• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

क्रसर खुला गर्ने निर्णयः आयोजनाका लागि कि ‘अवैध उद्योग पोस्न?’

64x64
शेरबहादुर ऐर शुक्रबार, माघ १३, २०७९  १२:१४
1140x725

धनगढी– ‘जिल्लामा सञ्चालित पूर्वाधारका राष्ट्रिय तथा प्रदेश गौरवका आयोजनाहरू प्रभावित हुन नदिन र सरकारले संकलन गर्नुपर्ने राजश्व पनि असुल हुनुपर्छ भनेर गृह मन्त्रालयले जथाभावी सञ्चालित क्रसरलाई व्यवस्थित गर्न निर्देशन दिएको हो।’ गत शुक्रबार जिल्ला प्रशासन कार्यालयले आयोजना कार्यालय प्रमुखसँग गरेको छलफल कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको भनाइ हो यो। 

जिल्लामा क्षेत्रीय शहरी विकास आयोजना, हुलाकी सडक आयोजना, धनगढी–स्याउले–दीपायल सडक आयोजना, सुखड–भजनी–टीकापुर सडक आयोजना, रानीजमरा–कुलरिया सिंचाई आयोजना, सेती कोरिडोर लगायत थुप्रै आयोजना सञ्चालनमा छन्।

बुधबार सरकारले आयोजनाको काम प्रभावित भएको भन्दै दर्ता भएका क्रसर निर्वाध सञ्चालन गर्न दिने र अवैध क्रसर बन्द गर्ने निर्णय गर्‍यो। त्यस्तै, साविकमा विभिन्न माध्यमबाट दर्ता भएका तर, हालको मापदण्ड पूरा नगरेकाका हकमा आगामी असारसम्म सञ्चालन गर्न दिने निर्णय गर्‍यो।

जिल्लाको अवस्थाको विस्तृत विवरण अध्ययन प्रतिवेदन प्रशासनले तयार नगर्दै सरकारले आयोजना प्रभावितका नाममा अवैध रुपमा सञ्चालित क्रसरलाई सहजता गराएको छ। जिल्लामा व्यावसायिक क्रसर उद्योगभन्दा आयोजनाका नाममा सञ्चालित क्रसर उद्योग धेरै छन्। 

सहायक प्रजिअ जोशीका अनुसार अनुगमन गर्दा आयोजनाबाट सञ्चालित क्रसरहरूसँग इजाजतपत्र तथा अन्य विवरण पाइएन। जोशीले सोमबारसम्म आयोजना कार्यालयहरूलाई आयोजनाको विस्तृत विवरण पेश गर्न निर्देशन दिएका थिए। सोही अनुसार सोमबारसम्म ६ आयोजनाले विवरण बुझाएको सहायक प्रजिअ जोशीले बताए।

त्यसपछि अनुगमन टोलीले तयार पारेको प्रतिवेदनले प्रमुख जिल्ला अधिकारीको सरुवासँगै नयाँ प्रजिअ नआउँदा पूर्णता पाएको छैन।

गृह मन्त्रालयको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय कैलालीले दुई वटा स्थानीय तहको अनुगमन गर्दा दर्ता नभई सञ्चालनमा रहेका एक क्रसर तथा बालुवा प्रशोधन उद्योग, दुई बालुवा प्रशोधन उद्योग र एक आयोजनाका नाममा सञ्चालनमा रहेको क्रसरलाई बन्द गर्न निर्देशन दिएको थियो।

धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकामा एकै आयोजनाका नाममा विभिन्न ठाउँमा क्रसर राखेको अनुगमन टोलीले फेला पारेको सहायक प्रजिअ जोशीले बताए। चार वटा क्रसर उद्योगलाई बन्द गर्न निर्देशन दिएसँगै जिल्लाका अन्य पालिकामा पनि सो टोलीले अनुगमन गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

अनुगमनका क्रममा आयोजनाका नाममा खोला, वन किनारमा पनि क्रसर सञ्चालन गरिरहेको पाइएको थियो। ‘जंगल, नदी किनार सडक छेउछाउमा पनि क्रसर उद्योग राखिएको छ’, सहायक प्रजिअ जोशीले भने, ‘कतिपय क्रसर उद्योगले वातावरणीय प्रभाव मूल्यांकन नभएका ठाउँबाट पनि नदीजन्य पदार्थ संकलन तथा उत्खनन् गरेको पाइएको छ।’

प्रशासनले क्षेत्रीय सघन शहरी विकास आयोजनाको ठेक्कामा काम गरिरहेको कालिका कन्स्ट्रक्सनले विभिन्न ठाउँमा क्रसर सञ्चालन गरेको पाएको थियो। यस्तै, रानीजमरा–कुलरिया सिंचाई आयोजना, सुखड–भजनी–टीकापुर सडक आयोजना, हुलाकी सडक आयोजना लगायत जिल्लामा सञ्चालित आयोजनाको ठेक्का पाएको ठेकेदारले विभिन्न ठाउँमा क्रसर राखेको फेला पारेका थिए। प्रशासनले तयार पारेको प्रतिवेदन भने सार्वजनिक गरेको छैन।

सहायक प्रजिअले छलफलका क्रममा आयोजनाका नाममा क्रसर राखिएको तर, त्यहाँ संकलन गरिएको नदीजन्य सामाग्री अन्यत्र विक्री वितरण गरिएको फेला पारेको बताएका थिए। यसका साथै आयोजना सम्पन्न भएपनि क्रसर नहटेको भेटिएको थियो।

उनका अनुसार कैलालीको जानकी गाउँपालिकामा रहेको आयोजनाको नामको क्रसर कुन आयोजना र कसले सञ्चालन गरिरहेको भन्ने पुष्टि हुन सकेन। जोशीले आयोजनाको काम सम्पन्न भएको पाइएको बताए। उनले भने, ‘तर न कुनै कागजपत्र भेटिए, न ठेकेदार नै सम्पर्कमा आए।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बन्द नहुँदै आयोजना कसरी प्रभावित?
गत २० पुसमा गृह मन्त्रालयले अवैध क्रसर बन्द गर्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो। सोही अनुसार जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा सञ्चालित क्रसर उद्योगहरूको अनुगमन सुरु गरेको थियो।

सोही क्रममा जिल्लामा चार वटा क्रसर अवैध भेटिएपछि बन्द गर्न पत्र जारी गरियो। आयोजनाका नाममा सञ्चालित क्रसरहरूको विकल्पका लागि आयोजना कार्यालयहरूसँग विवरण माग गरेको थियो। तर, सरकारले आयोजना प्रभावित भएको भन्दै बन्द गर्न दिएको निर्देशनबाट पछि हट्यो।

आयोजनाबाट सञ्चालनमा रहेका क्रसर उद्योगमा आयोजनालाई चाहिने मात्रामा नदीजन्य पदार्थ संकलित छन्। जिल्लामा आयोजनाका कामको भौतिक प्रगति सन्तोषजनक नरहेपनि आयोजनाका नाममा खोलिएका क्रसरहरूले असोज १ गतेदेखि नै नदीजन्य पदार्थ उत्खनन् गर्दै आएका छन्। आयोजनाका क्रसरहरूमा हेर्दा नदी तथा जंगल छेउछाउमा ढुङ्गा, गिट्टी, बालुवा संकलन भएको देखिन्छ। 

तर, सरकारले आयोजना बन्द गर्न निर्देशन दिएको तेस्रो सातामै आयोजना प्रभावित भएको भन्दै निर्माण व्यवसायीहरू विरोधमा उत्रिए।

यसअवधिमा आयोजनाहरूले निर्माण कार्य अघि पनि बढाएका थिएनन्। धनगढीको वडा नम्बर ४ चटकपुर र वडा नम्बर ८ क्याम्पसरोड क्षेत्रीय सघन शहरी आयोजनाअन्तर्गत निर्माणाधीन छन्। आयोजनाले धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित खुलामञ्चमा निर्माण सामग्री संकलन गरेको छ। यसका साथै वडा नम्बर ११ र गोदावरीमा पनि क्रसर राखेको छ। गृह मन्त्रालयले क्रसर बन्द गराउन परिपत्र गरेयता सो सडकमा काम भने भएको छैन। 

कार्यालय प्रमुख नै ठेकेदारप्रति राख्दैनन् निगरानी
नदीजन्य पदार्थ उत्खनन्, संकलन तथा ओसार पसार मापदण्डले आयोजनाका नाममा सञ्चालित क्रसरहरूको निगरानी, व्यवस्थित गराउने जिम्मामा आयोजना कार्यालयलाई तोकिएको छ। तर, कैलालीमा सञ्चालित क्रसरको अनुगमन, नियन्त्रण तथा व्यवस्थापनतर्फ आयोजनाको कार्यालय भने गम्भीर भएका छैनन्।

सहायक प्रमुख जिल्ला अधिकारी जोशीले आयोजना प्रमुख तथा प्रतिनिधिसँग सिफारिस र समन्वयका नाममा आयोजनाका क्रसर सञ्चालन भइरहेको बताए। उनले स्थानीय तहको सिफारिस र आयोजना कार्यालयले क्रसर राख्न समन्वय गरिदिन भनेका पत्र देखाउँदै मनोमानी ढंगले क्रसर सञ्चालन भएको बताए। 

ती आयोजनाका नाममा सञ्चालन रहेका क्रसरले अन्यत्र विक्री वितरण गरेको पनि फेला पर्‍यो। तर, आयोजना कार्यालयका प्रतिनिधि भने बचाउमा उत्रिए। उनीहरू भन्दै थिए, ‘हाम्रो काम भौतिक प्रगति, काम गुणस्तरीय भयो या भएन निगरानी गर्ने हो। क्रसर कहाँ छ भन्नेसँग ध्यान दिने होइन।’ 

यो पनि पढ्नुहोस् :
क्रसर डनको आतंक : टिन ठटाएर सीडीओ लखेट्नेदेखि एसपी सरुवा गराउनेसम्मका खेल !
क्रसरहरू कानुनभन्दा माथि हो?
ढुंगा, गिट्टी उत्खननसम्बन्धी मापदण्ड संशोधनसँगै बस्ती छिर्दै क्रसर
क्रसरको पीडा: ४ वर्षदेखि न्यायका लागि लड्दै महतो परिवार, उल्टै अभियुक्तहरुको धम्की र मुद्दा
 
मापदण्ड विपरीत क्रसर उद्योगः वातावरण र बस्ती जोखिममा, दुर्घटना भए ‘दैवी प्रकोप’को नाम

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १२:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएक... बिहीबार, असोज ८, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संसद्मा बोल्दै तीनवटै सुरक्षा निकायका लागि जलविद्युत् आयोजनामा २ प्रतिशत हिस्सा... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्