• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

बालेनको शहर पारि फुटपाथ व्यापारी

64x64
कल्पना घिमिरे शनिबार, माघ १४, २०७९  ११:१५
1140x725

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले महानगरको फुटपाथमा व्यापार गर्न निषेध गरेका छन्। महानगरले लखेटेका व्यापारी विकल्प खोज्दै यतिबेला बालेनको शहरपारि पुगेका छन्।

कलंकी चोक वरपरका फुटपाथ व्यापारी अहिले महानगरको सिमानापारि ढुङ्गेअड्डाको फुटपाथमा सरेर व्यापार गर्न थालेका छन्। जुन चन्द्रागिरि नगरपालिकाको भूभाग पर्छ।

यो क्षेत्र महानगर भित्र नपर्ने र प्रहरीले लखेट्न नआउने आसमा आफूहरु कलंकी चोकबाट पारि सरेको व्यापारीहरु बताउँछन्।

‘यो ठाउँ महानगरमा पर्दैन भनेर हामी यता सरेका हौं। तर यहाँसम्म पनि घरिघरि महानगरका प्रहरी लखेट्न आइपुग्छन्। कहिले  ट्राफिक प्रहरीले पनि दुःख दिन्छ। गरिखान नदिने भए। चोरेर खान हुँदैन। मागेर खान हात खुट्टा छन्। अरु काम गरौं, केही सिप छैन, 'साइकलमा फलफूल बेचिरहेका शैलेन्द्रकुमार साहले भने।

321623533_1309256326595596_1642415540590442511_n1673868505.jpg

वीरगञ्जका शैलेन्द्रले कलंकी चोकको फुटपाथमा फलफूल व्यपार गरेको २० वर्ष भयो। गत कात्तिकदेखि भने उनी कलंकी चोक पारिपट्टिको फुटपाथमा सरेका छन्।

फुटपाथमै व्यापार गरेर उनले ४ जना छोराछोरीलाई हुर्काए। यही व्यापारको भरमा पढाउँछन्। फुटपाथको व्यापारले नै उनको घर चलेको थियो। अहिले भने महानगरपालिकाले फुटपाथमा व्यापार गर्न नदिँदा समस्या परेको बताउँछन्।

‘यहाँ व्यापार गरेर कसरी खाने। जहाँ अलि व्यापार हुने ठाउँ त्यहाँ राख्न दिँदैन। यहाँ व्यापार खासै छैन। पेट त पाल्नु पर्यो। पहिला बेलाबेलामा लखेटे पनि बिहान-बेलुका राख्न पाइन्थ्यो। अहिले बालेन साह मेयर बनेपछि सात बजेसम्म नगर प्रहरीले लखेट्छ। निश्चित समयभित्र राख्न दिए केही राहत मिल्थ्यो,’ उनले भने।

Ncell 2
Ncell 2

गाउँमा गएर खेतीपाती गर्न आफ्नो जमिन धेरै नभएको उनले बताए। ‘आठ जनाको परिवार छ। १ कठ्ठा जमिन छ। बुबा, आमा, श्रीमती पाल्नु पर्नेछ। छोराछोरी पढाउनु पर्नेछ। महँगी यस्तो छ। व्यापार नगरे के खाने? के हामीले काठमाडौंमा आएर व्यापार गर्न नपाउने हो? कस्तो शासन हो यो बालेन को? त्यो बालेन पनि त पहिला तराईबाटनै आएको हो,’ साहले भने।

त्यस्तै अर्का व्यापारी ३८ वर्षीय अजय रोय पनि १४ वर्षदेखि कलंकी चोकको फुटपाथमा साइकलमा फलफूल व्यापार गर्दै आएका छन्। अहिले उनी पनि ढुङ्गेअड्डाको फुटपाथमा सरेका छन्। फुटपाथमा व्यापार गरेरै आफ्नो गुजारा चलाउँदै आएको उनले बताए। 

322500588_694521279060669_356575837879359261_n1673868505.jpg

‘फुटपाथमा व्यपार नगरे त के गरेर खानु? अरु उपाय नै छैन। तर व्यापार गर्न नदिने भए। यहाँ पनि घरिघरी लेखेटिरहन्छन्। घरमा बिरामी आमा छिन्। आमाको उपचार खर्च जुटाउनुपर्छ। बालबच्चा पाल्नुपर्छ। अरु आम्दानीको बाटो छैन। विदेश जाउँ भने कसले खर्च दिने?,’ उनले भने।

रोयकी आमा मिर्गौलाकी बिरामी हुन्। उनले आमाको उपचार गराउन फुटपाथमा व्यापार नगरे सुखै छैन।

‘आमालाई महिना-महिनामा हस्पिटल लगेर उपचार गराउनुपर्छ। औषधि किन्न पैसा जुटाउन धौधौ छ। तराईमा कमाइ गर्ने आधार छैन, व्यापार नगरे त सुखै छैन,’ उनले दुखेसो पोखे।

विजय बर्मा पनि कलंकी चोकको फुटपाथमा महानगरले व्यापार गर्न निषेध गरेपछि ढुङ्गअड्डाको फुटपाथमा सरेका छन्। उनी विगत १२  वर्षदेखि कलंकी चोकको फुटपाथमा ठेलामा चटपटे, पानीपुरी बिक्री गर्दै आएका छन्।

फुटपाथमा व्यापार गरेर आफ्नो घर खर्च जुटाउनुपर्ने उनको बाध्यता छ। '९ जनाको परिवार ठेलाको व्यापारले धानेको थिएँ। अहिले त व्यापार गर्नै दिँदैन। पहिला जस्तो व्यापार छैन। यहाँ पनि ट्राफिक प्रहरीले लखेट्छ। कहिले त महानगर प्रहरी पनि सिमाना काटेर लखेट्न आइपुग्छन्। यता भाग्न चाहिँ सजिलो हुन्छ,’ उनले भने।

उनले महानगरका प्रमुख बालेन साहले फुटपाथमा व्यापार गर्न नदिँदा व्यापारीको रोजिरोटी खोसिएको बताए।

'जुनसुकै देशमा फुटपाथमा व्यापार हुन्छ। नेपाल जस्तो गरिब देशमा फुटपाथमा व्यापार गर्न नदिने हो भने लाखौं नेपालीको हालत के होला? सटर लिएर व्यापार गर्न सक्नेले गर्लान्, नसक्नेले के गरेर खाने? बालेनले सबैलाई रोजगारी दिन्छ? हामीले यो शहरमा रोजीरोटी गरेर खान्छु भन्न नपाउने?,’ उनको प्रश्न छ।

325311300_832588307835714_4544273262178823751_n1673868505.jpg

भारतको बिहारका सतेन्द्र कुमार र रजत कुमार पनि १६ वर्षदेखि कलंकीको फुटपाथमा फलफूल व्यापार गर्दै आएका छन्। अहिले महानगरले कलंकी चोकको फुटपाथमा व्यापार गर्न नदिएपछि ढुङ्गेअड्डाको फुटपाथमा सरेका छन्।

‘यहाँ व्यापार गर्ने उद्देश्यले नै हामी आएका हौं। हाम्रा आफन्तहरु पनि एतै व्यापार गर्नुहुन्थ्यो। व्यापार गरेर राम्रो कमाइ गर्न सकिन्छ भने किन नगर्ने त नेपाली पनि त काम गर्न भारत जान्छन्,’ सतेन्द्रले भने।

अहिले आफूले सोचेजस्तो नभएको सतेन्द्र बताउँछन्। ‘परिवार लिएर आइयो। अहिले महानगरले व्यापार गर्न दिँदैन। यता चोकमा जस्तो व्यापार छैन। साउँ पनि उठ्दैन। नेपालको कानुन कस्तो छ। जे सुधार्नुपर्ने त्यो गर्दैन, बिगार्ने मात्र काम भइरहेको छ,’ उनले भने।

रजतको पनि उही समस्या छ। बिहारबाट आएर काठमाडौंमा व्यापार थालेको रजत पहिला जस्तो व्यापार नभएको बताउँछन्।

‘पहिलाजस्तो छैन। पहिला साँझ-बिहान व्यापार गर्न सकिन्थ्यो। अहिले महानगर प्रहरीले महानगर भित्र राख्न दिँदैन। पाँच/पाँच मिनेटमा लखेटिरहन्छ,’ उनले भने।

प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  ११:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
एकैदिन सुनको मूल्य १० हजार ४०० रुपैयाँ बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ। बुधबार, माघ ७, २०८२
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९८ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ०९ पैसा र बिक्र... बुधबार, माघ ७, २०८२
सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १८५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको महासं... सोमबार, माघ ५, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्