काठमाडौं– काठमाडौंदेखि पोखराका लागि उडेको यती एअरलाइन्सको विमान दुर्घटनामा परे लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछाने त्रिभुवन विमानस्थल पुगेका छन्।
विमानस्थलको कन्ट्रोलरुममै पुगेका उनीहरुले उद्धारका लागि कुनै कमी नगर्न निर्देशन दिएका छन्। विमानस्थल पुगेका प्रधानमन्त्रीले उद्धार कार्य के कस्तो भइरहेको छ भन्नेबारे जानकारी लिएका छन्।
उद्धारमा कुनै कमी कमजोरी नगर्न प्रधानमन्त्रीले निर्देशन दिएको विमानस्थलका महाप्रवबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए। चार जना चालकदलका सदस्य र ६८ यात्रु सवार विमान सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।