जुम्ला– भूकम्प आउने हल्ला फैलिएपछि जुम्लाका स्थानीय रातभर चिसोमा जाग्राम बसेका छन्। जुम्ला सदरमुकामका केही स्थानीय भूकम्पको हल्ला फैलिएपछि आइतबार राति सडकमै आगो तापेर जाग्राम बसेका हुन्।
यस्तै मुगुमा पनि यो हल्ला फैलिएका कारण केही स्थानीयहरु रातभर सडकमै बसेका छन्। स्थानीयलाई भूकम्पको हल्ला फैलाएर दुख दिनेलाई प्रशासनले खोजी गरिरहेको छ।
कसैले भूकम्प आउँदैछ भन्ने हल्ला फैलाएका कारण स्थानीयले दुख पाएको जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बताए। उनले हल्ला फैलाउनेको खोजी भइरहेको र फेला परेमा कारबाही गरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।