काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली छैन। जसकारण तत्काल वर्षा हुने सम्भावना पनि कम छ।
यद्यपि देशका पहाडी भू–भागमा भने आंशिक बदली रहेन विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ। तराईका भू–भागहरूमा हुस्सु तथा कुहिरो लागेको छ।
शुक्रबार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
शुक्रबार राति पनि प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेन छ। देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।