काठमाडौं– आगामी चैत २ देखि ६ गते (मार्च १६-२०) सम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) का जुरी कमिटीमा २ जना नेपाली कलाकर्मी मनोनित भएका छन्।
अभिनेत्री प्रियंका कार्की फिचर तर्फको जुरी सदस्यमा मनोनित भएकी हुन्। यस्तै, माया एकेडेमीका इन्द्रलाल बलामी छोटा र बृत्तचित्र जुरी कमिटीमा मनोनित भएका हुन्।
कार्की दर्जनौं चलचित्रमा अभिनय गरेकी लोकप्रिय नायिका हुन् भने माया एनिमेसन एकेडेमी र माया स्टुडियोका संस्थापक निर्देशक इन्द्र लाल बलामी चलचित्रको प्राविधिक पक्षलाई स्तरीय बनाउन भूमिका निर्वाह गर्दै आएका छन्।
यस वर्ष ‘निफ’मा छनौट भएर दोस्रो चरणमा आइपुगेका ३५ देशका ९५ लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र मध्येबाट ७ विधामा १४ वटा पुरस्कार वितरण गरिने छ। ‘निफ’मा १ दर्जन बढी रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तर्क्रिया) समेत आयोजना गरिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।