काठमाडौं– संघीय संसद् भवन अगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको उपचार चलिरहँदा प्रोटोकल फलो नगरी आईसीयूमा छिरेको र क्यामेराम्यान समेत लगेर भिडियो खिचेको भन्दै आलोचना भएपछि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा तोसिमा कार्कीले स्पष्टीकरण दिएकी छन्।
सामाजिक सञ्जालमा लामो सन्देश लेख्दै कार्कीले आचार्यलाई भेट्न जाँदाको अवस्था, उपचारका क्रममा उनको परिस्थिति तथा त्यहाँ भएको कुराकानीबारे समेत उल्लेख गरेकी छन्।
‘राज्य छैन भनेर आत्मदाहसम्मको प्रयास गरेका यो देशको नागरिकलाई ‘ऊ चाँडै नै यो संसार छोड्दैछ’ भन्ने थाहा भएरै, उनका आँखाहरु सधैँका लागि बन्द हुनु अगावै, उनका बोली सधैँको लागि रोकिनु अगावै... म उहाँलाई भेट्न पुगेको थिँए। भोलिपल्ट बिहानै उहाँ बित्नुभएछ। धन्न मैले ढिला गरिनछु...,’ कार्कीले आफ्नो सन्देशमा लेखेकी छन्।
आफूपनि अनुमतिप्राप्त सर्जन तथा बर्न (जलन)का बिरामी समेत हेर्ने गरेको अनुभवका आधारमा पनि ८० प्रतिशत बढी जलन भइसकेका प्रेमप्रसादलाई बचाउन ‘चमत्कार’ भए मात्रै सम्भव रहेको अवस्था बुझेर आफू अस्पताल गएको कार्कीले उल्लेख गरेकी छन्।
‘म आफैँ लाइसेन्स्ड जनरल सर्जन, बर्नका बिरामीहरु म आफैंले पनि हेर्ने गरेको कारण। मैले बुझेको थिएँ ८० प्रतिशतभन्दा बढी बर्न भइसकेको अवस्थामा उहाँलाई बचाउन अब कुनै चमत्कार भए मात्र सम्भव थियो,’ कार्कीले लेखेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।