काठमाडौं- स्वतन्त्र हैसियतमा निर्वाचन जितेका तीन सांसदहरुले सभामुखको निर्वाचनमा आफ्नो समर्थन देवराज घिमिरेलाई रहने बताएका छन्।
बिहीबार सभामुखको उम्मेदवारहरुको प्रस्तावमाथिको छलफलमा भाग लिँदै स्वतन्त्र सांसदहरुले आफ्नो पक्षधरता खुलाएका हुन्। अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले धारणा राख्दै घिमिरेलाई मत दिने बताएका हुन्।
बिहीबार प्रतिनिधि सभाको सभामुखका लागि निर्वाचन हुँदैछ। एमालेका देवराज घिमिरे र कांग्रेसका ईश्वरी न्यौपाने प्रतिस्पर्धामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।