काठमाडौं– गायक तथा सारंगी वादक हेमन्त कान्छा रसाइलीको पिरती बोलको गीतको भिडिओ सार्वजनिक भएको छ।
गीतमा हेमन्त र गायिका सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ। राजकुमार बगरको शब्द तथा संगीतमा तयार गीतमा गायक स्वयमकै एरेन्ज रहेको छ।
पर्यटकीय नगरी घान्द्रुकमा छायांकन गरिएको भिडिओमा माछापुछ्रे, अन्नपूर्ण हिमशृखलाको काखैमा पुगेर हेमन्त, विजय पुन, निशा मगर र चाहाना मगरको नृत्य रहेको छ।
भिडिओमा प्रेममा परेपछिको खुशीलाई रोमान्टिक कहानीमार्फत् प्रस्तुत गरिएको छ। निर्देशक मौसम हिमालीले भिडिओलाई कलात्मक शैलीमा पस्किएका छन्। नवीन घर्ती मगरको सम्पादन रहेको भिडिओको छायांकन पवन सुसलिङले गरेका हुन्।
भिडिओ हेर्नुहोस्:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।