• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

पोखरा विमान दुर्घटना : नेपालको आन्तरिक हवाई सेवामा सबैभन्दा ठूलो क्षति 

64x64
नेपाल लाइभ आइतबार, माघ १, २०७९  १४:२८
1140x725

कास्की– काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको विमान आइतबार १० बजेर ५५ मिनेटमा पोखरामा दुर्घटनामा परेको छ। 

एननाइन–एएनसी एटीआर–७२ वायुयान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको सेती किनारामा दुर्घटनामा परेको यती एयरलाइन्सले जनाएको छ। 

विमानमा संख्या ६८ यात्रु र चालक दलका ४ जना सदस्य रहेका थिए। हालसम्म दुर्घटनाको कारण पत्ता लाग्न सकेको छैन। मौसम र विमानस्थलको कारणभन्दा पनि विमानको ककपिटमा आएको खराबीका कारण दुर्घटना भएको हुन सक्ने प्राविधिक टोलीले जनाएको छ।
 
कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले विमान दुर्घटनास्थलमा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको बताएका छन्। उनले नेपाल लाइभसँग कुरा गर्दै दुर्घटनाग्रस्त विमानबाट ३६ जनाको शव निकालिएको र अन्यको खोजी भइरहेको बताए। 

उनले विमानमा सवार भएका धेरैजसोलाई जिवित उद्धार गर्ने सम्भावना न्यून रहेको बताए। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित तीनवटै सुरक्षाकर्मी उद्धारमा परिचालन गरिएको थियो। 

उनले घटनाको कारण अहिलेसम्म पत्ता नलागेको बताए। मौसम सफा रहेको तर विमान पुरानो विमानस्थलबाट नयाँमा बस्दै गर्दा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको उनको भनाइ छ। 

उक्त विमानमा १५ विदेशीसहित ६८ जना यात्रु सवार थिए। चार सदस्य चालक दल रहेका थिए। सेती नदीको खोँचमा दुर्घटनास्थल रहेकाले शव निकाल्न र घाइतेहरुको उद्धारमा कठिन भइरहेको उनले बताए।

डेमो उडान गरेको जहाज नै दुर्घटनामा 
पोखरामा दुर्घटना भएको यती एअर लाइन्सको जहाज केही दिनअघि मात्रै पोखराकै अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो उडान गरेको जहाज रहेको पाइएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका बेला काठमाडौंबाट एन ९–एएनसी एटीआर–७२ को जहाज डेमो उडान गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

सोही जहाज आइतबार बिहान दुर्घटनामा परेको हो। अवतरण गर्ने क्रममा पोखराको पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको सेती किनारामा दुर्घटना परेको हो। 

हेर्दा–हेर्दै प्लेन खस्यो–सहायक प्रमुख जिल्ला अधिकारी 
आइतबार भएको दुर्घटनामा पर्नुअघि पोखराको आकाशमा पटक–पटक घुमेको र हल्लिरहेको प्रत्यक्षदर्शीले बताएको सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए।

उनले हेर्दा–हेर्दै प्लेन पुरानो विमानस्थलवाट सेती नदीको खोँचमा खसेको र खसेलगत्तै आगोको मुस्लो निस्केको बताए। ‘प्लेन खसेलगत्तै एक्कासी ठूलो आगो लागे झै धुँवाको मुस्लो आयो,’ उनले भने,  ‘लगत्तै हामीले उद्धारमा सक्रिय हुने सबैलाई निर्देशन दिएका छौं। अहिले दुर्घटनास्थलमा तीनवटै सुरक्षा निकायका साथै स्थानीयहरु पनि उद्धारमा सक्रिय रहेका छन्।’

दुई देशले चलाएपछि नेपाल भित्रिएको थियो विमान
पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमान दुई देशले चलाइसकेपछि नेपाल भित्रिएको पाइएको छ। दुर्घटना भएको यतीको एन ९–एएनसी एटीआर–७२ को विमान यसअघि भारत र थाइल्याण्डमा चलाइएको पाइएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो विमान सन् २०१७ मा भारतको किङफिसर एअरलाइन्सले चलाएको थियो। त्यसपछि सन् २०१३ देखि थाइल्याण्डको नोक एअरलाइन्सले चलाएको पाइएको छ। सन् २०१९ अप्रिलदेखि भने यो विमान यती एयरलाइन्सले चलाउँदै आएको थियो।

यथार्थ बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थलमा
पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको अवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिभुवन विमानस्थल पुगेका छन्। 

‘घटनालगत्तै सम्माननीय प्रधानमन्त्रीज्युले उद्धारमा जुट्न राज्य संयन्त्रलाई निर्देशन गर्नु भएको छ’, प्रचण्डका स्वकीय सचिव रमेश मल्लले फेसबुकमा जानकारी दिएका छन्,’ आजका सबै औपचारिक कार्यक्रम रद्द गरि प्रधानमन्त्रीज्यु अवस्था बुझ्न एयरपोर्ट पुग्नु भएको छ।’

प्रधानमन्त्रीले आजै (आइतबार) मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएको उनले लेखेका छन्।

यती एयरको सबैभन्दा ठूलो दुर्घटना 
आइतबार बि0हान भएको दुर्घटना यती एयरलाइन्सको २५ वर्षे इतिहासमा सबै भन्दा ठूलो दुर्घटना हो। यध्यपी यो यती एयरको चौथो दुर्घटना हो।

उक्त एयरलाइन्सको पहिलो दुर्घटना सन् २००१ तिलिङ्टारमो डि एचसि ६/३०० जहाज दुर्घटना भएको थियो। त्यसको ३ वर्ष पछि अर्थात् सन् २००४ मा यती एयरलाइन्सको विमान लमजुङमा दुघर्टना हुँदा ३ जनाको ज्यान गुमाएका थिए। यस्तै सन् २००६ मा जुम्लामा यती एयरको दुर्घटना भएको थियो। उक्त दुर्घटनामा ९ जनाले ज्यान गुमाएका थिए। 

यस्तै सन् २००६ मै यती एयरलाइसको विमान लुक्लामा दुर्घटना हुदा  १९ जनाले ज्यान गुमाएका थिए। त्यही वर्ष यती डि एचसी ६/३१० विमान बाजुरा एयरपोर्टमा दुर्घटना भएको थियो।
 
आइतबार भएको यती एयरको प्लेन दुर्घटनामा सबैभन्दा धेरै मानवीय क्षति भएको छ। यो दुर्घटना नेपालको इतिहासमा दुर्घटना १०८औं हो। 

यस्तो छ अन्तर्राष्ट्रिय विमान कम्पनीको दुर्घटना 
नेपालमा पहिलो अन्तर्राष्ट्रिय हवाई दुर्घटना बाराको सिमरामा भएको थियो। सन् १९५५ मा कालिगा एयरको विमान दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाएका थिए। यस्तै, सन् १९५६ र १९५८ भारतीय एयरलाइन्सका दुई विमान दुर्घटना भएका थिए। ती दुर्घटनामा ३४ यात्रुको ज्यान गएको थियो। 

यस्तै, १९९२ मा थाई एयरको विमान दुर्घटना हुँदा ११३ जनाको ज्यान गएको थियो। सन् १९९२ मै पाकिस्तान एयरलाइन्सको विमान दुर्घटनामा प¥यो र १५७ जनाले ज्यान गुमाएका थिए। 

सन् १९९० मा लुफ्थान्सा एयरको विमान दुर्घटनामा प¥यो र पाँच जनाले ज्यान गुमाएका थिए। सन् २०१४ मा अवतरणको क्रममा टर्किस एयरको विमान दुर्घटनामा मानवीय क्षति भएन।

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  १४:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (RNP-AR) अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो। प्रारम्भिक... बिहीबार, असोज २९, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला लामो अवधिसम्म बुकिङ खुल्नुले पोखरा–दुबई हवाई सेवाको निरन्तरताप्रति आशा जगाएको छ भने पोखराको पर्यटन क्षेत्रले समेत यसलाई सकारात्मक रू... बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले पर्यटन... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्