काठमाडौं– आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाबारे जाँचबुझ गर्नका लागि सरकारले आयोग गठन गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले पाँच सदस्यीय आयोग गठन गरेको हो।
आयोगमा पूर्वसचिव नागेन्द्र घिमिरे संयोजक रहने सरकारका प्रवक्ता एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए। त्यस्तै, सदस्यहरुमा दीपकप्रकाश बास्तोला, सुनिल थापा, एकराचन थापा छन्।
दुर्घटना जाँच आयोगको सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने हुने उनको भनाइ छ।
‘आयोगमा ४५ दिनको समय दिइएको छ। यसले दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा दुर्घटना हुन नदिनका लागि अपनाउनका लागि सुझावसहितको प्रतिवेदन पेस गर्नेछ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।