• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २२, २०८३ Mon, Sep 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

नेपालमा ज्यान जाने गरी भएका १०४ हवाई दुर्घटना: १९५५ देखि २०२३ सम्म

64x64
सुरेन्द्र बजगाईं आइतबार, माघ १, २०७९  २१:२५
1140x725
आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनापछि जारी उद्धार कार्य (तस्बिर: रासस)

काठमाडौं– काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको विमान आइतबार १० बजेर ५४ मिनेटमा पोखरामा दुर्घटनामा पर्‍यो। नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको ‘उड्डयन सुरक्षा प्रतिवेदन (एभिएसन सेफ्टी रिपोर्ट)– २०२२’ का अनुसार सन् २००० देखि २०२२ को मे महिनासम्म नेपालमा ३२ वटा विमान दुर्घटना भएका छन्।

पोखरामा आइतबार भएको दुर्घटना नेपालमा पछिल्लो २३ वर्षमा भएको ३३औं दुर्घटना हो। ९एन–एएनसी एटीआर–७२ वायुयान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो विमानस्थल र नयाँ विमानस्थलको बीचमा रहेको सेती किनारमा दुर्घटनामा परेको यती एयरलाइन्सले जनाएको छ।

विमान दुर्घटनामा पर्नेहरुको उद्धार कार्य जारी छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले विज्ञप्तिमार्फत् गराएको जानकारी अनुसार मृतकको संख्या ६९ पुगेको छ। आइतबार बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको उक्त विमान उडान भरेको २२ मिनेटमै दुर्घटनामा परेको हो।

यो पनि पढ्नुहोस

दुई देशले चलाएपछि नेपाल भित्रिएको थियो दुर्घटना भएको यतीको विमान

पोखरा विमानस्थलमा अवतरणको लागि अनुमति पाएको र अवतरणको क्रममा रहेको सो विमान सेती नदीको खोँचमा खसेको थियो। विमानमा ७२ जना सवार थिए। जसमा ६८ यात्रु र ४ जना चालक दलका सदस्य थिए। 

यात्रुहरुमा ५३ जना नेपाली थिए। बाँकी विदेशी थिए। विदेशी यात्रुहरुमा भारतका ५ जना, रसियाका ४ जना, कोरियाका २ जना, आयरल्याण्डका १ जना, अस्ट्रेलियाका १ जना, अर्जेन्टिनाका १ जना, फ्रान्सका १ जना थिए। जसमा महिला २५, पुरुष ३७, बालक ३ र शिशु ३ जना थिए।

दुर्घटना हुनुअघि उक्त विमान आकाशमा असहज अवस्थामा उडेको प्रत्यक्षदर्शीले बताएका छन्। दुर्घटनास्थल नजिकै घर भएका प्रत्यक्षदर्शी बबरजङ्ग गुरुङले प्लेन हेर्दा हेर्दै अर्कोतिर फर्केर उठेको आफूहरुले देखेको बताए।
 
‘हामी छतमा घाम ताप्दै थियौं, हेर्दा–हेर्दै प्लेन फर्केको देखियो। अलि पर पुग्दा प्लेन भिरमा ठोक्कियो अनि पड्क्यो,’ उनले भने,  ‘हाम्रो घर नजिकै सेती नदीको खोँचको डाँडामा पुगेर प्लेन दुर्घनामा पर्‍यो।’

यो पनि पढ्नुहोस

विमान दुर्घटनामा पाइलट श्रीमान्‌ गुमाएपछि पाइलट बनेकी अञ्जु: जो आफू पनि विमान दुर्घटनामा परिन्

‘दुर्घटनाअघि विमान सम्पर्कमा थियो’ 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार विमानले ‘ल्याल्डिङ क्लियरेन्स’ लिइसकेको थियो। र, पाइलटले कुनै समस्या भएको जानकारी गराएका थिएनन्।

‘पाइलटले विमानमा कुनै समस्या रहेकोबारे पोखरामा एयर ट्राफिक कन्ट्रोलरलाई केही बताएका थिएनन्,’ प्रमुख ठाकुरले भने, ‘के कारणले विमान सेती खोँचमा खस्यो भन्न सकिएन ।’

Ncell 2
Ncell 2
nimb
nimb

पोखराको मौसममा पनि कुनै समस्या थिएन। विमान सेती खोंचमा पुग्दासम्म टावरको सम्पर्कमै थियो। विमान सम्पर्कमा रहँदारहँदै ल्यान्डिङ एप्रोच लिने समयमा दुर्घटनामा परेको देखिएको छ।

दुई देशमा चलाएपछि नेपाल भित्रिएको थियो विमान
पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमान दुई देशमा चलाइसकेपछि नेपाल भित्रिएको पाइएको छ। दुर्घटना भएको यतीको ९एन–एएनसी एटीआर–७२ विमान यसअघि भारत र थाईल्याण्डमा चलाइएको पाइएको छ।

यो विमान सन् २००७ मा भारतको किङफिसर एअरलाइन्सले चलाएको थियो। त्यसपछि सन् २०१३ देखि थाईल्याण्डको नोक एअरलाइन्सले चलाएको पाइएको छ। सन् २०१९ अप्रिलदेखि भने यो विमान यती एयरलाइन्सले चलाउँदै आएको थियो।

यती एयरको सबैभन्दा ठूलो दुर्घटना 
आइतबार बिहान भएको दुर्घटना यती एयरलाइन्सको २५ वर्षे इतिहासमा सबैभन्दा ठूलो दुर्घटना हो। यद्यपि यो यती एयरको चौथो दुर्घटना हो।

उक्त एयरलाइन्सको पहिलो दुर्घटना सन् २००१ तिलिङ्टारमो डी एचसी ६/३०० जहाज दुर्घटना भएको थियो। 

त्यसको ३ वर्षपछि अर्थात् सन् २००४ मा यती एयरलाइन्सको विमान लमजुङमा दुघर्टना हुँदा ३ जनाले ज्यान गुमाएका थिए। यस्तै सन् २००६ मा जुम्लामा यती एयरको दुर्घटना भएको थियो। उक्त दुर्घटनामा ९ जनाले ज्यान गुमाएका थिए। 

सन् २००६ मै यती एयरलाइसको विमान लुक्लामा दुर्घटना हुदा १९ जनाले ज्यान गुमाएका थिए। त्यही वर्ष यती डीएचसी ६/३१० विमान बाजुरा एयरपोर्टमा दुर्घटना भएको थियो।

आइतबार भएको यती एयरको विमान दुर्घटनामा आन्तरिक तर्फ अहिले सम्मकै धेरै मानवीय क्षति भएको पनि उड्डयन क्षेत्रका जानकारहरुले बताएका छन्।  यो दुर्घटना नेपालको हवाई इतिहासको १०८औं हवाई दुर्घटना हो। 

कहिले–कहिले भए नेपालमा हवाई दुर्घटना?
नेपालमा पहिलो हवाई दुर्घटना बाराको सिमरामा भएको थियो। सन् १९५५ मा कालिगा एयरको विमान दुर्घटना हुँदा २ जनाले ज्यान गुमाएका थिए। यस्तै, सन् १९५६ र १९५८ भारतीय एयरलाइन्सका २ विमान दुर्घटना भएका थिए। 

Plane_Crash_Detail_Table1673797947.jpg

यस्तै, ५ नोभेम्बर १९६० मा भैरहवामा नेपाल वायुसेवा निगमको मल्टी इन्जिन विमान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थियो। नेपालमा भएको सबैभन्दा ठूलो दुर्घटना ललितपुरमा भएको थियो। २८ सेप्टेम्बर १९९२ मा पाकिस्तान एयरलाइन्सको विमान ललितपुरको भट्टेडाँडामा दुर्घटना हुदा १७६ जनाको ज्यान गएको थियो। नेपालमा अर्को ठूलो हवाई दुर्घटना नुवाकोटको घ्याङफेदीमा ३१ जुलाई १९९२ मा भएको थियो। उक्त दुर्घटनामा ११३ जनाले ज्यान गुमाएका थिए।

यस्तो छ अन्तर्राष्ट्रिय विमान कम्पनीको दुर्घटनाको इतिहास 
नेपालमा पहिलो अन्तर्राष्ट्रिय हवाई दुर्घटना बाराको सिमरामा भएको थियो। सन् १९५५ मा कालिगा एयरको विमान दुर्घटना हुँदा २ जनाले ज्यान गुमाएका थिए। यस्तै, सन् १९५६ र १९५८ भारतीय एयरलाइन्सका २ विमान दुर्घटना भएका थिए। ती दुर्घटनामा ३४ यात्रुको ज्यान गएको थियो। 

यस्तै, १९९२ मा थाई एयरको विमान दुर्घटना हुँदा ११३ जनाको ज्यान गएको थियो। सन् १९९२ मै पाकिस्तान एयरलाइन्सको विमान दुर्घटनामा १५७ जनाले ज्यान गुमाएका थिए। 

सन् १९९० मा लुफ्थान्सा एयरको विमान दुर्घटनामा हुँदा ५ जनाले ज्यान गुमाएका थिए। सन् २०१४ मा अवतरणको क्रममा टर्किस एयरको विमान दुर्घटनामा पर्‍यो। उक्त दुर्घटनामा मानवीय क्षति भएन।

१७ हेलिकोप्टर दुर्घटनामा ८५ यात्रुको मृत्यु
नेपालमा अहिलेसम्म यात्रुको ज्यान जाने गरी १७ वटा हेलिकोप्टर दुर्घटना भएका छन्। नेपालमा भएको हेलिकप्टर दुर्घटनामा हालसम्म ८५ जनाले ज्यान गुमाएका छन्। 

नेपालमा सबैभन्दा ठुलो हेली दुर्घटना ताप्लेजुङको घुन्सामा भएको थियो। सन २००६ मा भएको श्री एयरलाइन्सको उक्त दुर्घटनामा २४ जनाको मृत्यु भएको थियो। 

फिस्टेल एयरको हेलिकोप्टर ८ ठाउँमा दुर्घटनामा परेको छ । अधिकांश हेलिकोप्टर दुर्घटना पहाड र हिमाली भेगमा भएको देखिन्छ। सबैभन्दा पहिले २७ डिसेम्बर १९७९ मा उच्च पदस्त व्यक्ति (भीभीआईपी) चढेको हेलिकोप्टर लाङटाङमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो।

के हुन् हवाई दुर्घटनाका कारण?
नेपाल नागरिक उड्डयन प्राधिकरणको सन् २०१८ देखि २०२२ सम्मको ‘नेपाल उड्डयन सुरक्षा योजना’ मा नेपालमा हवाई उडानमा सुरक्षाको जोखिम विभिन्न ६ कारणले हुने उल्लेख गरिएको छ।

विश्वव्यापी उड्डयन सुरक्षा योजना (जीएएसपी) र क्षेत्रीय उड्डयन सुरक्षा योजना (आरएएसपी)को अनुरुप विकास गरिएको यो योजनामा नेपालमा हवाई दुर्घटना हुने प्रमुख कारणहरु भौगोलिक अवस्था, उडानका क्रममा जहाज अनियन्त्रित हुनु, मिड एयर कोलिजन, मानवीय त्रुटीलगायतका कारणहरु औंल्याइएको छ। 

प्राधिकारणको २०२२ को सुरक्षा प्रतिवेदनअनुसार सन् २०२१ मा नेपालको हवाई क्षेत्रमा देखिएका ९८६ जोखिमहरुमध्ये ४३ प्रतिशत संगठनको कारण भएको उल्लेख गरिएको थियो। 

त्यस्तै, २० प्रतिशत जोखिम प्राविधिक, १८ प्रतिशत वातावरणीय कारण, ८ प्रतिशत मानवीय कारण र ११ प्रतिशत अन्य कारणले गर्दा जोखिम देखिएको प्रतिवेदनमा उल्लेख छ।

यीमध्ये ७ प्रतिशत जोखिमहरु उच्च किसिमका रहेका छन् भने ६४ प्रतिशत न्यून किसिमका र २९ प्रतिशत मध्यम किसिमको रहेको प्रतिवेदनमा उल्लेख छ।

यो पनि पढ्नुहोस

पोखरा विमान दुर्घटना : नेपालको आन्तरिक हवाई सेवामा सबैभन्दा ठूलो क्षति 


 

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  २१:२५
  • #विमान दुर्घटना
  • #यती एयर

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुरेन्द्र बजगाईं
लेखकबाट थप
किसान र उपभोक्ता ठगिने मात्रै, २५ वर्षदेखि उपभोक्ता अदालत चर्चामै सीमित
कहालीलाग्दो सडक दुर्घटना: लापरबाह चालक र गैरजिम्मेवार सरकार
आयल निगमका पदाधिकारीले इन्धनमा कालोबजारी गरेको आरोप, सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी
सम्बन्धित सामग्री
बुध्द एयरको नयाँ एटीआर ७२–६०० जहाजबाट व्यावसायिक उडान सुरु, राजमार्ग सहज नहुँदासम्म सस्तो भाडादर कायमै शुक्रबार बिहान ८ बजेर ६ मिनेटमा ‘९एन–एओएस’ कलसाइन भएको उक्त जहाजले ६६ जना यात्रु बोकेर काठमाडौंबाट नेपालगञ्जका लागि पहिलो व्यावसायिक... शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थान चुनौतीपूर्ण, होटलदेखि पदमार्गसम्म प्रभावित अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ले प्रारम्भिक विवरणअन... बुधबार, भदौ १७, २०८३
रसुवाबाट ११७ विदेशी पर्यटकको उद्धार बोर्डका अनुसार उद्धार गरिएकामध्ये ८५ जना भारतीय, १६ जना चिनियाँ, ९ जना दक्षिण कोरियाली, २ जना अमेरिकी र २ जना इटालियन नागरिक छन्। उद... शुक्रबार, भदौ १२, २०८३
ताजा समाचारसबै
भोटेकोशीको भेलले कारागार घेर्दा ५० कैदी फरार, सुरक्षाकर्मीले ज्यानको बाजी लगाएर फर्काए : प्रधानमन्त्री आइतबार, भदौ २१, २०८३
सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको आश्वासन: सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता गर्दैन आइतबार, भदौ २१, २०८३
बाढीपीडितका लागि नेकपाको २४ बुँदे प्रस्ताव आइतबार, भदौ २१, २०८३
भोटेकोशी प्रभावित क्षेत्रमा चिनियाँ विज्ञद्वारा निगरानी तीव्र, हिमताल र पहिरोको जोखिममा विशेष निगरानी आइतबार, भदौ २१, २०८३
आज दिनभर खोज तथा उद्धारमा के–के भयो? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्