काठमाडौं- अभिनेता विपिन कार्कीले सरकारका नवनियुक्त दुई मन्त्रीसँग भेट गरेका छन्।
उनले बुधबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललाई भेटेर बधाई दिएका हुन्।
उनले फेसबुक पोस्टमार्फत् दुई मन्त्रीलाई भेटेर बधाई दिएको तस्बिर सार्वजनिक गरेका छन्।
उनले लेखेका छन्, ‘ऊर्जावान र मुलुक हितको सोच बोकेका मन्त्रीहरूलाई स्वागत गर्दै। नयाँभन्दा पनि राम्रो मुलुकको अपेक्षा, जय राष्ट्र।’
यसअघि विपिनले खासै राजनीतिक व्यक्तित्वहरूसँगको तस्बिर सार्वजनिक गरेको पाइन्न।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।