• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

बालेनको शहर पारि फुटपाथ व्यापारी

64x64
कल्पना घिमिरे शनिबार, माघ १४, २०७९  ११:१५
1140x725

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले महानगरको फुटपाथमा व्यापार गर्न निषेध गरेका छन्। महानगरले लखेटेका व्यापारी विकल्प खोज्दै यतिबेला बालेनको शहरपारि पुगेका छन्।

कलंकी चोक वरपरका फुटपाथ व्यापारी अहिले महानगरको सिमानापारि ढुङ्गेअड्डाको फुटपाथमा सरेर व्यापार गर्न थालेका छन्। जुन चन्द्रागिरि नगरपालिकाको भूभाग पर्छ।

यो क्षेत्र महानगर भित्र नपर्ने र प्रहरीले लखेट्न नआउने आसमा आफूहरु कलंकी चोकबाट पारि सरेको व्यापारीहरु बताउँछन्।

‘यो ठाउँ महानगरमा पर्दैन भनेर हामी यता सरेका हौं। तर यहाँसम्म पनि घरिघरि महानगरका प्रहरी लखेट्न आइपुग्छन्। कहिले  ट्राफिक प्रहरीले पनि दुःख दिन्छ। गरिखान नदिने भए। चोरेर खान हुँदैन। मागेर खान हात खुट्टा छन्। अरु काम गरौं, केही सिप छैन, 'साइकलमा फलफूल बेचिरहेका शैलेन्द्रकुमार साहले भने।

321623533_1309256326595596_1642415540590442511_n1673868505.jpg

वीरगञ्जका शैलेन्द्रले कलंकी चोकको फुटपाथमा फलफूल व्यपार गरेको २० वर्ष भयो। गत कात्तिकदेखि भने उनी कलंकी चोक पारिपट्टिको फुटपाथमा सरेका छन्।

फुटपाथमै व्यापार गरेर उनले ४ जना छोराछोरीलाई हुर्काए। यही व्यापारको भरमा पढाउँछन्। फुटपाथको व्यापारले नै उनको घर चलेको थियो। अहिले भने महानगरपालिकाले फुटपाथमा व्यापार गर्न नदिँदा समस्या परेको बताउँछन्।

‘यहाँ व्यापार गरेर कसरी खाने। जहाँ अलि व्यापार हुने ठाउँ त्यहाँ राख्न दिँदैन। यहाँ व्यापार खासै छैन। पेट त पाल्नु पर्यो। पहिला बेलाबेलामा लखेटे पनि बिहान-बेलुका राख्न पाइन्थ्यो। अहिले बालेन साह मेयर बनेपछि सात बजेसम्म नगर प्रहरीले लखेट्छ। निश्चित समयभित्र राख्न दिए केही राहत मिल्थ्यो,’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

गाउँमा गएर खेतीपाती गर्न आफ्नो जमिन धेरै नभएको उनले बताए। ‘आठ जनाको परिवार छ। १ कठ्ठा जमिन छ। बुबा, आमा, श्रीमती पाल्नु पर्नेछ। छोराछोरी पढाउनु पर्नेछ। महँगी यस्तो छ। व्यापार नगरे के खाने? के हामीले काठमाडौंमा आएर व्यापार गर्न नपाउने हो? कस्तो शासन हो यो बालेन को? त्यो बालेन पनि त पहिला तराईबाटनै आएको हो,’ साहले भने।

त्यस्तै अर्का व्यापारी ३८ वर्षीय अजय रोय पनि १४ वर्षदेखि कलंकी चोकको फुटपाथमा साइकलमा फलफूल व्यापार गर्दै आएका छन्। अहिले उनी पनि ढुङ्गेअड्डाको फुटपाथमा सरेका छन्। फुटपाथमा व्यापार गरेरै आफ्नो गुजारा चलाउँदै आएको उनले बताए। 

322500588_694521279060669_356575837879359261_n1673868505.jpg

‘फुटपाथमा व्यपार नगरे त के गरेर खानु? अरु उपाय नै छैन। तर व्यापार गर्न नदिने भए। यहाँ पनि घरिघरी लेखेटिरहन्छन्। घरमा बिरामी आमा छिन्। आमाको उपचार खर्च जुटाउनुपर्छ। बालबच्चा पाल्नुपर्छ। अरु आम्दानीको बाटो छैन। विदेश जाउँ भने कसले खर्च दिने?,’ उनले भने।

Xtrem

Xtrem

रोयकी आमा मिर्गौलाकी बिरामी हुन्। उनले आमाको उपचार गराउन फुटपाथमा व्यापार नगरे सुखै छैन।

‘आमालाई महिना-महिनामा हस्पिटल लगेर उपचार गराउनुपर्छ। औषधि किन्न पैसा जुटाउन धौधौ छ। तराईमा कमाइ गर्ने आधार छैन, व्यापार नगरे त सुखै छैन,’ उनले दुखेसो पोखे।

विजय बर्मा पनि कलंकी चोकको फुटपाथमा महानगरले व्यापार गर्न निषेध गरेपछि ढुङ्गअड्डाको फुटपाथमा सरेका छन्। उनी विगत १२  वर्षदेखि कलंकी चोकको फुटपाथमा ठेलामा चटपटे, पानीपुरी बिक्री गर्दै आएका छन्।

फुटपाथमा व्यापार गरेर आफ्नो घर खर्च जुटाउनुपर्ने उनको बाध्यता छ। '९ जनाको परिवार ठेलाको व्यापारले धानेको थिएँ। अहिले त व्यापार गर्नै दिँदैन। पहिला जस्तो व्यापार छैन। यहाँ पनि ट्राफिक प्रहरीले लखेट्छ। कहिले त महानगर प्रहरी पनि सिमाना काटेर लखेट्न आइपुग्छन्। यता भाग्न चाहिँ सजिलो हुन्छ,’ उनले भने।

उनले महानगरका प्रमुख बालेन साहले फुटपाथमा व्यापार गर्न नदिँदा व्यापारीको रोजिरोटी खोसिएको बताए।

'जुनसुकै देशमा फुटपाथमा व्यापार हुन्छ। नेपाल जस्तो गरिब देशमा फुटपाथमा व्यापार गर्न नदिने हो भने लाखौं नेपालीको हालत के होला? सटर लिएर व्यापार गर्न सक्नेले गर्लान्, नसक्नेले के गरेर खाने? बालेनले सबैलाई रोजगारी दिन्छ? हामीले यो शहरमा रोजीरोटी गरेर खान्छु भन्न नपाउने?,’ उनको प्रश्न छ।

325311300_832588307835714_4544273262178823751_n1673868505.jpg

भारतको बिहारका सतेन्द्र कुमार र रजत कुमार पनि १६ वर्षदेखि कलंकीको फुटपाथमा फलफूल व्यापार गर्दै आएका छन्। अहिले महानगरले कलंकी चोकको फुटपाथमा व्यापार गर्न नदिएपछि ढुङ्गेअड्डाको फुटपाथमा सरेका छन्।

‘यहाँ व्यापार गर्ने उद्देश्यले नै हामी आएका हौं। हाम्रा आफन्तहरु पनि एतै व्यापार गर्नुहुन्थ्यो। व्यापार गरेर राम्रो कमाइ गर्न सकिन्छ भने किन नगर्ने त नेपाली पनि त काम गर्न भारत जान्छन्,’ सतेन्द्रले भने।

अहिले आफूले सोचेजस्तो नभएको सतेन्द्र बताउँछन्। ‘परिवार लिएर आइयो। अहिले महानगरले व्यापार गर्न दिँदैन। यता चोकमा जस्तो व्यापार छैन। साउँ पनि उठ्दैन। नेपालको कानुन कस्तो छ। जे सुधार्नुपर्ने त्यो गर्दैन, बिगार्ने मात्र काम भइरहेको छ,’ उनले भने।

रजतको पनि उही समस्या छ। बिहारबाट आएर काठमाडौंमा व्यापार थालेको रजत पहिला जस्तो व्यापार नभएको बताउँछन्।

‘पहिलाजस्तो छैन। पहिला साँझ-बिहान व्यापार गर्न सकिन्थ्यो। अहिले महानगर प्रहरीले महानगर भित्र राख्न दिँदैन। पाँच/पाँच मिनेटमा लखेटिरहन्छ,’ उनले भने।

प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  ११:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्