काठमाडौं– आइतबार पोखरामा दुर्घटनाग्रस्त बनेको यती एअरलाइन्सको विमानका चार जना यात्रुको शव खाेँचबाट निकालिएको छ।
आइतबार साँझसम्म खोजी गर्दा विमानमा सवार ७२ जनामध्ये ६८ जनाको शव फेला परेको थियो। राति परिसकेकाले चार शव भने निकाल्न सकिएको थिएन।
तर, सोमबार बिहानैदेखि सशस्त्र प्रहरी बलको गोताखोरको र रेस्क्यू टिमले चारवटा शव निकालेको हो। फेला परेका शव गण्डकी अस्पताल पठाइएको छ।
आइतबार काठमाडौंदेखि पोखराका लागि उडेको यती एअरलाइन्सको विमान पोखराको सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो।
चालकदलका चार जना र ६८ यात्रु उक्त विमानमा थिए। जसमा १५ जना विदेशी र ५३ जना नेपाली यात्रु थिए।
यी मध्ये चार वटा शव भने अझै फेला परेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।