, २०८२ Sun, Oct 12, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
स्मृति

नेपालका पहिलो गभर्नर जसले जोखिम मोलेर तराईमा नेपाली मुद्रा चलाए

64x64
पुष्पा केसी आइतबार, माघ २२, २०७९  १२:३१
1140x725

काठमाडौं- नेपालका पहिलो गभर्नर हिमालय शमशेर राणाको ९५ वर्षको उमेरमा निधन भएको छ। निमोनिया भएर थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका राणाको आइतबार बिहान निधन भएको हो।

उनको निधनसँगै नेपालको पहिलो बैंकको जीवित इतिहास अस्ताएको छ। हिमालय बैंकका संस्थापक हिमालय शमशेर नेपालको पहिलो अर्थसचिवसमेत हुन्।

संयोग, उनको जन्म र मृत्यु एकै दिनमा भएको छ। सन् १९२८ मा स्वस्थानी पूर्णिमाका दिन जन्मिएका उनी स्वस्थानी पूर्णिमाकै दिन अस्ताएका छन्। 

१४ वर्षमै मेट्रिक पास गरेका हिमालय शमशेर नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर बनेका थिए। विसं. २०१३ वैशाख १४ देखि २०१७ माघ २५ सम्म उनी नेपाल राष्ट्र बैंकमा गभर्नर थिए। 

उनले सन् १९६२ देखि १९८६ सम्म उनले संयुक्त राष्ट्र विकास कार्यक्रम अन्तर्गत विभिन्न देशमा आवासीय प्रतिनिधिका रूपमा काम गरेका थिए। उनले सन् १९८७ मा नेपालमा गोर्खा ब्रुअरी पनि स्थापना गरेका थिए। 

यस्तै सन् १९९३ मा पाकिस्तानको हबिब बैंकसँगको संयुक्त लगानीमा हिमालयन बैंक लिमिटेड स्थापना गरेर उनी अध्यक्ष पनि भएका थिए। 

उनी देव शमशेरका नाति हुन्।  देव शमशेरका छोरा जंग शमशेर, जंग शमशेरका छोरा लक्ष्मण शमशेर, लक्ष्मण शमशेरका छोरा रुपमा जन्मिए हिमालय शमशेर। सुधारवादी राणामध्येका देव शमशेरका नाति हिमालयले नेपालमा बैंकको जग बसाए। 

१ सय २० दिन नेपालको प्रधानमन्त्री बनेका देव शमशेर धनकुटामा निर्वासित भएका थिए। पछि उनी धनकुटा बस्न नसकेर मसुरीमा गए। उनका छोराहरू जंग शमशेर र भुवन शमशेरलाई नेपालमा बोलाइयो। उनीहरू थापाथलीमा बस्न थाले। हिमालय शमशेर थापाथलीमै जन्मिए। 

Ncell 2
Ncell 2

हिमालय शमशेरले बिए र एमए बम्बई (मुम्बई)मा पढे। त्यतिबेला धेरैजसो नेपालीहरू पढ्नका लागि बनारस अथवा पटना जान्थे। बम्बईको रहनसहन बनारस र इलाहवादजस्तो थिएन। बनारस र इलाहवादमा ’जी हजुर आइए, खाइए’ भन्नुपर्ने। सामन्ती थियो त्यहाँको संस्कार, चलन र भाषा पनि। बम्बईमा भने सामान्य थियो रहनसहन। त्यहाँ काम गर्ने मान्छेले ‘साहेब तुम क्या माग्ता हे’ भन्थे।

himalaya_Samsher_11675578001.jpg

हिमालय शमशेर पनि पढ्नका लागि पटना गए। विद्यालय जान बसको व्यवस्था थियो। जुत्ताको तुना र भोटोको तुनासमेत अरुले बाँधिदिने वातावरणमा हुर्किएका उनी पटना पुगेपछि आफ्ना सबै काम आफैं गर्न थाले। नेपालमा बस्दा राणा परिवारको वातावरणमा हुर्किएका उनी बम्बईमा बसेपछि सामान्य जनतासरह भए। 

भारतमा त्यही बेला स्वतन्त्रता आन्दोलन चलिरहेको थियो। हरेक हप्ता आन्दोलन चल्थ्यो। त्यहाँबाट एमए पास भएर आएपछि क्रान्तिकारी बन्नुपर्‍यो भन्ने भावना आयो हिमालयलाई। कलकत्ता पुगे राजनीतिक भेटघाटका लागि। त्यहाँ सुवर्ण शमशेरसँग भेट भयो। नेपाल र नेपाली जनताका लागि केही प्रगति गर्नुपर्‍यो भन्ने कुराकानी भयो।

नेपालमा पारिवारिक राणा शासन कायमै थियो। यसको अन्त्य गर्नुपर्छ भन्ने सुवर्णसँगको लामो छलफलपछि हिमालय शमशेर पनि सहमत भए। उनले २००५ सालमा नेपाल प्रजातन्त्र कांग्रेसको सदस्यता लिए। 

पछि नेपाल बसेर गुप्त रुपमा क्रान्तिकारी काम गर्न थाले। टाइप गरेर पर्चा छर्नेदेखि प्रजातन्त्रका पक्षमा जनमत बढाउँदै जानेसम्मका काम सजिला थिएनन्। तर राणाकै छोरा भएर पनि हिमालय आफ्नै पारिवारिक शासनको लडाइँ विरुद्ध काम गर्न थाले। सुवर्णसँगको उनको सम्बन्ध निकै गाढा थियो। सुवर्णलाई निकै विद्वान् र निष्पक्ष काम गर्ने व्यक्तिका रूपमा लिन्छन् हिमालय।

२००७ सालमा राणा शासनको अन्त्य भएपछि नेपालको प्रशासनमा युगान्तकारी परिवर्तन भयो। राणाकालमा प्रशासन चलाउने सुब्बा, सरदार, काजीहरूले मन्त्रीको जिम्मेवारी बहन गर्न थाले। अर्थ मन्त्रालय पनि खडा भयो। अर्थशास्त्रमा एमए वा कमर्समा एमकम गरेका कर्मचारी अर्थ मन्त्रालयमा राख्ने त्यतिबेलाका अर्थमन्त्री सुवर्ण शमशेरको सोचाइ थियो।

त्यतिबेला अर्थमन्त्रीले खोजेजस्ता युवा एकदमै कम थिए। मन्त्रीको सोचाइ अनुरूपको योग्यता भएका चार जना भेटिए। अर्थशास्त्रमा एमए गरेका तीन जना र कमर्समा एमकम गर्ने एक जना थिए। एक थिए हिमालय शमशेर।

तुलनात्मक रुपमा कार्यक्षमता अरुको भन्दा राम्रो भएको हुनाले २/३ महिनापछि नै हिमालय शमशेर नेपालको पहिलो अर्थ सचिव बने। 

केन्द्रीय बैंकको गभर्नर हुनका लागि सामान्यतयाः अर्थ मन्त्रालयमा काम गरेको अर्थ सचिव हुने प्रचलन भारत, पाकिस्तान लगायतका देशमा थियो। नेपाल राष्ट्र बैंक नेपालको केन्द्रीय बैंक भएको हुनाले नेपालमा पनि त्यस्तै अभ्यास गर्ने प्रयास भयो। 

विसं. २००७ सालदेखि २०१२ सालसम्म अर्थसचिव भएका हिमालय शमशेरले पाँच वर्ष अर्थसचिवको जिम्मेवारी सम्हालेका थिए। सो कार्यकाल सकिएपछि नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बन्न सफल भए उनी। 

राष्ट्र बैंकको छापमा ‘असतोमा सद्गमय’ निर्देशक वचन राख्न हिमालय शमशेरले नै प्रस्ताव गरेका थिए। ‘असतोमा सद्गमय’ को अर्थ हुन्छ, ’असत्य कामबाट सत्य कामतर्फ लैजाऊ’। अर्थतन्त्र चलाउँदा विकृति ल्याउनु भएन। आर्थिक अनियमितता गर्नु भएन। स्वच्छ किसिमले काम गर्नुपर्‍यो भन्ने नै त्यसको अन्तर्य थियो र हो पनि। त्यो निर्देशक वचनसहितको सिल चाहिँ बालकृष्ण समकी छोरी ज्वालाले बनाएकी हुन्। 

आफूलाई राजा महेन्द्रले नै गर्भनरमा नियुक्त गरेको हिमालय शमशेर बताउने गर्थे। महेन्द्रसँग उनको भेटघाट बाक्लै हुन्थ्यो। पछि महेन्द्रले नै उनलाई गर्भनरको ५ वर्षे कार्यकाल पूरा नहुँदै हटाए। 

‘२०१७ पुसमा राजा महेन्द्रले ‘कु’ गरिबक्सेपछि प्रशासनमा बहुदल, प्रजातन्त्रमा आस्था राख्नेहरू हटाउने निर्णय गरिबक्स्यो। २०१५ सालमा भएको निर्वाचनमार्फत दुई तिहाइको बुहमतबाट कांग्रेस सरकारमा आएको थियो। धेरै सचिव, अधिकृत नियुक्त भएका थिए। बिपी कोइराला, सुवर्ण शमशेर राणाले नियुक्त गरेका सबैलाई उहाँले हटाइबक्सेको थियो,’ हिमालय शमशेरले नेपाल लाइभसँगको कुराकानीमा भनेका थिए, ‘त्यसमा म पनि बहुदल र प्रजातन्त्रमा विश्वास राख्ने भएकाले बर्खास्तीमा परें। त्यतिबेला त उपत्यका सानो ठाउँ। कसले केमा आस्था राख्छ भन्ने सबै थाहा हुन्थ्यो। म त राणाजी भए पनि राणा शासन अन्त्य गर्नुपर्छ भनेर क्रान्तिमा लागेको मान्छे हुनाले मेरो प्रजातन्त्रमा अडिक आस्था भएको थाहा पाएर नै मलाई हटाइयो।’

himalaya_Samsher_31675578016.jpg

हिमालय शमशेरको कार्यकाल ५ वर्षको थियो। तर उनले ४ वर्ष ८ महिना काम गरे। ४ महिना बाँकीमा छँदै उनी हटाइए। 

उनले जागिर थालेको १५ वर्ष भएको थियो। २० वर्ष भएपछि पेन्सन पाउने प्रचलन थियो। राजा महेन्द्रले हिमालयका हकमा पाँच वर्ष सेवा अवधि थप गरिदिएका थिए। अहिले पनि उनी पेन्सन पाउँछन्। 

राष्ट्र बैंकको स्थापनाअघि आम्दानी जति ’मुलुकी खाना’मा जान्थ्यो। देशको कुल आम्दानी खर्च लुकाउने गरिन्थ्यो। 

मुलुकमा धेरै बैंक भएपछि त्यसको नियमन गर्न केन्द्रीय बैंकको स्थापना गर्ने चलन थियो विदेशतिर। तर नेपालमा भने राष्ट्र बैंक खडा गर्दा नेपालमा बैंकको संख्या कम मात्र थियो। अन्य देशका केन्द्रीय बैंकको जस्तो परम्परागत जिम्मेवारी नेपाल राष्ट्र बैंकको नभएको हिमालय शमशेरको अनुभव छ। 

झापादेखि कञ्चनपुरसम्म भारतीय मुद्रा नै चलनचल्तीमा थियो। भारतीय मुद्रालाई कानुनी रुपमा ग्राह्य पनि थियो। सरकारले पनि मालपोत भारूमै उठाउने, खर्च पनि भारुमै गर्थ्यो। राजा महेन्द्रले एउटै राज्यमा दुई वटा मुद्रा नचलाउने भन्दै तराईमा पनि नेपाली मुद्रा चलाउने सोच बनाए। 

नेरु र भारुको सटही दर काठमाडौंमा ३/४ जना घुमन्तेहरूले आफ्नो स्वार्थमा प्रयोग गरेको थियो। पेन्सन पाएर मानिसहरू आउँदा भारतीय नोट सस्तो गरिदिने र दशैंमा मालसामान पैठारी गर्नुपर्ने हुँदा त्यही भारुलाई बढी भाउ राखेर बेच्ने गरिन्थ्यो। यी दुवै विषय सम्बोधन गर्ने राजा महेन्द्रको सोच थयो।  

निजी क्षेत्रको पनि लगानी भएकाले नेपाल बैंकले त्यो काम गर्न मिल्दैनथ्यो। सरकारी अड्डाले पनि त्यो काम गर्न नमिल्ने हुनाले राजा महेन्द्रले नेपाल राष्ट्र बैंक खडा गरेर हिमालयलाई नै असाइनमेन्ट दिए। उनले जिम्मेवारी पूरा गरे।

नेपाली मुद्रा चलाउनै सकस
२०१३ सालतिरको कुरा हो। हिमालय भर्खरै मात्र गभर्नर नियुक्त भएका थिए। तराईका नागरिकको बिहेबारी अध्ययनदेखि दैनिक उपभोग्य वस्तुको आयात-निर्यात भारततिरै हुन्थ्यो। सरकारले सुरुमै स्टेअर्डर जारी गरेर अब तपाईंहरूले नेपाली मुद्रा मात्र चलनचल्तीमा ल्याउनुहोस् भन्दा जनता मान्दैनथे। 

उनीहरूलाई चाहिएका बेला नेरुबाट भारु र भारुबाट नेरु सटही गर्न मिल्ने अवस्था भएमा यसको कार्यान्वयन सहजै हुन्थ्यो। त्यो सुविधा दिन झापादेखि कञ्चनपुरसम्म सटही डिपो र राष्ट्र बैंकका शाखाहरू राख्न आवश्यक थियो। 

अर्को विषय, उनीहरूलाई त्यसको सटही गर्दा कुन दरमा कसरी सहज गरिदिने दिने भन्ने पनि चुनौती थियो। कुन रेट राख्ने भनेर नेरु र भारुको माग र पूर्तिको अवस्था हेरेर सबै अध्ययन गर्न हिमालय शमशेरलाई ३ वर्ष लाग्यो। झापादेखि कञ्चनपुरसम्म विभिन्न स्थानमा शाखा उप-शाखा सटही डिपो राखेर उनले तथ्याङ्क बटुले। सबै अध्ययन गरिसकेपछि भारु सयको १ सय ६० राख्यो भने नेपालले धान्न सक्छ भन्ने निष्कर्ष निस्कियो। 

तर, हिमालयको नेतृत्वमा राष्ट्र बैंकले यसबारे अध्ययन गरिरहेको कसैलाई थाहा थिएन। अर्थमन्त्री सुवर्ण शमशेरलाई भने थाहा थियो। अध्ययनपछिको निष्कर्षमा अर्थमन्त्री सुवर्ण शमशेर पनि सहमत भए।
अर्थमन्त्री सुवर्ण शमशेर राजा महेन्द्रसँग विदेश गएको समयमा २०१६ साल चैत मसान्तमा प्रधानमन्त्री बिपी कोइरालाले संसदमा त्यसको घोषणा गरे, ‘२०१७ साल वैशाख १ गतेदेखि नेपालमा एउटै मात्र मुद्रा चलन-चल्तीमा आउँछ। नेपालभर नेरुले मात्रै कानूनी मान्यता पाउँछ। भारु १ सय रुपैयाँ नेपालमा १ सय ६० हुनेछ।’

यो घोषणाले धेरैलाई आश्चार्यमा पार्‍यो। कार्यान्वयन हुनै सक्दैन भन्ने धेरै थिए। तर कार्यान्वयन भयो। 

‘रिजर्भ बैंक अफ इन्डियाबाट एक जना एडभाइजर नेपाल आएका थिए। उनी राष्ट्र बैंकमा बसेर काम गर्दथे। हामी यही काममा लागेका थाहा पाएपछि उनले यो कार्यान्वयन हुनै सक्दैन भनेका थिए। तर हिमालयले लागू गरेरै छाड्ने भनी उनीसँग बाजी राखेको थिएँ। नेपाल लाइभसँग २०७६ वैशाखमा गरेको कुराकानीमा उनले तत्कालीन समयमा आफूले  ५ रुपैयाँ बाजी राखेको अनि जितेको स्मरण सुनाएका थिए । 

कार्यकाल सकिएर उनी बीचमै इन्डिया गएका थिए। उनलाई ग्राण्ड होटलमा भेट्न आए र पाँच रुपैयाँ दिएका थिए । 

यो कामका लागि केन्द्रीय कार्यालयमा रिसर्च विभागले काम गरेको हो। गोविन्दप्रसाद लोहनी रिसर्च प्रमुख थिए। राष्ट्र बैंकको कार्यालय मुख्य-मुख्य स्थानमा थिए। विराटनगर, जनकपुर, वीरगञ्जदेखि कञ्चनपुरसम्मका विभिन्न स्थानमा शाखा र सटही डिपो राखेर काम सम्पन्न गरियो।  

'हामीले काम सुरु गर्दा महेन्द्र राजमार्ग पनि बनेको थिएन। तीन वर्ष अध्ययन गरेरै भारतीय र नेपाली रुपैयाँको दररेट राखेका थियौं। तर त्यसको कार्यान्वयन गर्न त कैलालीदेखि झापासम्म शाखा, उपशाखा, सटही डिपोहरूमा भारु नेरुको स्टक राख्नुपर्थ्यो। जुन दिन दररेट सार्वजनिक हुन्छ, नोट साट्न आएका दिन त्यही दरमा साट्नुपर्ने भयो। वितरण गरी सबैको माग धान्न हम्मेहम्मे पर्‍यो,’ उनको भनाइ थियो। 

हिमालयले सुनाएका थिए, ‘त्यतिबेला इन्डियन राजदूतावासमा निवेदन दिएर यताबाट ट्रकका ट्रक नेपाली र भारु नोट पठाएर कैलालीदेखि झापासम्म स्टक पुर्‍याएको थियो। तत्कालीन समयमा धेरै गाह्रो भएको तर अन्तिममा सफल व्यवस्थापन गर्न सकेका थियौं।’

त्यतिबेलाको प्रशासनिक संरचना र स्रोत साधनलाई हेरेर यो कार्यान्वयन हुनै सक्दैन भन्ने प्रशस्तै थिए। तर कार्यान्वयन भएपछि निकै प्रशंसा पनि कमाएका  थिए। हिमालय शमशेरले स्मरण सुनाएका थिए, ‘नोट साट्न आउँदा स्टक सकियो भने पुनः वितरण गर्न उपाय निकालिसकेका थियौं।’ 

भारतीय रुपैयाँसँगको विनिमय दर लागू भएपछि त्यसको आलोचना गर्ने मान्छेहरू हुनु स्वभाविकै थियो। तीव्र आलोचनापछि नेपाली रुपैयाँ अवमूल्यन भयो। दर कम भएर भारतीय सय रुपैयाँको नेपाली १ सय ३५/३६ पनि भयो। तर त्यो लामो समय टिक्न सकेन। 

६३ वर्षसम्म पनि त्यही कायम छ। त्यसको महत्व त्यतिबेला आफूलाई थाहा नभएको उनले बताएका थिए। 

तर, पछि तराईकै मानिसहरू आएर भने, ‘हामी नेपाली नागरिक हौं भन्ने अनुभूति नै थिएन। किनभने हामी सबै भारुमै कारोबार गर्थ्यौं। हाम्रो विद्यालयमा पनि राजेन्द्रप्रसाद राष्ट्रपति र जवारलाल नेहरू प्रधानमन्त्री भनेर पढिराखेका थियौं। ए! हामी त नेपाली नागरिक रहेछौं भन्ने नेपाली मुद्रा चलनचल्तीमा आएपछि थाहा भयो,’ उनले तत्कालीन समयमा सुनाएका थिए। 

अर्को, लाहुरेहरूको तलब लगायत नेपालीले जति वैदेशिक मुद्रा कमाउँथे त्यो पहिले रिजर्भ बैंक अफ इन्डियामा जान्थ्यो। नेपाल सरकारलाई वैदेशिक मुद्रा चाहियो भने दूतावासमा पैसा पठाउनु पर्‍यो भनेर रिजर्भ बैंक अफ इन्डियालाई निवेदन पठाउनुपर्ने कार्य पनि उनको यो कार्यपछि समाप्त भएको थियो। 

पछि बैंक अफ इंगल्यान्डसँग कुरा गरेर त्यहाँ खाता खोलेपछि विनिमय दरमा पनि नेपाल स्वतन्त्र भयो। राष्ट्र बैंक खडा भएपछि माल अड्डालगायत ठाउँबाट नगद भुक्तानी हुनुको साटो चेकबाट रकम भुक्तानी हुन थाल्यो। ठूलो-ठूलो कारोबार गर्दा हजार-हजार, दस हजारका थैला गाडामा राखेर पठाउनुपर्ने, भरिया बोकेर पठाउनुपर्ने अवस्थाको अन्त्य भयो। अनि, नेपालको अर्थतन्त्रमा पनि आधुनिकीकरणको सुरुवात भयो। 

‘राष्ट्र बैंकको स्थापनापछि नेपाली अर्थतन्त्रको एकीकरण प्रक्रिया सुरु भएको थियो। नेपाल भनेको त्यतिबेला पनि उपत्यका मात्रै होला मानिथ्यो। तर पछि तराई पनि नेपाल नै रहेछ भन्ने तराईबासीहरूले अनुभूति गर्न पाएछन्,’ उनको स्मरण थियो।

नेपाली नोट छापिन जुद्ध शमशेरको पालादेखि नै सुरु भएको थियो। तर बैंक खडा भएपछि त्यसलाई वैज्ञानिक ढङ्गले व्यवस्थित गर्ने काम हिमालय शमशेरकै नेतृत्वमा सुरु भएको हो। 

पहिले नेपाली नोट नासिक प्रिन्टिङ प्रेसबाट छापिन्थ्यो। पछि नोटको गुणस्तर र डिजाइन पनि राम्रो बनाएर टेन्डरमार्फत बेलायतको डिडारु कम्पनीमार्फत छाप्न थालियो। 

नोट निष्काशन गर्दा अपनाउनुपर्ने प्रक्रिया पनि निर्धारण भयो। नोटको सुरक्षा, अन्धाधुन्ध नोट छाप्न नपाइने, सय रुपैयाँको नोट निष्काशन गर्न ५० रुपैयाँको सुन, चाँदी, विनिमय दर राख्नुपर्ने लगायतको नियम बनाएर लालमोहर लगाइएको थियो। 

चलनचल्तीमा आएपछि मैलिएका र धुलिएका नोटको रेकर्ड राख्ने र जलाउने, त्यसको सट्टा नयाँ नोट दिनेबारे पनि वैज्ञानिक तवरले नियम लागू गरियो। पछि राष्ट्र बैंकमा नोट निष्काशन विभाग खडा नै गरियो। 
अहिले प्रशासनिक क्षेत्रको सेवा र कर्मचारीलाई लिएर निकै आलोचना हुन्छ। निकै कम स्रोत र साधनमा पनि लक्ष्य अनुरुपको काम हुनुमा ‘लिडरसिप’ नै मुख्य भएको हिमालयको अनुभव थियो। 

काम गर्ने व्यक्तिलाई ठूलो जिम्मेवारी सुम्पिएको छ, त्यो सफल पार्नुपर्‍यो भनेर हौसला प्रदान गरेको हुनाले अहिले पनि राष्ट्र बैंकमा काम गर्ने कर्मचारीहरू हिमालय शमशेरको नाम गर्वका साथ लिने गर्छन् । 

(२०७६ वैशाख १० गते नेपाल लाइभमा प्रकाशित भएको फिचरलाई सम्पादन गरी पुन: प्रकाशित।)

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १२:३१
  • #पहिलाे गभर्नर

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा केसी
केसी नेपाल लाइभकी वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
आफ्नै शिक्षक शुक्रराजलाई फाँसी दिइएपछि बागी बनेका नूतन
हिन्दू राष्ट्रको माग : संविधानको अभिभावक दाबी गर्ने कांग्रेसमा सिर्जित विरोधाभास
संसद् पुगे पनि माइतीघर मण्डला सम्झिरहन्छन् सन्तोष परियार
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
विश्वकप छनोट : नेपालले दियो यूएईलाई १४१ रनको मध्यम लक्ष्य आइतबार, असोज २६, २०८२
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ आइतबार, असोज २६, २०८२
मुलुक अहिले पनि ठूलो भ्याकुममा जान सक्ने खतरा छ : सञ्चारमन्त्री खरेल आइतबार, असोज २६, २०८२
एमाले सचिवालय बैठक सुरू : ११औं महाधिवेशनको मिति तोकिँदै आइतबार, असोज २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन भूमि आयोगबाट जग्गा धनी प्रमाण पुर्जा लिनेले ६० दिनभित्र मालपोत कार्यालयबाट अद्यावधिक गराउन सरकारको आग्रह शनिबार, असोज २५, २०८२
माओवादीसँगको एकताबारे विवाद हुँदा नेकपा एसको बैठक भोलिका लागि सारियो शनिबार, असोज २५, २०८२
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ आइतबार, असोज २६, २०८२
दूतावासहरूमा गएर मन्त्री र पद मागिएको जेनजी २.० समूहको दाबी, असली जेनजीको  बदनाम नगर्न चेतावनी शनिबार, असोज २५, २०८२
राष्ट्रपतिको स्वास्थ्यमा समस्या आएपछि जेनजीसँग बैठक सोमबारलाई सर्‍यो शनिबार, असोज २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
तत्कालीन भूमि आयोगबाट जग्गा धनी प्रमाण पुर्जा लिनेले ६० दिनभित्र मालपोत कार्यालयबाट अद्यावधिक गराउन सरकारको आग्रह शनिबार, असोज २५, २०८२
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्