• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको कांग्रेसका सम्भावित तीन पात्र

64x64
डिबी खड्का सोमबार, माघ ९, २०७९  १९:२३
1140x725

काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ। सोमबार बिहान बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा राष्ट्रपतिमा पार्टीको तर्फबाट उम्मेदवारी दिने निष्कर्ष निकालिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। 

राष्ट्रपति निर्वाचनका लागि अन्य दलहरूसँग पनि छलफल गर्ने निष्कर्ष कांग्रेसले निकालेको महतले बताए। राष्ट्रपति निर्वाचन समयमै हुनुपर्ने पनि कांग्रेस बैठकले निष्कर्ष निकालेको छ। सभामुख र उपसभामुखमा उम्मेदवारी दिएर पनि परिणाम पक्षमा पार्न नसकेको कांग्रेसले राष्ट्रपतिमा भने रणनीतिक चालसहित उम्मेदवार अघि सार्ने तयारी केही दिनदेखि नै गरिरहेको छ। 

गत माघ ४ गते नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताएका थिए। संघीय संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरूलाई प्रतिक्रिया दिने क्रममा उनको भनाइ थियो, ‘राष्ट्रपति नेपाली कांग्रेसले प्रस्ताव गरे बमोजिमको व्यक्ति बन्नुहुनेछ।’

‘प्रचण्डले सकारात्मक जवाफ दिइसक्नुभएको हो?’ भन्दै उनलाई पत्रकाहरूले प्रतिप्रश्न गरेका थिए। महामन्त्री शर्माले थपे, ‘अहिलेलाई यति मात्र कुरा गरौं, यसमा धेरै टिप्पणी गर्नु उचित हुँदैन। अहिले हामी सभामुखको चरणमा छौं, सभामुखको चरण सकिएपछि राष्ट्रपतिको समय आउँछ।’

राष्ट्रपतिको निर्वाचनको चरण आइपुगेको छ तर समय भने अझै छ। त्यसैले पात्रको छलफलमा दलहरू घनीभूत रुपमा सक्रिय छैनन्। तर, आकांक्षीहरूले शक्ति केन्द्र धाउने तथा लाइन मिलाउने क्रम यसअघिदेखि नै जारी छ। 

‘राष्ट्रिय सहमति’ले जन्माएको आशंका
सत्ता साझेदार दलहरूले हालसम्म भागबन्डा अनुसारकै पदहरू लिइरहेका छन्। यही हिसाबले आगामी राष्ट्रपति नेकपा एमालेले प्राप्त गर्नेछ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमति अनुसार एमालेले राष्ट्रपतिको उम्मेदवार उठाउने बताएका छन्। माघ ५ गते संसद्‌बाट बाहिरिँदै गर्दा ओलीले भने,  ‘नेकपा एमालेले उम्मेदवार उठाउँछ हाम्रो सहमति त्यही हो। त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ।’

अध्यक्ष ओलीले राष्ट्रपतिमा एमालेकै उम्मेदवार बनाउने बताएपनि पछिल्ला दिनहरूमा सम्भावित नाममाथिको छलफलमा रोक लगाइएको छ। एमालेभित्रका दुई समूहले फरक व्यक्ति प्रस्ताव गर्न थालेपछि राष्ट्रपतिको नाम टुंगोमा पुर्‍याउने विषय स्थगित गरिएको हो। एमालेबाट राष्ट्रपतिका लागि सत्ता साझेदादर दल (विशेष गरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड)को संकेतअनुसारकै उम्मेदवार बन्ने तेस्रो तहका एमाले नेताहरूको बुझाइ छ। राष्ट्रपतिका लागि संविधान सभा अध्यक्ष सुवास नेम्वाङका साथै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र डोरमणि पौडेलको नाम यसअघि चर्चामा आएको थियो।

सभामुख र उपसभामुखको निर्वाचनसम्म सत्ता साझेदार दलको भागबन्डाको सहमतिलाई अक्षरस: पालना गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा भने राष्ट्रिय सहमति खोजिने संकेत गरिरहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

माघ ५ गते प्रतिनिधि सभाबाट निस्किदै गर्दा प्रचण्डको भनाइ थियो, ‘आज सभामुखको निर्वाचन भयो। सबै कुरा थाहा पाउनुभयो,  हामी सत्ता साझेदार दलहरू सबै एक ठाउँमा उभियौं। प्रमुख प्रतिपक्षले पनि उम्मेदवार उठायो। प्रतिष्पर्धा भयो। बहुमतले सभामुख निर्वाचित भएको घोषणा भयो। भोलि उपसभामुखको निर्वाचन हुन्छ। आजकै प्रक्रियामा हुन्छ। राष्ट्रपतिको कुरा बाँकी रहेको छ। हामी सत्ता साझेदार र मेरो पनि सकेसम्म कुनै समझदारी बनिदिए हुने थियो भन्ने कोशिस छ। हामी त्यो कोशिस जारी राख्छौं।’

प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक राष्ट्रिय सहमतिको कोशिस जारी राख्ने प्रतिक्रिया दिएका हुन्। एउटै भनाइ दोहोरीरहँदा एमालेजनमा भने शंका उत्पन्न भएको छ। कांग्रेस महामन्त्री शर्माले ‘कांग्रेसले प्रस्ताव’ गरेको व्यक्ति राष्ट्रपति बन्ने भनाइको वस्तुनिष्ठता केलाउने प्रयासमा एमाले नेताहरू छन्। 

एमालेजनहरू केही नामलाई लिएर सशंकित छन्। महामन्त्री शर्माले कांग्रेसको नेता नभनेर ‘कांग्रेसले प्रस्ताव गरेको’ वाक्य प्रयोग गरेकाले कांग्रेसले प्रचण्डलाई दबाब सिर्जना गर्ने पात्र अघि सार्ने तयारी गरेको एमालेका नेताहरूको बुझाइ छ। 

कांग्रेसले अघि सार्न सक्ने तीन पात्र
एमालेको बुझाइअनुसार नै कांग्रेसमा तीन पात्रहरूलाई लिएर छलफल भइरहेको एक कांग्रेस नेता बताउँछन्। तर, चुनावअघिदेखि नै राष्ट्रपतिमा रुचि देखाएका रामचन्द्र पौडेल भने दौडबाट बाहिरिएका छन्। कांग्रेसले त्यस्ता पात्रको खोजी गर्दैछ, जसले प्रचण्डलाई सत्ता साझेदार दलबाट बाहिर निस्किन सघाउनेछ। प्रचण्डले पहिल्यै राष्ट्रपतिमा सघाउने सुनिश्चितता गर्दा सभापति शेरबहादुर देउवालाई नै अघि सार्नेगरी कांग्रेसको एक समूहले छलफल चलाएको छ। देउवानिकट एक नेताका अनुसार यसमा प्रशस्त छलफल भइसकेको छैन तर, एउटा विकल्पका रुपमा सामान्य कुराकानी अघि बढाइएको हो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

केही दिनअघि सम्पादकहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले आफूलाई देउवाको अति माया लाग्ने बताएका थिए। पुस ३० गते बालुवाटारमा गरिएको भेटघाटमा प्रचण्डको भनाइ थियो,  ‘मलाई शेरबहादुर देउवाको औधि माया लाग्छ। विश्वासको मत दिएपछि उहाँप्रति  झन् विश्वासको जागेको छ।’

देउवा नै राष्ट्रपतिका लागि तयार हुने अवस्थामा प्रचण्ड आफैंले राष्ट्रपतिमा सर्वदलीय सहमति खोज्न सक्ने कांग्रेसको विश्वास छ। देउवाइतर पक्षले सक्रिय राजनीतिबाट देउवा बहिर्गमन हुने हुँदा सकारात्मक रुपमा लिएको छ भने देउवा पक्षले थप शक्ति आर्जनका रुपमा यसलाई लिइरहेको छ। 

दोस्रो विकल्पका रुपमा कृष्णप्रसाद सिटौला अघि सारिने एक कांग्रेस नेता बताउँछन्। शान्तिप्रक्रिया सफल पार्न सुरुदेखि नै सक्रिय सिटौला संविधान मस्यौदा समितिका सभापति थिए। उनले संविधान निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुका साथै दलहरूबीचको पुलका रुपमा समेत काम गरेका थिए। जसका कारण संविधान निर्माण हुन सकेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बुझाइ छ। उनले बेलामौकामा सिटौलाको प्रशंसा समेत गर्ने गरेका छन्।

प्रचण्डले २०७५ साल मंसिर २५ गते सिक्लेसमा सिटौलालाई समेत लिएर गएका थिए। त्यो बेला प्रचण्डले सिटौलाको सहयोग सम्झिदै भनेका थिए, ‘उहाँ गृहमन्त्रीको पदमात्रै दाउमा राखेर होइन, उस्तै परेको भए ज्यानै जान सक्थ्यो। जनमुक्ति सेनाको विशाल पंक्ति थियो, हतियार थियो हामीसँग। जोखिम उठाएर बिनापुलिस, एउटा शेखर कोइरालालाई लिएर आउनुभएको थियो। उहाँलाई गिरिजाबाबुको आडभरोसा थियो। उहाँको आफ्नै बुझाइ पनि शान्ति र लोकतन्त्रको लागि हामी अगाडि जानुपर्छ भन्ने थियो। संविधान बनाउने बेलामा पनि धेरै घेराबन्दी र अप्ठ्यारा थिए। मस्यौदा समितिको संयोजकको हैसियतले उहाँको सक्रिय भूमिका त्यहाँ पनि रहृयो।’ 

यी दुई नामले पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सत्ता साझेदार दलसँगको सम्बन्ध दाउमा राख्ने अवस्थामा पुर्‍याएन भने तेस्रो नाम अर्थात् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईमा अघि बढ्न सक्छ। त्यसबाट कांग्रेसले राष्ट्रपति गुमाएपनि सत्ता साझेदार दलहरूबीच चिसो पैदा हुने अवस्था सिर्जना हुने आकलन गरेको छ। 

सत्तारुढ दल नेकपा एमाले पनि डा भट्टराईको नाममा सशंकित छ। कांग्रेस महामन्त्री शर्माको ‘कांग्रेसले प्रस्ताव गरेको’ व्यक्ति राष्ट्रपति हुने भनाइको नजिक डा भट्टराईको नाम रहेको एमाले नेताहरूको बुझाइ छ। गएको निर्वाचनबाटै संसदीय राजनीति त्यागेका भट्टराईलाई कांग्रेसले नै अघि सार्दा प्रचण्ड आफ्नो उम्मेदवारलाई मत दिन बाध्य हुने बुझाइ कांग्रेसको छ।

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  १९:२३
  • #राष्ट्रपति निर्वाचन
  • #शेरबहादुर देउवा
  • #बाबुराम भट्टराई
  • #कृष्ण सिटौला
  • #प्रचण्ड
  • #केपी शर्मा ओली

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित कर्णाली प्रदेश संसदीय दलका नेतासमेत रहेका शाहीले ३ हजार ९०६ मत प्राप्त गर्दै सहमहामन्त्री पद जितेका हुन्। मंगलबार, असोज २७, २०८३
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ समिति बैठकको सुरुमै समिति सभापति बोधनारायण श्रेष्ठले सकेसम्म नेपाली भासामा बोल्न रुलिङ गरेका छन् । मंगलबार, असोज २७, २०८३
प्रदेशको खुट्टा बाँधेर दोष मात्रै लगाइन्छ : मुख्यमन्त्री पाण्डे विराटनगरमा आयोजित मुख्यमन्त्री सम्मेलनमा बोल्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन्। मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित मंगलबार, असोज २७, २०८३
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप मंगलबार, असोज २७, २०८३
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो मंगलबार, असोज २७, २०८३
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ मंगलबार, असोज २७, २०८३
प्रदेशको खुट्टा बाँधेर दोष मात्रै लगाइन्छ : मुख्यमन्त्री पाण्डे मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्