काठमाडौं- काठमाडौंबाट पोखराका लागि उडेको विमान आइतबार बिहान दुर्घटनामा परेको छ। बिहान ११ बज्नुभन्दा केही बेरअघि यती एयरलाइन्सको विमान दुर्घटनामा परेको हो।
विमानले विमानस्थलबाट अवतरणका लागि अनुमति पाइसकेको थियो। तर, अवतरणका लागि प्रयत्नरत विमान दुर्घटनामा परेको बताइएको छ।
-दुर्घटनामा परेको यती एयरलाइन्सको NYT 691, 9N-ANC विमान आइतबार बिहान २०:३२ बजे पोखराका लागि उडेको थियो। अन्तिम पटक १०:५० सेती खोच भन्ने स्थानमा सम्पर्कमा आएको थियो। र त्यसपश्चात दुर्घटनामा परेको थियो।
- दुर्घटनामा परेको विमानमा कूल ६८ यात्रु र ४ जना चालक दलका सदस्यहरु थिए। यात्रुहरुमा नेपाली ५३ जना नेपाली थिए। विदेशीहरुमा भारतका ५ जना, रसियाका ४ जना, कोरियाका २ जना, आयरल्याण्डका १ जना, अस्ट्रेलियाका १ जना, अर्जेन्टिनाका १ जना, फ्रान्सका १ जना थिए।
-विमानमा चार जना चालक दलका सदस्यहरु थिए। उनीहरु कमल केसी, अञ्जु खतिवडा, सृजना होंगचुन र ओसिन आलेमगर हुन्।
-विमान दुर्घटनाहरुमा पर्नेहरुको उद्धारकार्य जारी छ। पछिल्लो विवरण अनुसार दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको छ।
- विमान दुर्घटनामा परेको खबर सार्वजनिक भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछाने काठमाडौंस्थित त्रिभुवन विमानस्थल पुगेका थिए। उनले विमानस्थलमा रहेको उद्धार समन्वय केन्द्रमा पुगेर घटनाको विस्तृत विवरण लिएका थिए। उनले सरकारका सबै निकायलाई प्रभावकारी रूपमा उद्धारमा लाग्न पनि निर्देशन दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।