• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन ८, २०८३ Fri, Jul 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

हार्ने निश्चित हुँदाहुँदै सभामुखमा कांग्रेसको उम्मेदवारी किन?

64x64
नवीन झा बिहीबार, माघ ५, २०७९  २०:३६
1140x725

काठमाडौं- बिहीबार प्रतिनिधि सभाको सभामुखमा एमालेका सांसद देवराज घिमिरे निर्वाचित भएका छन्।

घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमा मतदान हुँदा उनको पक्षमा १६७ मत पर्‍यो। विपक्षमा १०० मत पर्‍यो। तटस्थमा १ मत पर्‍यो। सभामुख निर्वाचनका लागि दलहरुबीच भएको गठबन्धनको प्रकृति हेर्दा घिमिरेको जित निश्चित जस्तै थियो। त्यसैले बुधबार उम्मेदवारी दर्ता गर्दा नै उनमा आत्मविश्वास देखिन्थ्यो।

उम्मेदवारको क्रममा पहिलो नम्बरमा रहेका घिमिरे नै निर्वाचित भएपछि नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेका लागि मतदान भएन। तर, घिमिरेको विपक्षमा खसेको मतबाटै उनले पाउने मतको आकलन गर्न सकिन्छ। हार्ने निश्चित भएको उम्मेदवारमा कांग्रेसले कसैलाई अघि सार्छ वा सार्दैन भन्नेमा उम्मेदवारी दर्ता गर्ने अन्तिम समयसम्मै अन्यौल थियो। अन्तिमतिर, न्यौपानेको उम्मेदवारी दर्ता भएको थियो।

२०७४ को निर्वाचनपछि प्रतिनिधि सभामा एमाले र माओवादी केन्द्रको प्रष्ट बहुमत देखिँदा कांग्रेसले सभामुख सर्वसम्मत हुनुपर्छ भनेर उम्मेदवारी दिएको थिएन। तर यसपटक भने ऊ पनि प्रतिस्पर्धाका लागि अघि सर्‍यो। हार निश्चित हुँदाहुँदै सभामुखमा कांग्रेसको प्रतिस्पर्धा किन त? कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा भन्छन्, ‘हामी सरकारमा नभए पनि यो प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल कांग्रेस छ भन्ने कुरा बिर्सिनुहुँदैन।’

प्रतिनिधि सभाका सबैभन्दा ठूलो दलको हैसियत कांग्रेससँगै भएकाले आफूहरुले राष्ट्रपति, प्रधानमन्त्री र सभामुखमा दाबी गर्दा कुनै गलत नगरेको बताउछन्, शर्मा।

प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल कांग्रेस नेतृत्वकै गठबन्धबाट प्रधानमन्त्री हुन नपाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेको प्रमुख सहयोगमा प्रधानमन्त्री बनेका थिए। पुस १० मा उनले प्रधानमन्त्रीमा दाबी गर्न जानुअघि एमालेलाइ राष्ट्रपति र सभामुख दिने सहमति भएको बताइएको छ। तर प्रधानमन्त्रीले पुस २६ मा विश्वासको मत लिँदा कांग्रेसले पनि मत दिएकाले प्रचण्डले पुनः कांग्रेसलाई आफ्नै वृत्तभित्र राख्न चाहेका छन्। राष्ट्रपति कांग्रेसलाई दिन सके शक्ति सन्तुलन मिल्ने उनको सोच देखिन्छ। जसप्रति एमाले भने सशंकित भएको छ।

विश्वासको मत माग्न पुस २५ गते साँझ प्रधानमन्त्री प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवाकै निवास पुगेका थिए। त्यहीँ भएको छलफलपछि नै कांग्रेसले २६ गते प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो। धेरैले यसलाई सभामुख र राष्ट्रपतिमा कांग्रेसले ‘खेल्न’ चाहेको आकलन गरेका थिए। विस्तारै कांग्रेस नेताहरुले नै प्रधानमन्त्रीले सभामुख र राष्ट्रपतिमध्ये एक पद कांग्रेसलाई दिलाउने वाचा गरेको सार्वजनिक गर्न थालेका छन्। जुन कुरा बिहीबार संसद् भवनमा कांग्रेस महामन्त्री शर्माले पनि बताए। शर्माले नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदै गर्दा केही न केही आधार नभइकन नदिएको बताए। यद्यपि, सभामुख निर्वाचनमा कांग्रेसले कुनै प्रत्यक्ष लाभ पाएन। माओवादी केन्द्रको साथ पनि पाएन।

Devraj-Ghimire-and-Ishwari-Nyaupane1674046776.jpg

nimb
nimb
Ncell 2
Ncell 2

कांग्रेसका नेताहरुले अब आफूहरु राष्ट्रपति निर्वाचनमा केन्द्रित भएको जिकिर गरेका छन्। सभामुखको उम्मेदवारी दिँदा न्यौपानेको प्रस्तावक समेत बसेका महामन्त्री शर्माले शीतल निवासमा कांग्रेसले सिफारिस गरेको व्यक्ति जाने दाबी गरेका छन्। शर्माले हालका राष्ट्रपतिको कार्यकालबाट सबै परिचित भएको भन्दै शीतल निवासमा कांग्रेसको विकल्प नभएको पनि बताए।

नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले अब आफ्नो पार्टीको सम्पूर्ण ध्यान राष्ट्रपतिमा कसरी आफ्नो उम्मेदवार जिताउने भन्नेमा केन्द्रित हुने बताए। पौडेल भन्छन्, ‘हामी सभामुख जस्तै राष्ट्रपतिमा पनि आफ्नो पार्टीको उम्मेदवारी दिन्छौँ र त्यसलाई जिताउनेतर्फ अब सम्पूर्ण शक्ति लगाउँछौ।’

कांग्रेस महामन्त्री शर्मा र नेता पौडेल दुवैले कांग्रेसको नजर अब शीतल निवासतिर रहेको बताएका छन्। जानकारहरुका अनुसार, नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनकै लागि अहिलेदेखि ध्रुवीकरण होस् भन्ने उद्देश्यले सभामुखमा हार्ने निश्चित भए पनि उम्मेदवारी दिएको बताउछन्। बिहीबार सभामुखको निर्वाचनमा कांग्रेसले एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चाको साथ पाएको छ। हुन त कांग्रेसले सभामुखमा उम्मेदवारी दिनुअघि जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीलाई पनि आफ्नो पक्षमा उभ्याउने गरी संवाद गरेको थिए। तर ती पार्टीले तत्काल सघाउन नसके पनि राष्ट्रपति निर्वाचनमा सोच्न सकिने बताएका छन्।

नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दर्ता गर्नुअघि प्रधानमन्त्री प्रचण्डसँग समेत संवाद गरेको थियो। बुधबार प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवासँग फोनमा संवाद गरेका थिए भने बिहीबार बिहान कांग्रेस नेता रामचन्द्र पौडेललाई बालुवाटार नै पुगेका थिए।

गत मंगलबार पनि प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक गरेर सभामुख र राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्दै अघि बढ्ने प्रस्ताव गरेका थिए। जसप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले असहमति राख्दै बैठकबाटै बाहिरिएका थिए। जानकारहरुका अनुसार, एमालेबाट राष्ट्रपति बनाउन नहुनेमा प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसबीच समझदारी भइसकेको छ। तर त्यसको सफल कार्यान्वयन कसरी हुन्छ भन्नेचाहिँ प्रष्ट छैन। किनकि, त्यसो हुनासाथ प्रचण्डको कुर्सीमा धेरथोर धक्का लाग्नेछ।
 

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  २०:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
अहिलेको राजनीतिक परिस्थिति जटिल हुनुमा हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिले राष्ट्रिय स्वाधीनतामाथि चर्को दबाब र हस्तक्षेप भएको भन्दै प्रतिक्रान्तिकारी र प्रतिगाम... शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी प्रधानन्यायाधीश मनोजकुमार शर्मा भारत भ्रमणमा गएपछि मल्ललाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी तोकिएको हो । शुक्रबार, साउन ८, २०८३
रास्वपाका सांसदहरूले स्वकीय सचिवमा परिवार र आफन्तलाई नियुक्ति दिन नपाउने रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार पार्टीले सांसदका स्वकीय सचिव नियुक्तिमा नातावाद, परिवारवाद तथा आर्थिक अनियमितता रोक्... शुक्रबार, साउन ८, २०८३
ताजा समाचारसबै
कोलकाता-विराटनगर कार्गो रेल सेवा सञ्चालनमा, व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा शुक्रबार, साउन ८, २०८३
वरुण बेभरेजमा छापा, ‘सेभेन अप’को उत्पादन र बिक्रीमा रोक शुक्रबार, साउन ८, २०८३
अहिलेको राजनीतिक परिस्थिति जटिल हुनुमा हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड शुक्रबार, साउन ८, २०८३
सरकारका गतिविधिका कारण न्यायिक स्वतन्त्रता जोखिममा पर्‍यो : मानवअधिकार संस्था शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना बिहीबार, साउन ७, २०८३
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, हिंसामा नउत्रिन आग्रह शुक्रबार, साउन ८, २०८३
'पेपर लिक' प्रकरणमा फास्ट–ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा बिहीबार, साउन ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश शुक्रबार, साउन १, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्