काठमाडौं– पोखरामा भएको यती एअरको विमान दुर्घटनाको उद्धारका लागि सशस्त्र प्रहरी बलको तालिम प्राप्त टोली पोखरातर्फ लागेको छ।
उद्धारका लागि सशस्त्रको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमाण्डमा १५ जनाको टोली पोखरा गएको सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
उनका अनुसार गोताखोर र रोप रेस्क्युको गरी १५ जनाको टोली पोखरा पठाइएको छ। दिउँसो २ बजे रेस्क्यु टोली पोखरा गएको हो।
अहिलेसम्म ६८ जनाको शव निकालिसकिएको छ। बाँकी ४ वटा शव फेला पर्न सकेका छैनन्। उद्धार गर्नुपर्ने ठाउँ कठिन भएकाले रोप रेस्क्युको टोली पठाइएको हो।ह
काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको एन ९–एएनसी एटीआर–७२ को जहाज पोखराको नयाँ विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो। जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।