• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १९, २०८३ Thu, Nov 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

यती एयर विमान दुर्घटना: प्रहरीका ‘स्केच आर्टिस्ट’ को सहयोगमा शव पहिचान!

64x64
नेपाल लाइभ आइतबार, माघ ८, २०७९  १८:१९
1140x725

काठमाडौं- पोखरामा दुर्घटनाग्रस्त यती एयरको जहाजमा सवार यात्रुहरुको शव काठमाडौं ल्याएर पोष्टमार्टम गर्दै सनाखत गरेर सम्बन्धित परिवारको जिम्मा लगाउने काम भइरहेको छ।

यतीको एन ९–एएनसी एटीआर–७२ को विमान माघ १ गते पोखरामा जाने क्रममा पोखराको नयाँ एयरपोर्ट नजिकैको सेती नदीको किनारामा दुर्घटनाग्रस्त भएको थियो। चालक दलका चार सदस्यसहित ७२ जना सवार जहाजमा सबैको मृत्यु भएको थियो। 

मृत्यु भएकामध्ये केहीको शव तत्कालै पहिचान गरेर आफन्तलाई बुझाइएको थियो। बाँकी ४८ शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौं ल्याइएको थियो। काठमाडौं ल्याइएका ४८ शवमध्ये ३४ वटा शव पहिचान गरेर आफन्तको जिम्मा लगाइएको छ। अझै १४ वटा शव पहिचान गरेर बुझाउन बाँकी रहेको त्रिवि शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालकुमार चौधरीले बताए।

शव अत्यधिक जलेको र टुक्रा–टुक्रा भएको हुनाले पहिचान गर्न निकै गाह्रो भएको छ। शव पहिचान गर्न समस्या भएपछि टिचिङ अस्पतालले प्रहरीको समेत सहयोगमा शव पहिचानको काम गरिरहेको छ। शव पहिचानमा समस्या भएपछि पोष्टमार्टममा संलग्न डाक्टरहरुले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसँग सहयोग मागेका थिए।

त्यसपछि अपराध अनुसन्धान कार्यालयका दुई प्रहरी अधिकारीहरुले शव पहिचानका लागि सहयोगी भएर काम गरिरहेका छन्। उनीहरु दुई जना हुन् प्रहरीका स्केच आर्टिस्ट, बरिष्ठ सई योगेश महर्जन र सोको अफिसर तथा सोको फोटोग्राफर असई सिर्जनामाया मगर। यसअघि पनि विभिन्न दुर्घटनाहरुको शव पहिचानका लागि खटाइएका महर्जन गत जेठमा मुस्ताङमा भएको तारा एअरको विमान दुर्घटनाका शवहरु पहिचानका लागि पनि खटिएका थिए। 

काठमाडौं ल्याइएकामध्ये ३३ वटा शव पहिचान हुन बाँकी रहेपछि प्रहरीलाई खबर गरिएको थियो। त्यसपछि स्केच आर्टिस्टको तालिम नै दिइरहेका बरिष्ठ सई महर्जन र असई मगर त्रिवि शिक्षण अस्पताल गएर सहयोगी भूमिका निभाएका छन्।

टुक्रा–टुक्रा अवस्थामा रहेको शवहरूका विभिन्न हुलिया, बडी पार्टहरूको, दाग, खत, औंलाका भाग जस्ता चिन्ह सहज हुने किसिमका हुलियाहरूको तस्बिर खिच्ने काम स्केच उनीहरूले गरेका छन्। 

त्यसपछि मृतक परिवारसँगको सोधपुछ र बडिपार्टसँग मेल खान हुलियालाई आधार मानेर शवको पहिचान गरिरहेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ। स्केच नै बनाएर शरीरको भागसँग मेल खाने हुलिया भएको अवस्थामा पनि शवको पहिचान गर्नुपर्ने अवस्था रहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

पहिचान हुन नसकेका शवहरूको टुक्रा–टुक्राको फोटा खिचेर आफन्तसँगको सोधपुछमा म्याच गराइएको छ। फोटा खिच्ने, आफन्तले दिएको हुलिया अनुसारको स्केच बनाउने र स्केचअनुसार बडी पार्टहरु खोजेर मिलाउने काम अहिले भइरहेको छ। 

स्केच आर्टिस्टले काम गर्दासम्म ३३ वटा शव पहिचान हुन बाँकी थियो। अहिले भने जम्मा १४ वटा शवमात्रै पहिचान हुन बाँकी रहेको छ।

भूकम्पको बेला पनि महर्जनको फोटोग्राफी र स्केचबाट धेरै मानिसको शव पहिचान भएर आफन्तलाई जिम्मा लगाइएको थियो । भूकम्पको बेला साढे ३ सय शवहरु सनाखत परिवारलाई बुझाइएको थियो । महर्जनले त्यतिबेला गरेको काम देखेरै त्रिवि शिक्षण अस्पतालका डाक्टरले उनलाई युएस बंगला विमान दुर्घटना हुँदा पनि बोलाएका थिए । 

महर्जन यसअघि पनि विमान दुर्घटनाका मृतकहरूको शवको पहिचान गर्नका लागि सहयोगी भूमिकामा थिए। सन् २०१८ को मार्च १२ मा युएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो। त्यतिबेला ५१ जनाको मृत्यु भएको थियो। त्यतिबेला पनि त्रिविका डाक्टरले नै महर्जनलाई शव पहिचानका लागि सहयोगी हुने भन्दै बोलाएर त्रिवि लगेका थिए। त्यसपछि उनले खिचेका फोटोग्राफी र हुलियाबाट शव पहिचान गर्न धेरै सहयोग भएको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सोको फोटोग्राफीमा अब्बल मानिएकी सिर्जनामाया मगर पनि शव पहिचानका लागि सहयोगी भएर काम गरिरहेकी छिन्। खासमा यो पटक शव पहिचानका लागि योगेशको भन्दा सिर्जनाको भूमिका ठूलो छ। याेगेश तालिममा भएकाले त्यति धेरै समय दिन पाएको छैनन्। 

प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  १८:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुर बोल्ट्सलाई हराउँदै लुम्बिनी लायन्सको अपराजित यात्रा जारी
भिडियो सन्देश जारी गर्दै गगनले भने– पार्टीको आधिकारिकता विवादमा एक सुका आर्थिक लेनदेन भएको छैन
लुम्बिनीद्वारा जनकपुरलाई १५० रनको लक्ष्य
सम्बन्धित सामग्री
भिडियो सन्देश जारी गर्दै गगनले भने– पार्टीको आधिकारिकता विवादमा एक सुका आर्थिक लेनदेन भएको छैन बिहीबार, कात्तिक १९, २०८३
आइजीपी फेरेसँगै प्रधानमन्त्री बालेनले गरे सुरक्षा अंगका प्रमुखहरुसँग छलफल, मुलुकको सुरक्षा अवस्थाबारे लिए ब्रिफिङ प्रधानमन्त्रीले देशको सुरक्षालाई थप सुदृढ पार्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको आपसी समन्वय, सूचना आदानप्रदान र स... बिहीबार, कात्तिक १९, २०८३
बालेनका सुरक्षा सल्लाहकार कार्की सरकार विरुद्ध सर्वोच्च अदालतमा प्रधानमन्त्री वालेन्द्र शाह बालेनको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्र... बिहीबार, कात्तिक १९, २०८३
ताजा समाचारसबै
जनकपुर बोल्ट्सलाई हराउँदै लुम्बिनी लायन्सको अपराजित यात्रा जारी बिहीबार, कात्तिक १९, २०८३
भिडियो सन्देश जारी गर्दै गगनले भने– पार्टीको आधिकारिकता विवादमा एक सुका आर्थिक लेनदेन भएको छैन बिहीबार, कात्तिक १९, २०८३
लुम्बिनीद्वारा जनकपुरलाई १५० रनको लक्ष्य बिहीबार, कात्तिक १९, २०८३
आइजीपी फेरेसँगै प्रधानमन्त्री बालेनले गरे सुरक्षा अंगका प्रमुखहरुसँग छलफल, मुलुकको सुरक्षा अवस्थाबारे लिए ब्रिफिङ बिहीबार, कात्तिक १९, २०८३
लक्ष्मीपूजाका लागि नयाँ सिक्का साट्न सर्वसाधारणको भीड बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आईजिपीबाट हटाइएका दानबहादुर कार्कीसँग अब के छन् विकल्प ? यस्तो छ सर्वोच्चमा चर्चित दुई नजिर बुधबार, कात्तिक १८, २०८३
हटाइएका कार्कीको अनुपस्थितिमा नयाँ आईजीपी केसीलाई गृहमन्त्री गुरुङले लगाइदिए दर्ज्यानी चिह्न बुधबार, कात्तिक १८, २०८३
सरकारले हटाएका आइजीपी कार्की अदालत जाने बुधबार, कात्तिक १८, २०८३
किन बस्दैछ कांग्रेसको आकस्मिक बैठक ? बुधबार, कात्तिक १८, २०८३
नयाँ आइजीपीबारे ओलीले के भने ? बुधबार, कात्तिक १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै हिँडेका फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्