• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस २३, २०८२ Wed, Jan 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

पोखरा विमान दुर्घटना : नेपालको आन्तरिक हवाई सेवामा सबैभन्दा ठूलो क्षति 

64x64
नेपाल लाइभ आइतबार, माघ १, २०७९  १४:२८
1140x725

कास्की– काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको विमान आइतबार १० बजेर ५५ मिनेटमा पोखरामा दुर्घटनामा परेको छ। 

एननाइन–एएनसी एटीआर–७२ वायुयान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको सेती किनारामा दुर्घटनामा परेको यती एयरलाइन्सले जनाएको छ। 

विमानमा संख्या ६८ यात्रु र चालक दलका ४ जना सदस्य रहेका थिए। हालसम्म दुर्घटनाको कारण पत्ता लाग्न सकेको छैन। मौसम र विमानस्थलको कारणभन्दा पनि विमानको ककपिटमा आएको खराबीका कारण दुर्घटना भएको हुन सक्ने प्राविधिक टोलीले जनाएको छ।
 
कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले विमान दुर्घटनास्थलमा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको बताएका छन्। उनले नेपाल लाइभसँग कुरा गर्दै दुर्घटनाग्रस्त विमानबाट ३६ जनाको शव निकालिएको र अन्यको खोजी भइरहेको बताए। 

उनले विमानमा सवार भएका धेरैजसोलाई जिवित उद्धार गर्ने सम्भावना न्यून रहेको बताए। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित तीनवटै सुरक्षाकर्मी उद्धारमा परिचालन गरिएको थियो। 

उनले घटनाको कारण अहिलेसम्म पत्ता नलागेको बताए। मौसम सफा रहेको तर विमान पुरानो विमानस्थलबाट नयाँमा बस्दै गर्दा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको उनको भनाइ छ। 

उक्त विमानमा १५ विदेशीसहित ६८ जना यात्रु सवार थिए। चार सदस्य चालक दल रहेका थिए। सेती नदीको खोँचमा दुर्घटनास्थल रहेकाले शव निकाल्न र घाइतेहरुको उद्धारमा कठिन भइरहेको उनले बताए।

डेमो उडान गरेको जहाज नै दुर्घटनामा 
पोखरामा दुर्घटना भएको यती एअर लाइन्सको जहाज केही दिनअघि मात्रै पोखराकै अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो उडान गरेको जहाज रहेको पाइएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका बेला काठमाडौंबाट एन ९–एएनसी एटीआर–७२ को जहाज डेमो उडान गरेको थियो।

Ncell 2
Ncell 2

सोही जहाज आइतबार बिहान दुर्घटनामा परेको हो। अवतरण गर्ने क्रममा पोखराको पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको सेती किनारामा दुर्घटना परेको हो। 

हेर्दा–हेर्दै प्लेन खस्यो–सहायक प्रमुख जिल्ला अधिकारी 
आइतबार भएको दुर्घटनामा पर्नुअघि पोखराको आकाशमा पटक–पटक घुमेको र हल्लिरहेको प्रत्यक्षदर्शीले बताएको सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए।

उनले हेर्दा–हेर्दै प्लेन पुरानो विमानस्थलवाट सेती नदीको खोँचमा खसेको र खसेलगत्तै आगोको मुस्लो निस्केको बताए। ‘प्लेन खसेलगत्तै एक्कासी ठूलो आगो लागे झै धुँवाको मुस्लो आयो,’ उनले भने,  ‘लगत्तै हामीले उद्धारमा सक्रिय हुने सबैलाई निर्देशन दिएका छौं। अहिले दुर्घटनास्थलमा तीनवटै सुरक्षा निकायका साथै स्थानीयहरु पनि उद्धारमा सक्रिय रहेका छन्।’

दुई देशले चलाएपछि नेपाल भित्रिएको थियो विमान
पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमान दुई देशले चलाइसकेपछि नेपाल भित्रिएको पाइएको छ। दुर्घटना भएको यतीको एन ९–एएनसी एटीआर–७२ को विमान यसअघि भारत र थाइल्याण्डमा चलाइएको पाइएको छ।

यो विमान सन् २०१७ मा भारतको किङफिसर एअरलाइन्सले चलाएको थियो। त्यसपछि सन् २०१३ देखि थाइल्याण्डको नोक एअरलाइन्सले चलाएको पाइएको छ। सन् २०१९ अप्रिलदेखि भने यो विमान यती एयरलाइन्सले चलाउँदै आएको थियो।

यथार्थ बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थलमा
पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको अवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिभुवन विमानस्थल पुगेका छन्। 

‘घटनालगत्तै सम्माननीय प्रधानमन्त्रीज्युले उद्धारमा जुट्न राज्य संयन्त्रलाई निर्देशन गर्नु भएको छ’, प्रचण्डका स्वकीय सचिव रमेश मल्लले फेसबुकमा जानकारी दिएका छन्,’ आजका सबै औपचारिक कार्यक्रम रद्द गरि प्रधानमन्त्रीज्यु अवस्था बुझ्न एयरपोर्ट पुग्नु भएको छ।’

प्रधानमन्त्रीले आजै (आइतबार) मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएको उनले लेखेका छन्।

यती एयरको सबैभन्दा ठूलो दुर्घटना 
आइतबार बि0हान भएको दुर्घटना यती एयरलाइन्सको २५ वर्षे इतिहासमा सबै भन्दा ठूलो दुर्घटना हो। यध्यपी यो यती एयरको चौथो दुर्घटना हो।

उक्त एयरलाइन्सको पहिलो दुर्घटना सन् २००१ तिलिङ्टारमो डि एचसि ६/३०० जहाज दुर्घटना भएको थियो। त्यसको ३ वर्ष पछि अर्थात् सन् २००४ मा यती एयरलाइन्सको विमान लमजुङमा दुघर्टना हुँदा ३ जनाको ज्यान गुमाएका थिए। यस्तै सन् २००६ मा जुम्लामा यती एयरको दुर्घटना भएको थियो। उक्त दुर्घटनामा ९ जनाले ज्यान गुमाएका थिए। 

यस्तै सन् २००६ मै यती एयरलाइसको विमान लुक्लामा दुर्घटना हुदा  १९ जनाले ज्यान गुमाएका थिए। त्यही वर्ष यती डि एचसी ६/३१० विमान बाजुरा एयरपोर्टमा दुर्घटना भएको थियो।
 
आइतबार भएको यती एयरको प्लेन दुर्घटनामा सबैभन्दा धेरै मानवीय क्षति भएको छ। यो दुर्घटना नेपालको इतिहासमा दुर्घटना १०८औं हो। 

यस्तो छ अन्तर्राष्ट्रिय विमान कम्पनीको दुर्घटना 
नेपालमा पहिलो अन्तर्राष्ट्रिय हवाई दुर्घटना बाराको सिमरामा भएको थियो। सन् १९५५ मा कालिगा एयरको विमान दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाएका थिए। यस्तै, सन् १९५६ र १९५८ भारतीय एयरलाइन्सका दुई विमान दुर्घटना भएका थिए। ती दुर्घटनामा ३४ यात्रुको ज्यान गएको थियो। 

यस्तै, १९९२ मा थाई एयरको विमान दुर्घटना हुँदा ११३ जनाको ज्यान गएको थियो। सन् १९९२ मै पाकिस्तान एयरलाइन्सको विमान दुर्घटनामा प¥यो र १५७ जनाले ज्यान गुमाएका थिए। 

सन् १९९० मा लुफ्थान्सा एयरको विमान दुर्घटनामा प¥यो र पाँच जनाले ज्यान गुमाएका थिए। सन् २०१४ मा अवतरणको क्रममा टर्किस एयरको विमान दुर्घटनामा मानवीय क्षति भएन।

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  १४:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
कोशीमा मन्त्रीमण्डल हेरफेर, कांग्रेस-एमालेका ५/५ नयाँ मन्त्री नियुक्त
राष्ट्रिय सभामा पाँच दलबीच भागबन्डा
सम्बन्धित सामग्री
बुद्ध एयरको जहाज चरासँग ठोकियो उडान संख्या ६१७, जहाज ९ एन–एओसीका सबै यात्रु र चालक दल सुरक्षित रहेका छन्। शनिबार, मंसिर १३, २०८२
मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै, चार महिनामा १६ हजार पर्यटकले गरे भ्रमण अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उक्त अवधिमा १०७ देशका नागरिकले मना... शनिबार, मंसिर १३, २०८२
पर्यटन प्रवर्द्धन गर्न जोड्न पोखरामा दाइँ महोत्सव पोखरा पर्यटन परिषद्ले स्थानीय चुरुङ्गा टोल विकास विकास संस्थासँगको सहकार्य एवं पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनम... शुक्रबार, मंसिर १२, २०८२
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार, पुस २२, २०८२
कोशीमा मन्त्रीमण्डल हेरफेर, कांग्रेस-एमालेका ५/५ नयाँ मन्त्री नियुक्त मंगलबार, पुस २२, २०८२
राष्ट्रिय सभामा पाँच दलबीच भागबन्डा मंगलबार, पुस २२, २०८२
पाँच वर्षपछि सार्वजनिक भयो संसद् विघटन बदर गरेको फैसलाको पूर्णपाठ मंगलबार, पुस २२, २०८२
सिनामंगलको काठ गोदाममा आगलागी मंगलबार, पुस २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो मंगलबार, पुस २२, २०८२
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा मंगलबार, पुस २२, २०८२
पाँच वर्षपछि सार्वजनिक भयो संसद् विघटन बदर गरेको फैसलाको पूर्णपाठ मंगलबार, पुस २२, २०८२
रास्वपाको वृहत् राजनीतिक समायोजन घोषणा सभाः नागरिक उन्मुक्तिका असन्तुष्टहरु समेटिँदै सोमबार, पुस २१, २०८२
रास्वपाको समानुपातिक उम्मेदवारीबाट नाम फिर्ता लिने छ जना पुगे सोमबार, पुस २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्