काठमाडौं– यती एअरलाइन्सको विमान दुर्घटनामा अहिलेसम्म ६० जनाको शव निकालिएको छ। उद्धारमा खटिएको सशस्त्र प्रहरी बलले ६० जनाको शव निकालिएको जानकारी दिएको छ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले ६० जनाको शव निकालिएको जानकारी दिँदै भने, ‘३० शव गण्डकी अस्पतालमा पुर्याइएको छ। बाँकी ३० शव भने संकलन गरिएको छ।’
काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको एन ९–एएनसी एटीआर–७२ को जहाज पोखराको नयाँ विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो। बिहान ११ बजेर ५५ मिनेटमा दुर्घटना भएको हो।
६८ यात्रु र चालक दलका चार सदस्य गरी ७२ जना सवार उक्त जहाज १० बजेर ५० मिनेटसम्म पोखराको टावरसँग सम्पर्कमा रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।