काठमाडौं– कलाकार दीपकराज गिरी सामाजिक सञ्जालमा प्राय: सक्रिय हुन्छन्।
उनी समसामयिक विषय र मुद्दामा आफ्ना धारणा फेसबुकमार्फत् व्यक्त गरिहाल्छन्। विशेषगरी राजनीतिक टिकाटिप्पणी गर्न उनी माहिर छन्।
मंगलबार गिरीले फेसबुकमा गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन केन्द्रित स्टाटस लेखे।
उनले अब ५ वर्ष उनीहरूलाई विश्वास गरिदिन आग्रह गरेका छन्।
‘हामीले कांग्रेस, एमाले र माओवादीलाई वर्षौं विश्वास गर्यौं। अब रवि बालेनहरू आएका छन्। उनीहरूलाई कमसेकम ५ वर्ष त विश्वास गरौं,’ गिरीले लेखेका छन्।
दुवै नेताको यतिबेला आलोचना हुन सुरु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।