काठमाडौं– नेपाली चलचित्रकी नायिका तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी छिन्।
शनिबार बुटवलमा एक कार्यक्रमका बीच उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले उनलाई पार्टी प्रवेश गराएकी हुन्।
पार्टीको उद्देश्य एकदमै राम्रो लागेकाले आफू सो पार्टीमा प्रवेश गरेको गौतमले बताइन्। ।
सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा गौतमले आफूले सानैदेखि समाजसेवा गर्दै आएको र त्यसलाई सहज ढंगले अघि बढाउन पनि सो पार्टीमा आफू आबद्ध हुन पुगेको पनि स्पष्ट पारिन्।
नायिका गौतमले उन्मुक्ति पार्टीले बच्चा, युवादेखि वृद्धसम्मको हितमा काम गरिरहेको भन्दै प्रशंसासमेत गरिन्।
नायिका गौतम सञ्चारकर्मी ऋषि धमलाकी पत्नी हुन्। उनले केही चलचित्रमा नायिकाको भूमिका निर्वाह गरेकी छिन्। साथै निर्माणमा समेत हात हालेकी छिन्। यस्तै, उनले केही म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।